#कोरोना संक्रमण – Page 4 – Janata Live
  • Sunday, August 14, 2022

६ हजार ८५ जना संक्रमित थपिए, ६ हजार ८९८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७ हजार १४७ जनाको पीसीआर विधि र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ८९८ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ छ। अहिले १ लाख ४ हजार ७८९ जना संक्रमित आइसोलेसनमा छन्। आज ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको...

अर्थविद् डा. थापाको कोरोना संक्रमणका कारण निधन

काठमाडौं । वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६:३० को समयमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकको मनिलास्थित कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए । अब्बल वामपन्थी...

४ हजार ७६२ संक्रमित थपिँदा ६ हजार ४९१ संक्रमणमुक्त, ११४ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ५५ जनाको पीसीआर विधि र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। आज पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ६ हजार ४९१ संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ छ। अहिले १ लाख ६ हजार ४७० जना संक्रमित आइसोलेसनमा छन्। आज ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ७...

फ्याक्ट चेक : तातो पानीले नुहाउँदा कोरोना भाइरस मर्छ ? यस्तो छ विशेषज्ञको दावी !

विश्वभर कोरोना संक्रमण रोक्नको लागि विभिन्न किसिमका उपायहरू प्रयोग भइरहेको छ । कतिपयले दिनमा धेरै चोटि कषायः खान्छन् र कतिले तातो पानी पिउँदछन् । नेपालमा बेसार पानीले पनि खुबै बजार पायो । त्यो मात्रै होईन अम्बाको पातलाई पनि मान्छेहरुले बाँकी राखेनन् । यस बाहेक, यस्तै धेरै सल्लाह र तथ्यहरू सामाजिक सञ्जालमा पनि भाइरल हुने गरेका छन् । मान्छेहरु यसरी दावी गर्दैछन् कि उनीहरुले सिकाएको उपाय गर्दा मान्छेलाई बिल्कुल कोरोना संक्रमण हुन सक्दैन् । त्यस्तै एउटा दावी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दावा अनुसार यदि तपाईंले दैनिक तातो पानीले नुहाउनुहुन्छ भने, कोरोना भाइरस मर्छ । यो उपचार कोरोना भाइरसलाई मार्न...

यसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती

यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ । कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा सदस्य सचिव सानुराजा शाक्यले बताए । यसपटक बुद्ध जयन्तीमा मायादेवी...

एकैदिन ८,३८७ नयाँ कोरोना संक्रमित थपिए, १ सय ६९ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप १ सय ६९ जनाको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुनेको कुल संख्या ६ हजार ७ सय पुगेको छ। पछिल्लो पटक ८ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ। २२ हजार ३ सय ६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ६ सय ३६ र ६ सय ३० जनाको एन्टिजेन विधीबाट परीक्षण गर्दा २ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौं उपत्यकामा २ हजार ६ सय १३ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १ हजार ८ सय ६३ ललितपुरमा ४ सय ३२ र भक्तपुरमा ३ सय २३ जनामा संक्रमण...

सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिने

कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए। यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए। यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्। यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन...

कोरोना संक्रमण उपत्यकामा स्थिर,बाहिर बढ्दो

एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साता अघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्। एक सातायता संक्रमणको चक्र उपत्यका बाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साता अघिसम्म...

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १२ हजार बढीको मृत्यु

काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ७६३ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ४८ हजार २५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण घट्दाे क्रममा रहेकाे देखिएकाे छ । हालसम्म विश्वभर १६ करोड ५५ लाख ३३ हजार ८२४ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ५७ लाख ८८ हजार ६०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाख भन्दा बढी...