प्रदेश – Janata Live
  • Wednesday, December 1, 2021

पाँचौं प्रदेश लुम्बिनी, राजधानी देउखुरी

बुटवल, २१ असोज । प्रदेश सरकार गठनको ३० महिनासम्म राजनीतिक दाउपेच र प्रतिष्ठाका लडाइँले थाती प्रदेश ५ को नाम र स्थायी राजधानी मंगलबार टुंगिएको छ । प्रदेश सभाले औपचारिक रूपमा नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पारित गरेको छ । सरकारले दुईतिहाइ मतको दम्भले गलत निणर्य गरेको विपक्षी कांग्रेसले आरोप लगाएको छ । मतदानलगत्तै प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूणर्बहादुर घर्तीले जानकारी दिए । यद्यपि, नाम र राजधानी टुंग्याउने विषयमा सर्वसम्मत भने हुन सकेन । सरकारको प्रस्तावमा कांग्रेसले औपचारिक रूपमा असहमति राखे पनि राजधानीको पक्षमा उसका पाँच सांसदले मतदान...

प्रादेशिक संसदमा पनि तमासा सुरु

बुटवल, २० असोज । केन्द्रीय संसद्मा वेलावेलामा देखिने तमासा प्रदेश सभामा पनि सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । त्यस्तै, प्रदेशका कानुनमन्त्री आफैँ अघि सरेर प्रतिपक्षी सांसदलाई घिसारेर बाहिर लान मर्यादापालकलाई निर्देशन दिएका छन् । ‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढाउने क्रममा कांग्रेसले हंगामा मच्चाएको हो । तर,...

यसकारण कोरोना मुक्त हुँदैछ प्रदेश–५

बुटवल – देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ । देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् । प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को...

साउनभित्र प्रदेश १ मा कोरोना नियन्त्रणमा आउने दाबी

बिराटनगर र प्रदेश १ मा कोरोना भाइरस कोभिड–१९ नियन्त्रणमा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो । सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म...

कोरोना नियन्त्रण गर्न प्रदेश–१ सरकार चन्दा उठाउँदै, मन्त्री कुसियत किन्दै दुई करोड सात लाखको गाडी

विराटनगर, २२ जेठ । बजेट अभावले प्रदेशवासीलाई राहत वितरण रोकिएको वेला प्रदेश १ का एक मन्त्रीले दुई करोडबराबरको गाडी खरिद गर्न लागेका छन् । लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेका मन्त्री जगदीश कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् । कोभिड संक्रमणले आर्थिक क्षति पुर्‍याउने भएकाले गाडीलगायतका विलासिताका सामग्री खरिद नगर्ने स्पष्ट नीति भए पनि प्रदेश १ का वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री कुसियतलाई सरकारी नीतिले प्रभावित गरेको छैन । देशमा ११ चैतबाट लकडाउन सुरु भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक १८ चैतमा सूचना...

छिमेकी प्रदेशमा सङ्क्रमण बढेपछि गण्डकीमा उच्च सतर्कता

कास्की – सीमा जोडिएका प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको तथा जाँचमा वृद्धि गरी आवतजावतलाई थप कडाइ गरिएको प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिले जनाएको छ । अत्यावश्यक सामग्री ढुवानी गर्ने मालबाहक सवारी साधानबाहेक अन्यलाई प्रदेशमा भित्रिन नदिएको तथा कोही आएको फेला परेमा उनीहरुलाई फिर्तासमेत पठाइएको समितिका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो । नवलपुरको त्रिवेणी, दाउन्ने, गैँडाकोट, स्याङ्जाको राम्दी, तनहुँको...

बाँस्कोटाको मनोमानी, कार्यविधि मिचेर ९७ आइटी ल्याब

काठमाडौं, १४ फागुन । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कार्यविधि मिचेर काभ्रेपलाञ्चोकमा ९७ वटा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न दबाब दिएको फेला परेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा चारवटा सूचना प्रविधि प्रयोगशाला निर्माण गर्ने कार्यक्रम बनाएको थियो। यसका लागि प्राधिकरणले ‘सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यविधि २०७५’ बनाएको थियो। यो कार्यविधिले निर्वाचन क्षेत्र हेरेर एक निर्वाचन क्षेत्रमा कम्तीमा ४ वटा प्रयोगशाला बनाउने भनेको छ। कार्यविधिको यो व्यवस्थालाई मिचेर बास्कोटाले काभ्रेमा मात्र ९७ वटा प्रयोगशाला निर्माण गर्न दबाब दिएका हुन्। बास्कोटा प्राधिकरणको तालुक मन्त्रालयका मन्त्री थिए भने काभ्रे उनको गृह जिल्ला हो। कार्यविधिअनुसार दुई निर्वाचन...

शंकाको घेरामा बाँस्कोटाले अघि सारेको स्याटेलाइट परियोजना

काठमाडौँ, १३ फागुन । सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजनिक खरिद ऐनलाई लत्याउँदै बिनाप्रतिस्पर्धा (जी–टू–जीमार्फत) उनले परियोजना अघि बढाएका थिए । अध्ययन समितिले नेपालले राख्ने भनेको स्लट(१२३.३ पूर्वी देशान्तर)व्यावसायिक प्रयोजनका लागि अनुपयुक्त हुने भन्दै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) सँग अर्को स्लट माग गर्न सुझाव दिएको थियो । बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियासँग स्याटेलाइट खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि...

त्रिभुवन विमानस्थलमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा आगलागी भएको विमानस्थलकी कर्मचारी गायत्री भट्टराईले जानकारी दिएकी छन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एण्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।