#बुद्ध – Page 19 – Janata Live
  • Sunday, August 14, 2022

बुद्धजस्ता नासपाती

चीनका एक किसान दम्पतीले भगवान् बुद्धको आकृतिसित मिल्ने नासपाती फलाएका छन् । हुबेई प्रान्तस्थित हान्दान सहरका ती दम्पती नासपाती विदेश निर्यात गरेर मालामाल हुने दाउमा छन् । एक वर्षको अथक परिश्रमबाट उनीहरूले १० हजार दाना यस्ता नासपाती फलाएका हुन् । नासपाती कसरी बुद्धजस्ता भए त ? खासमा उनीहरूले नासपातीलाई चिचिलामै बुद्धको आकृतिका प्लास्टिकले छोपेर राखिदिएका थिए । नासपातीका दाना बढ्दै जाँदा बुद्धको मूर्तिजस्ता देखिन थाले । नासपाती हेर्न टाढा–टाढाबाट समेत मानिस आउन थालेका छन् । उनीहरूले एउटा नासपातीको मूल्य ६ सय नेपाली रुपैयाँजति तोकेका छन् ।

बौद्ध शिक्षाबिनाको जीवन अपूर्ण

‘हे भन्ते, तिमी पनि मजस्तै बुद्ध हौ । तर तिमी निदाइरहेका छौ म पनि तिमीजस्तै मान्छे हुँ तर म ब्युँझिएको छु ।’ गौतम बुद्धले आफ्ना भिक्षुलाई दिएको सन्देशको एक अंश हो यो । प्रत्येक मान्छे बुद्धको स्वरूप हो । बाल्यकालमा केही बदमास, चञ्चले र अरूलाई दुःख दिने स्वभावका योन्तेन ग्याम्छो कालान्तरमा ३६० डिग्रीको कोणमा परिवर्तन भए । अहिले उनी शान्त स्वभावमा रूपान्तरित भएका छन् । बाल्यकालमा बौद्ध दर्शनमा विद्यावारिधि (खेन्पो) गर्न चाहने उनको सपना आज पूरा भएको छ । साधारण जीवन, उच्च सोच यही सोचका साथ जीवनका तीसौं सिँढी पार गर्दासम्म उनी बुद्धले देखाएको पथमा जीवनको रथ हाँकिरहेका छन् ।...

ञिङमा परम्पराका परिचय

शान्तिका महानायक भगवान् शक्यमुनि बुद्धले महायान परम्परा अनुसार बुद्धत्व अर्थात् बोधिज्ञान प्राप्त पश्चात् पहिलो वाराणसी, दोस्रो (विहारको) गृधकुट र तेस्रो वैशालीमा गरी तीन पटक धर्म प्रवचन गर्नु भएको थियो । विभिन्न कालमा उपदेश गर्नु भएका अनुसार बुद्धको महापरिनिर्वाण पश्चात् बौद्ध धर्म, सिद्धान्तको आधारमा वैभाषिक, सौतान्त्रिक, विज्ञानबाद र माध्यमिक गरी चार भागमा विभाजन भएको थियो । सातौं शताब्दीको अन्तमा भारतका आचार्य शान्त रक्षित, आचार्य पद्मसम्भव र भोट देशका राजा ठिसोङ देउचेन तीन जनाको सद् प्रयासले भोट देशमा महायान बौद्ध धर्मको आधिकारीक रूपमा स्थापना गरिएको थियो । तत्पश्चात् भोट देशमा समय र स्थानको आधारमा फैलिएको महायान बौद्ध धर्म पनि ङग्युर ञिङमा (प्राचीन)...

बुद्धको अनमोल उपदेश “बुद्धको दु:ख निवारण मार्ग”

कथा- उ बेला भगवान 'बुद्ध' बिहार गर्नु हुँदै जादा उरूबेला काश्यप नाम गरेको, ख्याति प्राप्त ब्राह्मणको बासस्थानमा पुग्नु भएछन्। त्यतिबेला ती ब्राह्मण आफ्नो ५ सय शिष्याहरूको साथमा पूजा गरिरहेको थियो। त्यो दृश्य देखेर भगवान 'बुद्ध' त्यहाँबाट फर्केर निरन्जन नदीको तिरमा गाएर बस्नु हुन्छ। उरूबेला काश्यपलाई भगवान बुद्ध आफुले पुजा गरेको ठाउँमा आएर पनि नबस्नु भएर फर्केको कारण बुझ्न मन लागेछन् र भगवान बुद्धलाई खोज्दै जानू भएछन् । जहाँ भगवान बुद्ध बस्नु भएको थियो,त्यहाँ नै पुगेर उरूबेला काश्यपले भगवान बुद्धलाई भेटनु भएछन् । अनि भगवान बुद्धलाई सोध्नु भएछन्: "बुद्ध तपाईं मेरो पूजा गरेको स्थानबाट नबस्नु भई किन फर्कनु भयो ?" भगवान...

कालाम जातीयहरुलाई उपदेश गर्नु भएको अतुलनीय भगवानको आश्चर्यचकित उपदेश

अतुलनीय भगवान बुद्धले संसार भरिको कुनै पनि धार्मिक शिक्षा सिद्धान्त वाद लाई संरचना स्थापित गर्ने संस्थापक ले बनावट गर्न नहुने गरी, संरचना गर्न नसक्ने गरी बिशेष उल्लेखनीय अद्भुत विश्वप्रसिद्ध एउटा वक्तृता उपदेश लाई स्पष्ट गरी देशना गर्नु भएको छ। भारत प्रदेश, कोसल राज्य क्षेत्र, केसमुत्ति गाउँ निवासी कालाम जातीयहरु लाई उपदेश गर्नु भएको कालाम सुत्त ले सहि सत्य धर्म लाई खोजी गर्ने एउटा खोजकर्ता को लागि भगवान बुद्धको उपहार मार्ग निर्देशन गराई दिने धर्महरु हो। यस धर्मोपदेश सुत्रमा भगवान बुद्धको उपदेश शब्दले विचार-विमर्श विवेक गर्न अस्पष्ट मैलो धमिलोपन भएका व्यक्ति लाई उज्यालो प्रकाशको ज्योति दिने वाला भएको अग्निको अथवा आगो...