पाँचौं प्रदेश लुम्बिनी, राजधानी देउखुरी
बुटवल, २१ असोज । प्रदेश सरकार गठनको ३० महिनासम्म राजनीतिक दाउपेच र प्रतिष्ठाका लडाइँले थाती प्रदेश ५ को नाम र स्थायी राजधानी मंगलबार टुंगिएको छ । प्रदेश सभाले औपचारिक रूपमा नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको छ । सरकारले दुईतिहाइ मतको दम्भले गलत निणर्य गरेको विपक्षी कांग्रेसले आरोप लगाएको छ । मतदानलगत्तै प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूणर्बहादुर घर्तीले जानकारी दिए । यद्यपि, नाम र राजधानी टुंग्याउने विषयमा सर्वसम्मत भने हुन सकेन । सरकारको प्रस्तावमा कांग्रेसले औपचारिक रूपमा असहमति राखे पनि राजधानीको पक्षमा उसका पाँच सांसदले मतदान...
प्रादेशिक संसदमा पनि तमासा सुरु
बुटवल, २० असोज । केन्द्रीय संसद्मा वेलावेलामा देखिने तमासा प्रदेश सभामा पनि सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । त्यस्तै, प्रदेशका कानुनमन्त्री आफैँ अघि सरेर प्रतिपक्षी सांसदलाई घिसारेर बाहिर लान मर्यादापालकलाई निर्देशन दिएका छन् । ‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढाउने क्रममा कांग्रेसले हंगामा मच्चाएको हो । तर,...
यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५
बुटवल – देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ । देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् । प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को...
२ दिन सार्वजनिक विदा
बुटवल । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको जानकारी गराए। गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो। मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए। बैठकले सूचना तथा सञ्चार...
अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने
प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ । प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्ले छापेको छ।
दोहोरो सुविधा दिन कानुन संशोधन गर्दै प्रदेश-५ सरकार
बुटवल । प्रदेश–५ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा दिन कानुन संशोधन गर्न लागेको छ । स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट पाउने सुविधासम्बन्धी ऐन संशोधन गरेर दोहोरो सुविधा लिन पाउने व्यवस्था गर्न लागेको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्ने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन विधेयक मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ,’ प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले भने, ‘संशोधित विधेयकले सेवा निवृत्त पूर्व कर्मचारी तथा शिक्षक समेत रहेका जनप्रतिनिधिलाई पेन्सन बुझ्न दिने व्यवस्था गरेको छ ।’ हाल कायम रहेको कानुनमा...
सपना चकनाचुर ! यार्चा बेचेको पैसा लुटियो
रुकुम । यार्चाबाट केही कमाई होला अनि घर खर्चको जोहो गरौँला भन्ने सोचका साथ ज्यानको बाजी राखेर बुकि पाटन गएकी जुनकुमारी पुनको सपना चकनाचुर भयो । विद्यालयमा पढ्दै गरेकी छोरीलाई सँगै लिएर यार्सा टिप्न गएकी जुनकुमारीले न यार्चा बेचेको पैसा हात पार्नुभयो नत ज्यानको सुरक्षा पाउनुभयो । बुकि पाटनबाट यार्चा टिपेर घर फर्कदै गर्दा जुनकुमारीकी आमा छोरीलाई लुटेराको समुहले कुटपीट गरी नगद तथा गरगहना लुटेको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ मैकोटमा दुइ जना लुटिएका हुन् । पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ की जुनकुमारी पुन र उहाँकी १४ बर्षिया छोरी रश्मी पुनलाई कुटपिट गरी गरगहना र यार्सा...