#बुद्ध – Page 5 – Janata Live
  • Sunday, August 14, 2022

बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सद्धर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक हो । बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म नेपाल,...

बुद्धले दिएको सफलताको तेस्रो सूत्र : सम्यक वचन

आवश्यक परेको बेला बुद्धले पनि रुखो बोलेका छन्, तर बिरलै र विशेष परिस्थितिमा मात्र वास्तविक बोलाइ आजको व्यावसायिक युगमा सञ्चार सीप (कम्युनिकेशन स्किल) को महत्त्व कति छ भनेर भनिरहनु पर्दैन । व्यवसायको लागि त भइ नै हाल्यो,व्यक्तिगत सम्बन्धमा सुमधुरताको लागि पनि सञ्चार सीप उत्तिकै महत्त्वपूर्ण छ । हामी एक अर्कासित बोलेरै सम्बन्ध राख्छौं,चाहे ती हाम्रा ग्राहक होउन् वा साथी वा आफ्नो परिवारका सदस्य । सञ्चारबाटै हामीले हाम्रा भावनाहरू आदानप्रदान गरिरहेका हुन्छौं,चाहे ती खुशीका भावना होउन् वा असन्तुष्टिहरूका । त्यसैले आजका लीडरशिप,म्यानेजमेन्टका गुरूहरू अनि मनोविज्ञानका विद्वानहरूले प्रभावकारी सञ्चार सीपलाई विशेष महत्त्व दिएका छन् । तर बुद्धले २५०० वर्षअघि नै आफ्नो सूत्रमा...

कविता : बुद्ध कहाँ जन्मिए ?

बुद्ध नेपालमा जन्मियौ लुम्बिनीको ठाउँमा सुख, ऐस, आराम सबै भएको त्यो गाउँमा दरबारको आनन्द र मागेको पुग्ने ठाउँमा राजा बन्ने पालो तिम्रो आफ्नै थियो नाउँमा । १ प्रश्नै प्रश्नको खातमा, घुमेका थियौ तिमी मृत्यु, दुःख, बहुलादेखि प्रश्न लियौ मनमा अध्यात्मिक, दैविक र भौतिक दुःख सब बुझी ज्ञान खोज्न हिँड्यौ दरबार र माया छोडी । २ तिम्रा उपदेशहरू फैलिएका अनेक ठाउँमा सूर्यको किरण पनि नपुगेको ती गाउँमा सीमित छैनौ तिमी अब एसियाको ठाउँमा तिम्रो ज्योति फैलिरहेछ, विश्व भरको गाउँमा । ३ १९९७ मा विश्व सम्पदामा परेको लुम्बिनीमा भारतीय सम्राटले नै गाडे अशोक स्तम्भ त्यहाँ चिनियाँ धर्म गुरु र अन्यका यात्रा वृतान्तहरूमा...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ १५ गते मङ्गलवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु...

शान्तिकामी गौतम बुद्ध

विश्वमा अहिले शान्तिका अग्रदूत गौतम बुद्धको खाँचोलाई महसुस गरिरहेको छ । जुन भूमिबाट गौतम बुद्धले विश्वशान्तिका लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यही भूमिमा आज शान्तिको कुनै आभास छैन, जुन सबै नेपालीको लागि दुःख र आत्मग्लानीको कुरा हो । बुद्धका अनुसार सज्जनको संसर्गबाट ज्ञान प्राप्त हुन्छ । बुद्धको भनाइ थियो, राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । त्यसैले, मानवजीवन पशुपंक्षीको भन्दा फरक हुनुपर्छ । राम्रो कामका लागि मानिसलाई यो धर्तीमा पठाएका हुनाले लोकको सेवा गर्नु प्रत्येक मानवको कर्तव्य हो । जगत्को कल्याण एवं सुख प्राप्ति केबल अंहिसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान्...

महामानव गौतम बुद्ध

नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्ध । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा मृत्यु भएपछि कान्छी आमा प्रजापति गौतमीले उनको लालनपालन गरेकी थिइन् । १६ वर्षको उमेरमा गौतमको विवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भएको थियो । बुद्धको २८ वर्षको उमेर पुग्दा उनका छोरा राहुलको जन्म भएको थियो । गौतम बुद्धको जन्म, बोधिसत्व प्राप्ति र स्वर्गारोहण एकै दिन वा वैशाख पूर्णिमामा भएको थियो । वैशाख पूर्णिमाकै दिन यी सबै असाधारण दैविक घटना घटेका थिए । सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा वैराग्य भएर श्रीमती, छोरा, परिवार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लागेका थिए । धेरै दिनको ज्ञानको...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ १४ गते सोमवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ -पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो -खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ १३ गते आइतवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं...

बुद्धको राजनीतिक सन्देश

सिद्धार्थ गौतम (बुद्ध) राजा शुद्धोधन र मायावतीको कोखबाट नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनको दर्शन गर्न आएका ऋषिका अनुसार यी बालकले बुद्धत्व प्राप्त गर्ने भविष्यवाणी राजा शुद्धोधनलाई सुनाउँछन् । उनको न्वारान गरियो । न्वारानमा सम्मिलित १ सय ८ जना पण्डितमध्ये सबैभन्दा कान्छा कौडण्य नामक पण्डितले भने, ‘महाराज यी बालक सर्वअर्थ सिद्ध गरेर बुद्ध नै हुनेछन् ।’ सर्वअर्थ सिद्ध गर्न सक्ने अर्थमा पण्डितले यी बालकको नाम ‘सर्वार्थसिद्ध’ राखे र अर्थसिद्ध गर्ने हुनाले पछि उनलाई ‘सिद्धार्थ’ भनियो । ज्योतिष र पण्डितले गरेका अर्को भविष्यवाणी थियो । ‘यदि राजकुमार गृहस्थाश्रममा नै रहे भने अद्वितीय चक्रवर्ती सम्राट हुनेछन् ।’ राजकुमार सिद्धार्थ जन्मिएको सातौं दिनमा...