#कोभिड–१९ – Janata Live
  • Wednesday, October 28, 2020

कोरोनाको एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन सुरु

काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ । कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशकदेखि नेपालमा औषधि उत्पादन गर्ने सो कम्पनीेले औषधि व्यवस्था विभागबाट...

कोभिड-१९ नियन्त्रणका कमान्डरहरु नै आइसोलेसनमा

काठमाडौं, १३ भदौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्काल बैठक बसेर कोभिड नियन्त्रण सम्बन्धमा वैकल्पिक व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालय आफैं शिथिल देखिएको छ । नेपाली सेनाको छाउनीस्थित हाताभित्र रहेको सिसिएमसी सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सिसिएमसीका प्रमुख अधिकारी तथा महत्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरू शुक्रबारदेखि नै होम आइसोलेसनमा बसेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री...

वैज्ञानिक महिला, कोभिड–१९ विरुद्ध खोप निर्माणकी सारथि

काठमाडौं, ५ साउन । आफ्ना तिम्ल्याहा छोरा पनि कोभिड–१९ विरुद्ध बन्दै गरेको खोप परीक्षणमा सहभागी भएकोमा डा. सराह क्याथरिन गिल्बर्ट दंग छिन् । बायोकेमिस्ट्रीका विद्यार्थी २१ वर्षका उनीहरूले आफ्नी आमाले बनाउँदै गरेको खोपमा आफूलाई पनि सहभागी गराए । तर, त्यो कुनै घरायसी सल्लाहको परिणाम थिएन । र, त्यसबारे घरमा कहिल्यै सल्लाह पनि भएको थिएन । बेलायको लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालयले गठन गरेको अनुसन्धान टोलीको नेतृत्व आफ्नी आमाले गरेको कुराले उनीहरूलाई परीक्षणमा सहभागी हुन प्रेरित ग-यो । विश्वले खेपिरहेको मानवीय संकट अन्त्यका लागि यी ५८ वर्षीया ‘भ्याक्सिनोलोजिस्ट’ रातोदिन खटिरहेकी छन् । बिहान ४ बजे उठ्छिन् । केही समय घरबाटै काम गर्छिन् ।...

जापानले लकडाउन बिना कोरोना महामारीलाई कसरी जित्यो ?

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा देशहरूले संक्रमणबाट बच्न लकडाउन र धेरै परीक्षणमा जोड दिए। यद्यपि सबै देशहरूमा संक्रमण कम भएको देखिँदैन। अमेरिका, रुस, बेलायत, चीन जस्ता देशहरूले पनि कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन नै लागू गरे। यद्यपि तमाम आलोचना र प्रश्नहरूको बाबजुत पनि जापानले लकडाउनलाई लागू गरेन। जापानमा आपतकालको घोषण गरिएको थियो, तर आमनागरिकहरुलाई घरबाट बाहिर निस्कन र काम गर्ने अनुमति दिइएको थियो। विश्वका अन्य देशहरुमा जस्तो जापान सरकारसंग लकडाउन गर्ने अधिकार छैन। यद्यपि स्थानीय गभर्नरलाई कोरोबार ठप्प गर्न र सर्वसाधारणलाई घरमै रहन अपील गर्न सक्ने अधिकार भने रहेको छ। तर यसलाई अनुशरण नगरे कुनै सजाय वा...

सवारी साधन चलाउनेका लागि सवारी पासको बरेमा सरकारले जारि गर्यो यस्तो सूचना !

काठमाडौं । काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्दाबन्दीमा मान्यता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक निर्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको बन्दाबन्दीको अवधिमा प्रयोग गर्न पाउनेछन् । निलो रङ्को पास मात्रै मान्य हुनेछ । यही १७ गतेको मन्त्रिपरिषद् बैठकले आजसम्म तोकिएको बन्दाबन्दीको अवधि थपेर ३२ गतेसम्म जारी राख्ने निर्णय गरिसकेको छ । थपिएको अवधिमा अन्योलता सिर्जना नहोस् भनेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले मान्यता पाउने र मान्यता नपाउने सवारी पासको बारेमा आज विज्ञप्तिमार्फत जानकारी गराएको छ । सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र...

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन आग्रह, यी विवरण बुझाउनु पर्ने

बेलायत, २० जेठ । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ । कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको...

कोरोनाले भारतका लोकप्रीय संगीतकार वाजिद खानको मृत्यु

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए । संगीतकर्मी सलिम मर्चेन्टले भारतीय सञ्चारमाध्यम पीटिआईलाई भने, ‘उनलाई थुप्रै समस्या थियो । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि स्थिती क्रिटिकल भयो । ’ इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् । Sad News:...

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा

काठमाडौँ । सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ । सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेका राजदूतावासका अनुसार नेपाली जाने प्रमुख सात श्रम गन्तव्य मुलुकबाट लगभग पाँच लाख श्रमिक नेपाल फर्किने अवस्थामा रहेको बताइएको छ तर सरकारले सबैलाई ल्याउन सकिने अवस्था छैन । सरकारले प्राथमिकताका आधारमा विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याउने जानकारी दिएको छ । यस्तै नेपाल आउनका लागि अनुमति प्राप्त...

नेशनल मेडिकल कलेजको चरम बदमासी

वीरगन्ज, १३ जेठ । पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो । तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो ।...