प्रदेश ७ – Janata Live
  • Saturday, April 1, 2023

खप्तड एउटा भू–स्वर्गको वृत्तान्त

सुदूर पश्चिमलाई भुगोलको अभिषाप भन्ने आरोप लागेको छ । यहाँको पछौटेपन, बिकटता, जातिय तथा लैंगिक बिभेद,गरिबी,अशिक्षा,अभाब र पीडाको मुख्य कारण मानिएको यही अद्भुत भुगोलभित्र अमूल्य मणिहरु लुकेका छन् । तीमध्ये एक हो खप्तड राष्ट्रिय निकुञ्ज । वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दुहरुको पवित्र तीर्थस्थान मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिबेणी नदी,खापर दह, शिवमन्दिर, सहस्रलिंग,गणेश मन्दिर,नागढुंगा,केदारढुंगाजस्ता धार्मिक स्थलहरु निकै प्रख्यात छन् । पुराण अनुसार महादेवले खप्तडको जडिबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई बैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने बिबिध सांस्कृतिक मेलाहरु सदियौंदेखी प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको...