तस्बिर – Janata Live
  • Tuesday, August 4, 2020

अष्ट्रेलियामा नायिका वर्षाले देखाइन् आफ्नो जात्रा, पहिरनले पायो चर्चा, तस्वीरमा हेर्नुहोस्

काठमाडौं । चलचित्र जात्रे जाजेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् । चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका...

म्यानमारकी चर्चित अभिनेत्री बनिन् भिक्षुणी (फोटोसहित)

म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् । त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् । म्यानमारको रंगुनमा जन्मिएकी सोए प्याएले ग्रेड नौमा हुँदा देखि नै अभिनय गर्न सुरु गरेकी थिइन् ।  

को हुन् यी महिला ? जसले खुट्टाले विमान चलाएर राखिन विश्व किर्तिमानी

काठमाडौँ । अमेरिकाको अरिजोनाकी ३४ वर्षिय जेशिका कक्सेले खुट्टाले विमान चलाएर विश्व किर्तिमानी राखेकी छन् । विभिन्न कारणले गर्दा दुवै हात गुमाएकी उनी विश्वमा नै खुट्टाले विमान चलाउने पहिलो महिला बनेर गिनिज बुक अफ वल्डमा आफ्नो नाम लेखाउन सफल भएकी छन् । सानै उमेरमा दुवै हात गुमाएकी जेशिका आफ्नो हरेक काम खुट्टाले नै गर्ने गर्छिन् । उनीलाई दिइएको लाइसेन्स विश्वकै पहिलो अर्थात हात नभएकी पाइलटको लाइसेन्स हो । सानै उमेर देखि घोडा चड्न र प्लेन चलाउन मन पर्ने भएको कारण आज अपाङ्ग भएपनि सपना पुरा भएको बताएकी छन् । उनी आफ्नो दैनिक कार्य खाना खाने, लेख्ने, चस्मा लगाउने, कम्प्युटर चलाउने,...

दावाको फरक बाटो

लामा दावा साङ्वो योल्मोपा पूर्व वरिष्ठउपाध्यक्ष, नेपाल ह्योल्मो समाज सेवा संघ सन् १८४० मा स्थापना भएको पुख्र्यौली गुम्बा योल्मो कान्यिङ श्येडुप लिङ गोन्पाका प्रमुख लामाका छोरा दावा साङ्वो योल्मोपा व्यवसायको सिलसिलामा विक्रम सम्वत् २०४८ सालमा काठमाडौं आए । उनले पस्मिना, गलैचा र कार्पेट लगायतको व्यापारमा हात हाले । व्यापार दिन दुगुना राता चौगुनाको हिसावले चल्दै गयो । व्यवशायले दिएको सफलता एकातिर छँदै थियो, त्यति नै बेला उनलाई आफ्नो जाति, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समेत लाग्नुपर्छ भन्ने चेतना जागृत भयो । त्यसैले उनी योल्मो जातिको भाषा, संस्कृति र रहनसहनको उत्थानका लागि खोलिएका विभिन्न संघसंस्थामा समेत आवद्ध हुन थाले ।...

परिवारदेखि टाढा, अर्को परिवार

यहाँवहाँ लथालिंग मिल्काएका सरसामानले कोठालाई साँघुरो बनाइदिएको छ । चार कुनामा डबल बसजस्तै एकमाथि अर्काे खप्टिएका चारओटा डबल बेड छन् । केही लुगाहरू भित्तामा ठोकिएको काँटीमा झुण्ड्याइएका छन् । एउटा भित्तामा भित्तेपात्रो पनि टाँसिएको छ । पात्रोभरि केरमेट पारिएको छ । यसैलाई हेरेर वा केरेर घरबाट आएको र फर्कन बाँकी रहेका दिनहरू गन्छन् । अर्काे भित्तामा चाहिँ काठको आयतकार बाकसको मन्दिर छ । जसभित्र बुद्ध, शिव–पार्वती र गणेश भगवान्का फोटा टाँसिएका छन् । तिनै फोटामुनि सुकिसकेको स्याउमाथि अगरबत्तीका केही ठुटा छन् । यसरी एउटा आस्था र विश्वासको पूजा हुन्छ । छाडी आएको घरपरिवारको कुशलता र परदेशको बिरानो भूमिमा आफ्नो कल्याणको...

आमदब्लमको काखबाट सगरमाथाको दर्शन

पुस महिनाको ठन्डी । झिसमिसे उज्यालो । एयरपोर्ट पुग्दा बिहानको सातमात्र बजेको थियो । अरू साथीहरूलाई खोजेँ । म नै पहिला पुगेछु । हामी लुक्ला जाँदै थियौँ । पर्यटन वर्षको उद्घाटन गर्न आमदब्लम हिमालमा दीप प्रज्ज्वलन कार्यक्रम तय भएको थियो । त्यही कार्यक्रममा भाग लिन १० जना आरोही टोलीका साथ हामी केही पत्रकार त्यता लागेका थियौँ । लुक्ला भन्नेबित्तिकै एकपल्ट मुटु ढक्क फुल्यो । त्यहाँ मौसमको भर हुँदैन भनिन्थ्यो । आखिर त्यही भयो । फ्लाइट पछि सारियो । झन्डै १० बजेतिर मात्रै मौसममा सुधार आएपछि प्लेन उड्ने भयो । लुक्लामा धेरै हवाई दुर्घटना भएका छन् । सबैभन्दा डरलाग्दो हवाई यात्राको...

पर्यटकको पर्खाइमा सिन्धुपाल्चोकको हेलम्बु गाउँ । काठमाडौंबाट नजिकै रहेपनि यो ठाउँ ओझेलमा परेको छ ।

पर्यटकको पर्खाइमा सिन्धुपाल्चोकको हेलम्बु गाउँ । काठमाडौंबाट नजिकै रहेपनि यो ठाउँ ओझेलमा परेको छ । https://www.youtube.com/watch?v=__N5LXNzTWc

धर्तीको स्वर्ग : छम्खाङ र सुक्सुम डाँडा [फोटो फिचर सहित]

छैटौँ अवतारी लामा टुल्कुको गद्दीआरोहण समारोहमा भाग लिने सिलसिलामा २०६९ को २० कात्तिकमा शेर्पा समुदायका पत्रकारको टोली बौद्ध गेटबाट हुइँकियो । समारोहस्थल सिन्धुपाल्चोक जिल्लाको लिस्ती गाविसस्थित छम्खाङलाई ताकेर हाम्रो तीनदिने यात्रा सुरु भयो । शेर्पा समुदायका समाजसेवी आदरणीय दाई लाक्पाठिन्ले शेर्पाले निमन्त्रण गर्नुभएकाले यो यात्राको एक हिस्सा बनेको थिएँ । रिम्पोछेको समुपस्थितिमा काठमाडौंबाट विभिन्न धर्मावलम्बी, राजनीतिज्ञ, पर्यटन व्यवसायी, कलाकार र पत्रकारलाई बोकेको जिपका पाङ्ग्रा बिहान ६ बजे गुड्न थाले । राजधानीको कोलाहल छाडेर एउटा भव्य सांस्कृतिक माहोल र अद्भूत प्राकृतिक सुन्दरतासित साक्षात्कार गर्न बेचैन थियो हाम्रो मन । सिन्धुपाल्चोक...