प्रदेश १ – Janata Live
  • Saturday, April 1, 2023

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

बिराटनगर र प्रदेश १ मा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म...

कोरोना नियन्त्रण गर्न प्रदेश–१ सरकार चन्दा उठाउँदै, मन्त्री कुसियत किन्दै दुई करोड सात लाखको गाडी

विराटनगर, २२ जेठ । बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोडबराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् । कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडीलगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ का वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन । देशमा ११ चैतबाट लकडाउन सुरु भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक १८ चैतमा सूचना...

नेकपाकी प्रदेश सांसद खातुन कीर्ते काण्डमा दोषी ठहर, यस्तो छ कर्तुत

मोरङ । प्रदेश–१ सभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएकी छन् । तत्कालीन एमालेबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको हो । खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत कीर्ते गरेका थिए । गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको...

प्रदेश १ सरकारले आफैं कर्मचारी भर्नाको तयारी थल्यो

मोरङ । प्रदेश १ सरकारले आफैं कर्मचारी भर्नाको तयारी थालेको छ । कर्मचारी नहुँदा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत बजेट खर्चन समस्या पर्ने भन्दै मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने नीति लिएको छ । बैठकले सेवा करारमा कृषि अधिकृत, प्राविधिक सहायक र नायब प्राविधिक सहायक छनोटसम्बन्धी कार्यविधि २०७६ स्वीकृत गरेसँगै मन्त्रालयलाई कर्मचारी भर्नाको बाटो खुलेको हो । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । https://www.youtube.com/watch?v=ZXP-emkm5RM

मनसुनअगावै डेंगुको संक्रमणः अझैँ व्यापक हुन सक्ने विज्ञको चेतावनी

धरान । यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलँदै छ । ‘मुख्य रुपमा बर्सेनि मनसुनपछि दसैँ–तिहारतिर डेंगु देखिने गथ्र्यो’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने ‘मनसुन अगाडि नै यति धेरै ठाउँमा डेंगु देखिएको पहिलो पटक हो ।’ गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ । प्लोस...

पाँचथर हत्याकाण्डको मुख्य अभियुक्त पक्राउ

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर–४ पञ्चमी स्थित कार्तिके बस्ने १५ वर्षीया किशोरी शितल योङहाङको मुख्य हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । पाँचथर फाल्गुनन्द गाउँपालिका वडा नम्बर–२ पात्लेभन्ज्याङ बस्ने पदम तामाङ स्याङ्बो (१९) लाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो । स्याङ्बोलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको संयुक्त ब्युरो टोलीले खोजतलास गर्ने क्रममा झापाको दमक स्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । स्याङ्बोलाई जेठ १९ गते पक्राउ गरी पाँचथर अदालतबाट कर्तब्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भगिरथ बास्तोला भने...

फिदिमको मध्य बजारमा आगलागी, ३ घर र एक होटल जलेर नष्ट

पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ। आगलागिबाट तीन घर र एक होटल जलेर नष्ट भएका छन् । फिदिम–१ मेनरोडस्थित होटल अजिमा र पाँचथर गेष्ट हाउसको बीचमा रहेको एक कच्ची घरबाट आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् ।

देशै हल्लाउने एउटा शंका, आधार भेटिएन

काठमाडौं । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका । उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ । विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे। घटनाको पुष्टि न प्रहरीले गर्‍यो न स्थानीयले । सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो। बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन...

प्रहरी चौकीमा विप्लव समूहको ‘कब्जा’ प्रयास , चौकी छाडेर भागे प्रहरी, गृहमा बस्यो आकस्मिक बैठक

सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले सोलुखुम्बुस्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेको छ । विप्लव समूहले गए राति (आइतबार) महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भए पनि असफल भएको जनाइएको छ । मध्यराति १२ बजेतिर २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भए पनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियारसहित बाहिरीसकेकाले चौकी कब्जाको रणनीति असफल भएको प्रहरी स्रोतले जानकारी दिएको छ । माओवादी कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको जनाइएको छ । प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभए पनि मध्यान्न १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३...