प्रदेश ६ – Janata Live
  • Saturday, April 1, 2023

ऋण काढेर यार्चा टिप्न गएकाहरु निराश बनेर भारततर्फ

जाजरकोट । नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्चागुन्बु संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्चागुन्बु खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ । नलगाड नगरपालिकाका मोती ध्यारको हालत पनि उस्तै छ । यार्चागुन्बु खोज्न डोल्पा गएका उनी पनि रितो हात फर्केको बताउँछन् । तीन वर्षअघि दुई सय १० वटा यार्चागुन्बु टिपेर दुई...

जंगलमा गएका तीनजना भीरबाट लडेर मृत्यु

जाजरकोट । बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार बिहान तीन युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथिबहादुर बस्नेत रहेको छन् । शाही र सिंह वनलसुन खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए। बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई भाइ भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। वन लसुन एक प्रकारको जडीबुटी हो। यसको बिक्रीबाट आम्दानी हुने भएपछि स्थानीयवासी जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहको भनाइ छ । वन लसुन प्रतिकिलो ३२ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। उनका...

शिक्षकको यस्तो हर्कत : चक्लेट भन्दै छात्रालाई उत्तेजना बढाउने औषधी

सुर्खेत । शिक्षकको काम भनेको विद्यार्थीलाई पढाउने हो । विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाउने ठाउँ हो । तर यस पनि शिक्षक हुन्छन जो कक्षामा भएका आफ्नै विद्यार्थी छात्रालाई यौनको रुपमा प्रयोग गर्न खोजीरहेका हुन्छन् । घटना सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविको हो । कक्षा सातमा अध्ययन गर्दै गरेका दुई छात्रालाई शिक्षकले चक्लेट भन्दै यौन उत्तेजना बढाउने औषधि दिएर छात्रालाई बलात्कारको प्रयास गरेका छन् । छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले शिक्षक युवराज शर्मालाई पक्राउ परेका छन् । शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि आफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन्...