अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु
यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी-नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ। यसैबीच, सोही औषधि प्रयोग गरिंदा अन्य नौ बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र त्यस बारे अनुसन्धान भइरहेको जनाइएको छ । यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ । गृहयुद्ध शुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू उपकरण, औषधि र बजौट अभावले थल परेका छन् । हुथी विद्रोहीहरूले सन् २०१४ मा उत्तरी यमनको ठूलो भाग कब्जा गरी सानाबाट साउदी समर्थित यमनी सरकारलाई विस्तापित गरेका...
झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप
काठमाडौं– उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ । टाउको दुख्ने सामान्य विरामको उपचारका लागि रानीवन नागार्जुन नगरपालिका-१ स्थित माता उमा शाही ठकुरीकोमा लगिएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको आज विहान शंकास्पद रुपमा मृत्यु भएको हो । सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-२ स्थायी घर भई हाल भक्तपुर बोडेमा अस्थायी बसोबास भई बालिका सोही ठाउँमा कक्षा सातमा पढ्दै थिइन् । बालिकामा टाउको दुख्ने समस्या रहेका कारण झाँक्रीलाई उपचार गराउँदा ठिक हुने सुनेपछि आमा राधिका श्रेष्ठले यहि पुस ३ गते छोरी रोशनीलाई ४८ वर्षीया माता उमा शाही ठकुरीको घरमा लिएर गएकी थिइन् ।...
३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ । कुल संक्रमितमध्ये ७,२६९ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १७ पुगेको छ । उक्त अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ...
३४८ जनाले जिते कोरोना, ३०६ जना नयाँ थपिए, ६ को मृत्यु
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १,५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।...
देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, ८ जना गम्भीर घाइते
मकवानपुर– हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गए राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको रजैया सडक खण्डमा गुडिरहेको बसले देउसे टोली किचेको घटनाका प्रत्यक्षदर्शीले जानकारी दिए । घटनामा ८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । बसको ठक्करबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१९ नेवारपानीका २० वर्षीयका सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्थानीय निशा मोक्तान, तुलसा बिष्ट, लक्ष्मी गुरुङ्ग र संगम नेपाली घाइते भएका छन्। घाइतेहरुको हेटौडा र भरतपुरका अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। आक्रोशित स्थानीयले बसमा आगजनी गरेका...
बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता
काठमाडौं– बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन् । १२ घाइते छन् । ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् । ५० घरमा पानी पसेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ । खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले...
हिन्दु धर्म अनुसार यी सामग्री आफूसँग भए कष्टकर मृत्यु हुँदैन
मृत्यू र त्यसपछिको जीवनका विषयमा हिन्दु धर्मशास्त्र गरुड पुराणमा विस्तारमा बताइएको छ । यस पुराणमा व्यक्तिको कर्म अनुसार प्राप्त हुने फल र त्यसपछि प्राप्त हुने स्वर्ग–नर्कका जीवनका बारेमा बताइएको छ । यस पुराण अनुसार मृत्यु हुदैँ गर्दा मानिसका साथमा केहि खास चीज भए यमराजको दण्ड मिल्दैन र मनिसको मृत्यु सहज र शान्तीपुर्ण हुन्छ । अर्थात मृत्युको समयमा केहि चीज साथमा भए उसको प्राण बिना कष्ट सजिलै जान्छ । गंगाजल हिन्दू धर्म शास्त्रमा गंगाजल लाई अत्यन्त शुभ र महत्वपूर्ण बताइएको छ । गंगाजलले पाप धुने साथै मोक्ष दिलाउन सक्ने मानिन्छ । यसैका कारण मानिसको मृत्युपछि गंगा घाटमा शवको अन्तिम संस्कार गरीन्छ...
१,५५८ मा कोरोना संक्रमण, १,३५१ जना निको, १० को मृत्यु
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १,३५१ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८३ हजार ७५ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ६५९ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भएका छन् । हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित...
१,५११ मा कोरोना संक्रमण, १,६८९ जना निको, ११ को मृत्यु
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १,५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा १,१६५ र ३,९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,६८९ जना संक्रमित उपचारपछि निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ एक जना संक्रमितको मृत्यु भएको छ । देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य...