#कोरोना संक्रमण – Page 10 – Janata Live
  • Sunday, August 14, 2022

आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं । आजदेखि ७७ वटै जिल्लाबाट सवारी पास वितरण बन्द भएको छ । बुधबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७८ संक्रमित थपिए, संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुग्यो

काठमाडौं, २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । आज ७ हजार ७८८ पीसएआर परीक्षण गरिएको थियो । यस्तै आज ४९९ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौंं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ । अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । १.नाका बन्द गर्न ढिलाइ २.अनुशासनहीन नागरिक ३.अपुरो परीक्षण ४.खचाखच क्वारेन्टाइन ५.विपद्मा धन्दा ६.नाकामा खोइ होल्डिङ सेन्टर ? ७.पासको दुरुपयोग ८.अपर्याप्त पूर्वाधार एवं जनशक्ति ९.समन्वय अभाव १०.सूचनामा पहुँचै पुगेन

पछिल्लो २४ घन्टामा थप ३११ जना कोरोना संक्रमित

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जना कोरोना संक्रमित निको भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १२१ जनामा कोरोना संक्रमित निको भएर घर फर्केको बताए । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ । उनको अनुसार नेपालमा कोरोना...

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो । – स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या बढिरहेको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको बताइएको छ । – भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै छ । पछिल्लो दुई दिनमा भारतमा करिब एक लाख नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कूल संख्या १३ लाख ३६ हजार पुगिसकेको छ जबकि हालसम्म...

काठमाडौंमा आज थप १० जनामा कोरोना संक्रमण

काठमाडौं, ९ साउन । स्वास्थ्यविद्धहरुले काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढेको औंल्याईरहेका बेला उपत्यकामा दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले काठमाडौँका थप १० जनामा कोरोना पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार शुक्ररबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका ५ र त्रिवि शिक्षण अस्पतालमा ५ जनामा गरी १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै पछिल्लो २४ घण्टामा नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा...

जोखिम रहेकै बेला लकडाउन अन्त्य, संक्रमण छिट्टै फैलन सक्ने स्वास्थ्यविज्ञको चिन्ता

काठमाडौं, ७ साउन । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ । मन्त्रिपरिषद्को मंगलबारको निर्णयले ११ चैतदेखि लागू गरिएको लकडाउन ६ साउनको राति १२ बजेदेखि अन्त्य भएको छ । सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउने र सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने सरकारको निर्णय छ । १५ साउनदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन गरिने छन् । त्यस्तै, स्वास्थ्य मापदण्ड पालना गरी १ भदौदेखि लामो दूरीका सार्वजनिक यातायात तथा हवाई सेवा सुरु गरिनेछ । सरकारले १ भदौदेखि भर्ना र रोकिएका...

काठमाडौं उपत्यकामा थप नौं जनामा कोरोना संक्रमण

काठमाडौंं– पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका नौं जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा एक, ललितपुरमा पाँच र काठमाडौंमा तीन गरी उपत्याकामा सात जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । आज (सोमबार) थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ । हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।