#कोरोना संक्रमण – Page 5 – Janata Live
  • Sunday, August 14, 2022

कोरोनाबाट २१४ जनाको मृत्यु, ९२४७ संक्रमित थपिए

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।

जहाँ बिरामीको परीक्षणै हुँदैन

भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एकरदुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन । जिल्लामा दैनिक डेढरदुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४/५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् । ‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाँदै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन...

नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए। नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ। कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ। निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ। त्रिवि...

अस्पतालले बिरामी भर्ना लिन छाडे

काठमाडौं –देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन्। उनीहरूलाई अक्सिजन पुर्‍याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन्। अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए।...

विवाहको भीडले गाउँभर कोरोना

काठमाडौं –विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ ।गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए। घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए। ‘कोराना संक्रमण बढिरहेकै बेला गाउँमा भएको विवाहमा बाहिरबाट मानिस आए, गएका कारण कोरोना फैलियो,’ मेयर कार्कीले भने, ‘संक्रमित सबै होम आइसोलेसनमा बसिरहनुभएको छ।’ उनीहरुको सबैको स्वास्थ्य अवस्था समन्य रहेको उनको भनाइ छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

२४ घण्टामा थप ५,७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ । आज (शनिबार) देशभर एक हजार २८७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ संक्रमित निको भइसकेका छन् । देशभर...

लकडाउन हुने जिल्लाको संख्या २३ पुग्यो

काठमाडौं – कोरोना संक्रमण तीव्र बनेसँगै लकडाउन हुने जिल्लाको संख्या पनि थपिंदै जान थालेको छ । सरकारले थप पाँच जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यो सँगै देशभर निषेधाज्ञा लागू भएका जिल्लाको संख्या २३ पुगेको छ । सरकारले जाजरकोट, रुकुमपश्चिम, डडेल्धुरा, दार्चुला र झापा जिल्लामा निषेधाज्ञा जारी गरेको हो । जाजरकोटमा आज (शनिबार) देखि निषेधाज्ञा लागू भएको छ । दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा र झापा जिल्लामा भने आइतबारदेखि निषेधाज्ञा लागू हुने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा...

समुदायमा फैलिँदै यूके भेरियन्ट

काठमाडौं, २ बैसाख । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ । बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा। आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रष्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् । कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित...

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

काठमाडौँ – समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०.५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०.६ प्रतिशत पुुगेको छ । असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते...