विश्व खबर – Janata Live
  • Tuesday, August 4, 2020

भारतले बनायो कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, १७ असार । सिङ्गो विश्व अहिले कोरोना महामारी रोक्न सक्ने खोप विकासमा जुटिरहेका छन् । यसै शिलशिलामा छिमेकी देश भारतले कारोना भाइरसविरुद्ध खोप बनाएको छ । हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब खोप आउने जुलाईमा मानिसमा परीक्षण गर्ने तयारी छ । यसअघि यो खोप जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ । अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन् । यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन् । भारतमै पनि आधा दर्जन...

अमेरिकी कम्पनीद्वारा कोरोनाको औषधि पत्ता लगाउन शेर्पाको डिएनएको अध्ययन

एजेन्सी– अमेरिकाको बायोटेक कम्पनीले नेपालका शेर्पाहरुको रगतमा डिएनए अध्ययन गरेर कोरोना भाइरसविरुद्धको उपचार विधिको खोजी सुरु गरेको छ । उच्च हिमाली क्षेत्रमा अक्सिजन स्तर कम हुँदा पनि शेर्पाहरुको शरीरले त्यसलाई सजिलै आफू अनुकूल बनाउँछ भन्ने विषयमा अध्ययन गरेर कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सकिने कम्पनीको विश्वास छ । स्टार्ट अप भेरियन्ट बायो नामक कम्पनीले शेर्पाको डिएनको आनुवंशिक कोड निकाल्ने प्रयास गर्नेछ । कोभिड–१९ महामारीको उपचारमा सहयोगी हुनसक्ने भन्दै नेपालका शेर्पा समुदायको डिएनएमा अध्ययन सुरु गरिएको कम्पनीले जनाएको छ । उच्च हिमाली क्षेत्रका बासिन्दा शेर्पाको जनजीवनले कोरोना भाइरसको उपचारमा सहजता ल्याउनसक्ने वैज्ञानिकहरको विश्वास छ । भेरियन्ट बायो नामक कम्पनीले थालेको...

चिनियाँ राष्ट्रपति ‘किमजोङ’ भन्दै भाजपाका कार्यकर्ताले पुत्ला ज’लाएको भिडियो भाइरल

काठमाडौं, ०५ असार । लद्दाखमा भएको झ’डपपछि भारतमा चीनको बृहत् रुपमा विरोध भइरहेको छ । भारतमा विभिन्न दलका कार्यकर्ता तथा भारतीय नागरिकहरुले विभिन्न तरिकाबाट चीनको विरोध गरिरहरेको सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा यस्ता भिडियो तथा तस्वीरहरु आइरहेका छन् । कतै चीनको नक्सा ज’लाइएको छ भने कतै चिनियाँ झण्डा ज’लाइरहेको देख्न सकिन्छ । तर भारतको बंगालमा भने चीनका राष्ट्रपतिको पुत्ला ज’लाइएको भन्दै उत्तर कोरियाको राष्ट्रपति किमजोङ उनको नाम लिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सत्तारुढ दल भाजपा (भारतीय जनता पार्टी) का कार्यकर्ताहरुले गरेको चीनवि’रुद्धको प्रदर्शनमा चीनियाँ राष्ट्रपतिको नाम ‘किमजोङ’ उच्चारण गर्दै पुत्ला ज’लाएको भनिएको छ । भिडियोमा भाजपाका...

भेटियो कोरोना संक्रमणबाट बचाउने पहिलो औषधि

काठमाडौं, ३ असार । कोरोना भाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको दाबी बेलायतका विज्ञहरुले गरेका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिले कोभिड–१९ विरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने दाबी विज्ञहरुले गरेका छन् । कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणमध्ये यो औषधि पनि एउटा हिस्सा भएको जनाइएको छ । उक्त...

लद्दाखमा चीन–भारत सैन्य झडपः भारतीय एक अफिसरसहित दुई जवानको मृत्यु

काठमाडौं – चीन–भारतबीचको सीमाक्षेत्र लद्दाखमा जारी विवाद गहिरिएको छ। सोमबार राति दुई देशका सेनाबीच हिंस्रक झडप भएको छ। यस झडपमा भारतीय सेनाका अफिसरसहित दुई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गलवान घाटीमा दुई देशका सैनिकबीच स्थितिलाई सामान्य गर्न भइरहेको वार्ताका क्रममा घटना भएको हो। यस झडपमा चीनका पनि केही सैनिकलाई चोट पुगेको छ। झपडका क्रममा कुनै गोली चलेनन्। हातपातमात्रै भएको जनाइएको छ। भारतीय सेनाको तर्फबाट दिइएको आधिकारिक बयानमा गलवान घाटीमा सोमबार राति डि–एस्केलेसनको प्रक्रिया हुुँदै गर्दा चिनियाँ र भारतीय सैनिकहरुबीच हिंस्रक झडप भएको थियो। यस क्रममा भारतीय सेनाका एक अफिसरसहित दुई जवान सहीद भएका छन्। दुवै देशका वरिष्ठ सैन्य...

