प्रदेश २ – Page 2 – Janata Live
  • Saturday, September 25, 2021

स्कुल बन्द गरेर नेताको भतिजको बिहे भोज

महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको । पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो । ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल...

एकातिर बन्दै, अर्कोतिर भत्किँदै

जनकपुर । निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ । सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ । नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ । संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ ।’ तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन ।, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो । तर, त्यसो गरिएन । यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ...

तलतल गयो मधेसमा पानी

जनकपुर । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’ पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ ।’ धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले...

होटलका बाउन्सरले मरणासन्न हुने गरी ग्राहक कुटे

बारा । बाराको सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् । घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइतेमध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ । अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए । अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतलमा...

मेयर सहित चारजनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रुपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने मेयरसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजन वन कार्यालय सप्तरीले सप्तकोसी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा, वडा नम्बर १ का अध्यक्ष नारायण आचार्य र उपभोक्ता समितिका दुई पदाधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । नगरपालिकाले सप्कोसी–१ भत्तेपुरमा पर्ने चुरे क्षेत्रबाट आउने खोलालाई डाइभर्ट गर्न नाला निर्माण गरिरहेको छ । त्यो नाला राष्ट्रिय वन क्षेत्रमा परेको छ । वन क्षेत्रमा अनधिकृत रुपमा नाला...

बारा पर्सापछि नबलपरासी र अर्घाखाँचीमा हावाहुरी, १० बर्षीया बालिकाको मृत्यु, दर्जनौ घाइते

काठमाडौं । नबलपरासी र अर्घाखाँचीमा हावाहुरीले वितण्ड मच्याएको छ । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासी र अर्घाखाँचीका बस्तीमा क्षती पुराएको छ । हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । त्यसैगरी नवलपरासीमा एक बालिकाको मृत्यु हुनुका साथै ८० भन्दा बढी घरमा क्षती पुगेको प्रहरीले जनाएको छ । नवलपरासीमा आएको हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए। जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको हो। हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए।...