प्रदेश ३ – Janata Live
  • Wednesday, October 28, 2020

बाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आइटी ल्याब

काठमाडौं, १४ फागुन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो। यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो। कार्यविधिअनुसार दुई निर्वाचन...

शंकाको घेरामा बाँस्कोटाले अघि सारेको स्याटेलाइट परियोजना

काठमाडौँ, १३ फागुन । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा (जी–टू–जीमार्फत) उनले परियोजना अघि बढाएका थिए । अध्ययन समितिले नेपालले राख्ने भनेको स्लट(१२३.३ पूर्वी देशान्तर)व्यावसायिक प्रयोजनका लागि अनुपयुक्त हुने भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) सँग अर्को स्लट माग गर्न सुझाव दिएको थियो । बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाइट खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि...

त्रिभुवन विमानस्थलमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा आगलागी भएको विमानस्थलकी कर्मचारी गायत्री भट्टराईले जानकारी दिएकी छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

ललिता निवास जग्गा प्रकरण : ठगी मुद्दा चलाउन जाहेरी अभाव

काठमाडौं, २७ माघ । बालुवाटार (ललिता निवास) सरकारी जग्गा खरिदबिक्री प्रकरणमा संलग्नमाथि ठगी तथा किर्तेमा मुद्दा चलाउन पीडित पक्षबाट जोहरीको अभाव खट्किएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते मुद्दामा पीडित पक्षबाट उजुरी आवश्यक पर्ने भएकाले जाहेरीको अभाव भएको बताउनुभयो । सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको छ । जग्गा खरिदबिक्रीमा संलग्नहरूमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी...

सांसद, मेयरलगायत २०८ जना जनप्रतिनिधि ठेकेदार

काठमाडौं, २६ माघ । निर्वाचनमा सजिलै टिकट कसले पाउँछ ? जसले राजनीतिक नेतृत्वलाई पैसा दिन्छ । पैसाको बलमा टिकट पाउने ठेकेदारले मात्र होइन, ठेकेदारसँग प्रतिस्पर्धा गर्ने राजनीतिक कार्यकर्ताले पनि पैसाकै खोलो बगाउनुपर्ने बाध्यता छ । निर्माण व्यवसायी महासंघ र जिल्लास्थित निर्माण ब्यवसायी संघबाट संकलन गरेको सूचीअनुसार वडा सदस्यदेखि संघीय सांसदसम्म दुई सय आठ जनप्रतिनिधी ठेकेदार छन् । संघीय संसदमा नै ६ सांसद छन् । प्रदेशमा १८ सांसद ठेकेदार छन् । स्थानीय तहमा एक सय ८४ जनप्रतिनिधि ठेकेदार छन् । यी मध्ये ३८ जना स्थानीय तहको प्रमुख नै छन् । प्रतिनिधिसभा सांसद जिपछिरिङ लामा–कांग्रेसबाट समानुपातिक (लामा कन्स्ट्रक्सन प्राली) बहादुरसिंह लामा–कांग्रेसबाट समानुपातिक...

ललितानिवास जग्गा प्रकरण : विभागीय मन्त्रालय ‘मौन’

काठमाडौं, २५ माघ । बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मौन देखिएको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी तीन निकायलाई छानबिन र अनुसन्धानको जिम्मेवारी दिएको १० महिना बितेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र मन्त्रालयलाई जिम्मेवारी तोकिएको थियो । सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धमा छानबिन गरी कारबाहीका लागि सुुझाव पेस गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको उच्चस्तरीय समितिको प्रतिवेदनपछि यी तीन निकायलाई थप अनुसन्धानको जिम्मा दिइएको थियो । अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, अख्तियारकै...

बालुवाटार जग्गा प्रकरण : पूर्व अख्तियार प्रमुखदेखि बहालवाला न्यायाधीशसम्मलाई कारबाही सिफारिस

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा एक सय १९ जनाविरुद्ध कारबाही सिफारिस भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १० महिना लगाएर तयार पारेको प्रतिवेदनमा राजनीतिक नेतृत्वको संलग्नताबारे कुनै उल्लेख छैन । अनियमिततामा विभिन्न निकायका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतो रहेको तर राजनीतिक संलग्नता नभेटिएको सिआइबीले जनाएको छ । सिआइबीले उनीहरूविरुद्ध किर्ते र ठगी अभियोगमा कारबाही सिफारिस गरेको हो । कारबाही सिफारिसमा परेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, पूर्वमन्त्री छविराज पन्त, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहदेखि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलगायत छन् । बस्न्यातले भौतिक पूर्वाधार सचिव रहँदा बालुवाटारको जग्गा व्यक्तिको नाममा पुग्ने गरी...

सर्वोच्चलाई टेरेन अख्तियारले, भ्रष्टाचार मुद्दाका फाइल पठाउन आलटाल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी मुद्दाको निर्णय पठाउन आलटाल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई फाइल लिएर १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। न्यायाधीशहरू मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको पूर्ण इजलासले अदालतले मागेको विवरणसहित उपस्थित हुन बिहीबार आदेश दिएको हो। एक वर्षअघि पनि सर्वोच्चले अख्तियारलाई फाइलसहित उपस्थित हुन आदेश गरेको थियो। अख्तियारमा हाल महेश्वर न्यौपाने सचिव छन्। यसअघि सर्वोच्चको जवाफमा अख्तियारका सचिव न्यौपानेले ‘म हाजिर भएपश्चात् तीव्रतापूर्वक खोजी कार्य अघि बढाएको’ भन्ने लिखित जवाफमा पठाएका थिए। सर्वोच्चले मुद्दाका फाइल मागिरहने तर अख्तियारले भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउने निर्णयको फाइल नभेट्टाउने...

फेरि काठमाडौंमा आन्दोलन गर्दै उखु किसान

काठमाडौं । सरकारसँग भएको सहमतिअनुसार उखुको बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि काठमाडौँमा आन्दोलन गर्ने तयारी गरेका छन् । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्षमा चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौंस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पुरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएको थियो । उद्योगमन्त्री लेखराज भट्ट आफैंले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । सरकारले दिएको मितिमा भुक्तानी पाउने आशामा उखु किसान घर फर्किएका...