#कोरोना भाइरस – Janata Live
  • Thursday, October 21, 2021

१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,४७६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा १,१०३ र ५,११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,५५० जना संक्रमित उपचार पछि निको भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २५६, भक्तपुरमा ३५...

१,६३० ले जिते कोरोना, १,४७८ नयाँ थपिए, ६ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३ हजार ९३० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १,२५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेको छ । यसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १,३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा १,६३० जना निको भएका छन् भने थप ६ जनाको मृत्यु भएको छ । यही अवधिमा थप १ लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । त्यसै गरी...

१,४८६ मा कोरोना संक्रमण, १,२६० जना निको, १६ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १,२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०१, भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु...

१ हजार ८९७ कोरोना संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।

२ हजार २ सय ६० ले जिते कोरोना, १,३८८ नयाँ थपिए, २४ को मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,३८८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण गर्दा १,२१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,२६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २४ एक जना संक्रमितको मृत्यु भएको छ । देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...

उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं– कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो । निषेधाज्ञाभर पुरानै निषेध आदेशहरुलाई निरन्तरता दिइएको छ । साउन २८ गतेदेखि उपत्यकामा राति ८ बजेसम्म मात्रै सवारीसाधन गुड्न पाइने भएको छ । यो नियम सार्वजनिक र निजी सवारीसाधन दुवैलाई लागू हुने प्रशासनले बताएको छ । कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो । अत्यावश्यक सवारीसाधन भने चलाउन पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ८ बजेअगावै उपत्यकावासी आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने बताएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

स्वास्थ्य मन्त्रालयले भन्यो- असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आइपुग्छ

सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य...

कोरोना संक्रमित थप ३० जनाको मृत्यु, २०१६ जनामा संक्रमण

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएसँगै यो संख्या ८ हजार ९७५ जना पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा थप २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ । यस्तै पछिल्लो २४ जनामा ४९१४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार...

२ हजार ४७४ संक्रमित थपिए, २ हजार ५१८ संक्रमणमुक्त

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ५१८ जना संक्रमणमुक्त भएका छन्। ७ हजार २३५ जनाको पीसीआर र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। हाल नेपालमा ४९ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ पुगेको छ भने ५ लाख ७० हजार ९५८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा ८ हजार ९१८ जना संक्रमतिको मृत्यु भएको छ।