#मृत्यु – Page 5 – Janata Live
  • Friday, December 2, 2022

आज २७६८ कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन। यस्तै सोही अवधिमा ४४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार आज ४,०२० जनाले कोरोना जितेका छन्। आज देशभरिमा थपिएका कोरोना संक्रमित मध्ये उपत्यकामा मात्रै आज थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्। अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।

बिहे गरेको ३ महिनामै अस्ताइन् करिष्मा !

गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका थिए। जसमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगरसहित उनका परिवारका ७ जना घाईते भएका हुन्। चट्याङ लागेर घा-ईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृत्यु भएको हो । बिहान सुतिरहेको समयमा घरमा चट्याङ लागेर घा-ईते भएकी करिस्मालाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा निधन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिए। चट्याङ लागेर करिस्माको मुख, कपाल जलेको थियो।...

जीवन के हो ? मृत्युपछिकाे यात्रा के हुन्छ ? बुद्ध यसो भन्छन्…

एकपटक गौतम बुद्ध आफ्ना शिष्यका साथ संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि भन्नुभएको छैन । उनको जिज्ञासा सुनेर बुद्ध मुसुक्क हाँसेर गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि भनेको छैन । ठिकै छ आज म तिमीहरूलाई यसबारे भन्नेछु । तर, यसबारे भन्नुअघि तिमीहरू मेरो एउटा प्रश्नको जवाफ देओ । उनका...

२,६०७ कोरोना संक्रमित थपिए, ३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२४८४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन। यस्तै, सोही अवधिमा २१४१ जना कोरोना संक्रमणमुक्त भएका छन। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।

मृत्युपछि के हुन्छ ?

हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खा... हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ । आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय...

आज २ हजार ८ सयमा कोरोना पुष्टि, ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने ५२ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ६८७ पीसीआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गरिएकाे हो। हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

सिन्धुपाल्चोक बाढी–पहिरो : सात जनाको मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका छन् । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका सात जनाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका सात जनाको शव भेटिएको हो । डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु–२ का ३१ वर्षीय...

इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ ।संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु-याउन सकिएको छैन ।...

२७ वर्षीया पोर्न स्टार डाकोटा आफ्नै घरमा मृत्त फेला

अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ । उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको मृत्युको कारण अहिले खुल्न सकेको छैन । रिपोर्टका अनुसार उनी आफ्नो निजी निवासमा निक्कै चिन्तित रहेकी थिइन् । अनलाइन ट्रोलको निसाना आफूमा परेकामा समेत चिन्तित थिइन् । हालै उनको एक तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर उनले जर्ज फ्लोयडको तस्बिरको अगाडि टपलेस पोजमा खिचाएकी थिइन् । उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । तस्बिरका कारण उनलाई ज्यान मार्ने धम्की समेत मिलेको थियो । उनको निधनको समाचारले सबैलाई हैरान बनाएको छ । पुलिस अधिकारीले अनुसन्धान गरिरहेका छन्...