#कोरोना संक्रमण – Page 16 – Janata Live
  • Sunday, August 14, 2022

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं – नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार नै कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि आजै विहान कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । संक्रमितमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने १२१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१

काठमाडौं – सप्तरीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले थप एकजनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको बताए । उनले भने, “धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । उनी हाल स्वास्थ्यकर्मीको सम्पर्कमै छन् ।” कपिलवस्तुमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं – ला लिगा क्लव रियल बेटिसका थप तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका कारण स्थगित रहेको ला लिगा सुचारु गर्ने योजना भइरहेका बेला एकपछि अर्को गरि क्लवका खेलाडीमा यसको संक्रमण देखिएको हो । प्रशिक्षण सुरु गर्नुभन्दा अगाडी टिमका खेलाडीको परिक्षण गर्दा बेटिसका तीन खेलाडीमा संक्रमण देखिएको छ । योसँगै ला लिगाका शिर्ष क्लवका खेलाडीमा संक्रमण देखिनेको संख्या ६ पुगेको छ । जुन २० तारिखमा लिग सुचारु गर्ने योजनामा संक्रमण देखिनेक्रम बढेपछि धक्का पुग्ने देखिएको छ । यसअघि एट्लेटिको मड्रिडका डिफेन्डर रेनन लाडी, एथ्लेटिक विल्बाओका गोलकिपर एलेक्स रेमिरो र ग्रानाडाका यंगेल हिरीरामा संक्रमण देखिएको थियो । लेगानेसका...

दुई महिने शिशुसहित थप १७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । आज एकै दिन १७ जनामा कोरोना संकमणको पुष्टि भएको छ।वीरगंजमा थप १७ जनामा पोजिटिभ भेटिएको हो। यो सँगै संक्रमितको संख्या ९९ पगेको छ। पर्सामा थप १७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित हुनेमा दुई महिने शिशु पनि छिन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका हुन्।

कोरोना कहर : ४४२ कैदीबन्दी छुटे

काठमाडौं, २४ वैशाख । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दा बाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो । तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुने छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

लकडाउन लम्बिनुको मुख्य कारण सुस्त परीक्षण

काठमाडौं, २४ वैशाख । सरकारले तत्काल लकडाउनको मोडालिटी हेरफेर नगर्ने भएको छ ।अत्यावश्यक र कृषि क्षेत्र बाहेक अन्यत्र लकडाउन खुकुलो नहुने भएको छ । सरकारले जेठको पहिलो सातासम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समवन्य समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयबारे निर्णय गर्ने छ । समितिको बैठकमा पहिलोपटक प्रधानमन्त्री केपी ओली आफैँ उपस्थित थिए । उनले मन्त्रीहरूको ब्रिफिङ सुनेपछि तत्काल खुकुलो बनाउने अवस्था नभएको धारणा राखेका थिए । एक मन्त्रीका अनुसार जेठको पहिलो सातापछि अवस्था हेरेर मात्र मोडालिटी परिवर्तन हुन सम्भावना छ । संक्रमण नदेखिएका केही क्षेत्रमा कार्यालय तथा व्यवसाय सञ्चालनको माग बढ्दै...

आइतबार एकै दिन थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, २१ वैशाख । नेपालमा धेरै दिनपछि आज (आइतबार) एकै दिन ठूलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । नेपालगञ्जमा एकै दिन नौं जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साको छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो । डा. देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा नौं र पर्सामा एक गरी एकै...

घरभित्र बस्नेलाई कोरोनाको त्रास : फोहोर उठाउने मजदुरहरूलाई न पन्जा नत मास्क

वीरगञ्ज, १९ बैसाख । वीरगञ्जमा आइतबार दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । एक संक्रमित वीरगन्ज महानगरपालिकाको एउटा वडाको सरसफाइ मजदुरका नाइके हुन् । यो विषय एक मजदुरको मात्र होइन, वीरगञ्ज र देशैभरि फोहोर संकलनमा खटिएका मजदुरको सुरक्षामा कसैले ध्यान दिएको छैन । बाहिर निस्किँदा अनिवार्य मास्क लगाउन, बाहिरी वस्तु छुनुपरे पन्जा समेत लगाउन सूचना फुक्ने सरकारले फोहोर उठाउने मजदुरलाई पञ्जा समेत दिएको छैन । ‘कोरोना आएको भन्छन्, तर हामी त खाली हातमै काम गर्नुपरेको छ, बुट त झन् कहाँ पाउनु ?’ कपडाको असुरक्षित मास्कमा सडक बढार्दै गर्दा भेटिएकी वीरगञ्जकी स्थायी सफाइ मजदुर रेणु देवीले भनिन्, ‘मागे पनि कसैले दिँदैन, के गर्ने ?’ रन्जु...

असारमा तिर्नुपर्ने ब्याजमा ऋणीलाई सहुलियत दिइने

काठमाडौं, १५ बैसाख । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिन लागिएको छ । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवका अवसरमा आइतबार गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत, भुक्तानी अवधि थप, सहज रूपमा चालु कर्जा प्रवाहको व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, पुनस्संरचनालगायत विभिन्न राहत प्याकेज घोषणा गरे । संक्रमणकालीन अवस्थाका लागि भन्दै राष्ट्र बैंकले आधा दर्जन सुविधा घोषणा गरे पनि तिनको विधि तथा प्रक्रियाबारे खुलाइएको छैन । ब्याज सहुलियतअन्तर्गत ऋणीले कस्तो सुविधा पाउँछन् भन्ने जिज्ञासामा राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘ब्याज छुट, सहुलियत दरमा कर्जालगायत हुन सक्छन् ।’ कोरोनाले पारेको क्षेत्रगत प्रभाव र आफ्नो नीतिगत सीमाभित्र रहेर के–कति...