प्रदेश ४ – Janata Live
  • Wednesday, October 28, 2020

छिमेकी प्रदेशमा सङ्क्रमण बढेपछि गण्डकीमा उच्च सतर्कता

कास्की – सीमा जोडिएका प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको तथा जाँचमा वृद्धि गरी आवतजावतलाई थप कडाइ गरिएको प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिले जनाएको छ । अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक सवारी साधानबाहेक अन्यलाई प्रदेशमा भित्रिन नदिएको तथा कोही आएको फेला परेमा उनीहरुलाई फिर्तासमेत पठाइएको समितिका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो । नवलपुरको त्रिवेणी, दाउन्ने, गैँडाकोट, स्याङ्जाको राम्दी, तनहुँको...