बलिदानी दिवसमा भोलि सार्वजनिक विदा
जनकपुरधाम । प्रदेश नं २ सरकारले भोलि (आइतबार) सार्वजनिक विदा दिएको छ। बलिदानी दिवस मनाउन माघ ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।-फाइल तस्विर
प्रदेश- २ का मन्त्रीहरूलाई गाडीमाथि गाडी
जनकपुरधाम । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्। नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज.१झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन्। आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन्। उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको...
पाइलैपिच्छेको छुवाछूतले बाँच्नै गाह्रो, विद्यालयमा समेत विभेद
सिरहा । सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् । अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् ।...
प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला
जनकपुरधाम । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन् । सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आउनुभएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ ।” मुख्यमन्त्री राउतले भन्नुभयो, “लोकसेवा आयोगको विधेयक पारित...
कीर्ते सही गरी कार्यालयको ९३ लाख झिकेर कर्मचारी फरार
जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले कीर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी रकम झिकेर फरार भएका छन् । सिटीईभीटीले धनुषाको सपहीमा सञ्चालन गरेको बीपी मेमोरियल पोलिटेक्नीक इन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका घर भएका प्रविणकुमार ठाकुर कीर्ते सहीछाप गरी बैंकबाट ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् । ठाकुरले विभिन्न मितिमा बीपी मेमोरियल पोलिटेक्नीक इन्स्टीच्युटको ६२ लाख ५६ हजार र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैयाँ कीर्ते गरी झिकेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ । ठाकुरले रकम...
सर्लाही घटनामा अल्झियो सदन
काठमाडौं । कांग्रेसले सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदनमा अवरोध कायमै राख्ने भएको छ। कांग्रेस र राजपा मिलेर समिति बनाउनुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्। सोमबार नाराबाजीका कारण स्थगित बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ। प्रतिपक्षी दुवै दलले सरकारले विधिको शासन र मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन्। सर्लाही घटनाको छानबिन हुनुपर्ने माग गर्दै बुधबार पनि बैठक अवरुद्ध गर्ने दुवै दलले जनाएका छन्। यो खबर बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । साप्ताहिक राशिफल : हेर्नुहोस् तपाइँको यो साता कसरी वित्नेछ ? मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मन अशान्त रहला, सहयोगीहरूले पनि त्यत्ति साथ...
सर्लाहीमा गोली चल्यो
काठमाडौं । अज्ञात समूहले सर्लाहीमा गोली चलाएका छन् । मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् । गोली प्रहार गर्ने समूह तथा उनीहरुले प्रयोग गरेको मोटरसाइकल नम्बर खुलेको छैन । महतोको दाहिने कुईनामा गोली लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । घाइते महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गोली लागेका महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । महतोे वैदेशीक रोजगारीबाट केही महिना अघि फर्किएका हुन् । उनी पछिल्लो समय घर निर्माणमा मजदुरको रुपमा काम गर्दैआएका छन् । गोली कस्ले के कारणले प्रहार गरेको भन्नेबारे...
शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते
सर्लाही । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन्। बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन भने उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाउमा गहिरो चोट लागेको छ। बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो।...
नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर
धनुषा । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसँग गोप्य छलफल गरी कमला नदीमा एक्साभेटरमार्फत उत्खनन तीव्र बनाएका हुन् । जिल्ला समन्वय समिति धनुषाले २०७५ फागुन ३० मा गणेशमान चारनाथ नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ, ‘त्यस नगरपालिकाबाट २०७५ माघ ८ गते ९च।नं ७७२० प्राप्त पत्रमा कमला नदीको बीचभागमा पानीको बहाव फर्काउने जेसिबी...