#कोरोना संक्रमण – Page 2 – Janata Live
  • Sunday, August 14, 2022

अमेरिकी बालबालिकाहरुमा बढ्न थाल्यो कोरोना संक्रमण, अस्पताल भर्ना गरिँदै

अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन्। अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ। अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ। चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन्। अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ। यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन्। अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२०...

११४६ कोरोना संक्रमित थपिँदा १६६० निको भए, २१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्याडौँ १० हजार ९ सय २४ पुगेको छ। शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन्।

१,७५६ मा कोरोना संक्रमण, २,२७४ जना निको, २३ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २,२७४ जनाले कोरोनालाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २७१ र एन्टिजेन विधिबाट ८४ हजार ६९३ जना पुगेको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् । हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३...

३,२१८ जनामा कोरोना संक्रमण, १,७२२ जना निको, १९ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,५७३ जनामा गरिएको परीक्षणमा ३,२१८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १,७२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० छ । मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४३२ रहेको छ । अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हालसम्म ३६ लाख ७४ हजार ७०१ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा रहनेको संख्या ३५...

थप ३,९३८ जनामा कोरोना संक्रमण, २,०१२ जना निको, ३७ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९,९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२...

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

काठमाडौं– केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले औंल्याएको छ । एक साता अघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ । बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

काठमाडौं– कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी, खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन । खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा ‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् । ज्ञवाली हटेपछि...

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

काठमाडौं– दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०–१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छौं ।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए । स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने...

आज २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ११ हजार ६९६ जनामा गरिएको परीक्षणमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार ७ हजार १० जनाको पीसीआर र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो। यस्तै यो अवधिमा ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट देशभर ३४ जनाको मृत्यु भएको छ।