५० प्रतिशत कोरोना संक्रमित उपचारपछि घर फर्किए, कुन देशमा कति निको भए ? (सूचिसहित)

काठमाडौं, २९ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएका मध्ये अहिलेसम्म ५० प्रतिशतभन्दा बढी निको भए घर फर्किएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ३७ लाख ३० हजार ५६ पुगेको छ । कोरोनाभाइरस संक्रमितको संख्या भने ७४ लाख ४६ हजार २२९ पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १ लाख ३१ हजार बढी कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ४ लाख १८ हजार १३७ पुगेको छ । सबैभन्दा...

भारतसँगको सीमा नजिक चीनले लग्यो हजारौं सैनिक

चीनले एक घण्टाभित्र भारतसँग सीमा जोडिएको हिमालय क्षेत्रमा परिचालन गर्ने मिल्ने गरी हजारौं प्याराट्रुपर्स, हतियारबन्द गाडी तथा हतियारसहित सैन्य ड्रिल गरेको छ। यसै महिनाको सुरूमा चिनियाँ सेना भारतीय सीमा पार गरेर पांगगोङ सो र गलवान उपत्यकामा क्याम्प बनाएर बसेपछि त्यहाँ तनाव चलिरहेको छ। ती सैनिक र हतियारबन्द गाडीहरू हुबेई प्रान्तबाट तिब्बतको उत्तर–पश्चिमको एक गोप्य स्थानमा पुर्‍याइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। चीनले यसै सप्ताहन्तमा केही घण्टाको समयभित्र उनीहरूलाई त्यहाँ पुर्‍याएको समाचार पोस्टले प्रकाशित गरेको छ। ती सैनिकहरूलाई नागरिक विमान र रेलमा ओसारिएको दृश्य चिनियाँ टिभी सिसिटिभीले शनिबार प्रसारण गरेको थियो। यसै दिन चीन र भारतका उच्च तहका सैन्य जनरलहरूले...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघ्यो

काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । विश्वको कोरोना भाइरसबारेको तथ्याङक सार्वजनिक गरिरहेको वल्र्डओमिटरका अनुसार कोरोना भाइरसबाट चार लाख दुई हजार भन्दा धेरैले ज्यान गुमाएका हुन् । चीनको वुहानबाट शुरु भएर विश्वका दुइ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ६९ लाख ८२ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये ३४ लाख १३ हजार भन्दा धेरैले कोरोनालाई जितेर स्वास्थ्यलाभ गरेका छन् । भारत छैटौँ नम्बरमा छिमेकी देश भारत कोरोना भाइरसबाट धेरै मानिस सङ्क्रमित भएका देशहरु मध्ये छैटौं नम्बरमा पुगेको छ । चीनबाट युरोप तथा अमेरिकाका देशहरुमा सङ्क्रमण फैलिदा निकै कम सङ्क्रमित...

कोरोनाभाइरस अन्तिम महामारी होइन भन्दै वैज्ञानिकले दिए चेतावनी

मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको छ । नयाँ–नयाँ रोगको स्रोतको अध्ययन गर्ने विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । ती वैज्ञानिकले नयाँ रोगको स्रोतको अध्ययन गर्ने क्रममा त्यसको ढाँचाको आधारमा पहिचानको प्रक्रिया विकसित गरेका छन् । यसमार्फत् कुन जीवमार्फत् पैदा भएको रोग मानिसका लागि अत्यधिक खतरनाक हुनसक्छन् भनेर पत्ता लगाउन सकिन्छ । लिभरपुल विश्वविद्यालयका प्राध्यापक म्याथ्यू बायलिसले बीबीसीलाई भने, ‘पछिल्ला २० वर्षमा हाम्रो सामुन्ने ६ विभिन्न प्रकारका ठूला खतरा पैदा भए । सार्स, मर्स,...