खेलकुद – Janata Live
  • Saturday, April 1, 2023

कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित हुन पुग्यो । कतार यस नतिजासँगै विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली पनि बन्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् । एनर भ्यालेन्सियाले क्लोज रेन्जबाट हेडरमार्फत गोल गरेपनि गोल अफसाइड रहेको थियो । तर भ्यालेन्सियाले १७ अ‍ौं मिनेटमा भने अग्रता दिलाए । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरे । खेलको ३१ अ‍ौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर पारे । एन्जेलो प्रेसियाडोको क्रसमा उनले गरेको प्रहार गोलरक्षक अलसिबले बचाउन सकेनन्...

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो। अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५...

सन्दीपलाई बलात्कारको अभियोग लगाउनेसँग दुईवटा जन्मदर्ता भएको वकिलको दाबी!

काठमाडौं– जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ। अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो। प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो। म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गरेको अधिवक्ता शक्ति पाठकले जानकारी दिए । अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष बताएका थिए। यसैबीच सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको सन्दीपको वकिलको समेत भनाइ छ। सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार...

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

काठमाडौं– घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो । जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए। पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै आएका शेर्पाले त्यसअघि अमेरिका, चीन र भारतलगायतमा गएर उपचारसमेत गराएका थिए। तर उल्लेख्य सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए। अमृत साइन्स क्याम्पसका पूर्व सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्व महासचिव, नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष हुन्। उनको अन्तिम संस्कार र श्रद्धाञ्जली कार्यक्रममा लागि परिवारसँग छलफल भइरहेको महासचिव थापाले जानकारी दिए।

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

काठमाडौं– पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३औं संस्करण आइपुग्दा पहिलोपटक फाइनल पुग्नेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन। बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी हो। यदि बंगलादेशबिरुद्ध हारले भने नेपाल सिंगल राउन्ड रोबिनको यस प्रतियोगिताबाट बाहिरिने छ। नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले...

फाती फर्किँदा बार्सा विजयी

एजेन्सी– आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो । मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको थियो । जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सा ५ अङ्कले पछि रहेको छ...

मनकारी मेस्सीः नेमारको जर्सी खोसेनन् बरु ३० नंबरको जर्सी लगाए

जब अर्जेन्टिनी स्टार लियोनल मेस्सी र बार्सिलोनाबीच गत जुन ३० मा सम्झौता सकिएको थियो त्यसबेला नै पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न चाहेको थियो। तर त्यसबेला कुनै पनि क्लबको अफर अस्वीकार गर्दै मेस्सीले बार्सामै बस्ने निधो गरे। मेस्सी आधा तलब घटाएरै बार्सामा बस्न चाहन्थे। यद्यपी ला लिगाको नियमअनुसार मेस्सी र क्लबबीच आर्थिक मामिलामा सम्झौता हुन सकेन जसका कारण मेस्सीलाई फेरि पीएसजीले अनुबन्ध गर्न चाह्यो। मेस्सी पीएसजीमा जान सहमत भए। अहिले दुई वर्षको लागि मेस्सी र पीएसजीबीच सम्झौता भइसकेको छ। सम्झौता हुन अगाडि मेस्सीलाई १० नंबरको जर्सी लगाउन भनिएको थियो। सो जर्सी पीएसजीमा नेमारले लगाउँछन्, नेमार मेस्सीका पूर्व सहकर्मी हुन्। तर मनकारी मेस्सीले...

मेस्सीलाई आजै पीएसजीमा अनुबन्ध गर्ने तयारी, ३० अथवा १९ नम्बरको जर्सी लगाउने

बार्सिलोना फुटबल क्लबबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पीएसजीले आज मंगलबार नै अनुबन्ध गर्ने तयारी गरेको छ। ६ पटकका बालुन डि’ओर विजेता मेस्सी र पीएसजीबीच दुई वर्षको सम्झौता हुने स्काई स्पोर्ट्ले जनाएको छ। खबरका अनुसार मेस्सीले पीएसजीमा दुई वर्षमा ५ करोड पाउन्ड कमाउनेछन्। यस्तै मार्काका अनुसार मेस्सीले पीएसजीमा १९ अथवा ३० नम्बरको जर्सी लगाउने सम्भावना छ। मेस्सीलाई १० नम्बरको जर्सी लगाउन भनिए पनि मेस्सीले उक्त नम्बरको जर्सी नेमारलाई नै दिएको बताइएको छ। त्यसपछि पीएसजीले मेस्सीलाई १९ र ३० नम्बरको जर्सी लगाउन भनेको बताइएको छ।