राेचक खबर – Janata Live
  • Saturday, April 1, 2023

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए। तुफान रोकिएपछि घर बाहिर निस्किँदा चारै तिर माछा रहेका थिए। त्यसपछि सहरको आधिकारिक फेसबुक पेजमा यस दुर्लभ घटनालाई विज्ञानले 'एनिमल रेन' भएको बताइएको छ। एनिमल रेन भनेको आकाशबाट जीव खस्नु हो। यो अवस्था ताल अथवा झिल जस्ता स्थानका कुनै भागमा उथलपुथल हुँदा हुन्छ। अंग्रेजीमा यसलाई वाटर स्पाउट्स भनिन्छ। यो चक्रावतका कारण समुन्द्रको एक भागमा रहेको पानीका साथै साना जीवका तथा माछाहरू बाहिर आएका थिए। चक्रावत शक्तिशाली बन्दा उसले त्यहाँ रहेका साना जीवहरूलाई आफूसँगै...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी ७ बच्चा जन्मिएको घटना आज हामी उल्लेख गरिरहेका छन् । ‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’ पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुशीले गदगद छन् । निजी क्लिनिकको सल्लाहपछि आफूहरुले बडो कठीनपूर्वक एबटावादको जिन्ना अन्तराष्ट्रिय अस्प्तालमा पुगेको र त्यहाँ अल्लाहले आफूहरुलाई...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् । उनको दायाँ हातको बुढी औँला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प वा बिच्छी भन्नेपर्छ। तर, एउटा यस्तो माकुरो छ जसको टोकाइले मानिसको ज्यानै जानसक्छ। उक्त माकुराको नाम वेब स्पाइडर हो। यो विश्वकै खतरनाक माकुरोमा पर्छ। यो माकुराले काटेमा मानिसको १५ मिनेटमै ज्यान जानसक्छ। अस्ट्रेलियामा यो माकुराको टोकाइबाट थुप्रैले ज्यान गुमाइसकेका छन्। स्वास्थ्यकर्मीका अनुसार यो माकुराले टोकेमा उपचारमा प्रयोग हुने कुनै प्रभावकारी औषधी अहिलेसम्म बन्न सकेको छैन। अस्ट्रेलियाको जंगलमा भएको आगलागीपछि यो माकुरो जमिनमा लुक्न पुगेको थियो। ठूलो वर्षा हुँदा यो माकुरो बाहिर आउन पुग्यो। र, पछि माकुरो मानव वस्ति भएको ठाउँसम्म...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर कृषकले मन्दिर पुर्‍याएका हुन्। किसानले जनप्रतिनिधिलाई सल, फेटाले बाधेर मन्दिर लगेका थिए। गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई बाँधेर मन्दिर लगिएको हो। गाउँका अगुवालाई बाँधेर मन्दिरमा लगि पूजा गरे वर्षा हुने विश्वास छ। विश्वासअनुसार गाँउलेले जनप्रतिनिधि नै गाउँका अगुवा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका हुन्।

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका छन्। ती व्यक्तिको नाम हो- आर्थर ओ उसरो हो। आर्थर एक मोडेल हुन्। उनी भन्छन्, ‘मेरो देशमा एकल विवाहको अवधारणा छ। म यसलाई पूरा गर्न चाहन्छु, म चुनौती दिन चाहन्छु। त्यसैले मैले मेरी श्रीमतीसँगै थप ८ जना महिलासँग विवाह गरें।’ मिडिया रिपोर्टका अनुसार आर्थर पहिले नै विवाहित छन्। उनलाई पहिलो श्रीमतीले पनि साथ दिएकी छन्। उनकी श्रीमतीको नाम लुआना काजाकी हो। लुआना एक ब्लगर हो। आर्थर र लुआनाले विगतमा आफ्नो प्रेम व्यक्त गर्न चकित पार्ने काम गरेका छन्। क्याप डी'एग्डमा...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ। मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि रातो ग्रहलाई फोहोर फाल्ने र यसलाई पृथ्वीजस्तै बनाउने प्रयासमा हामी पछि परेका छैनौं। वेस्ट भर्जिनिया युनिभर्सिटीमा रोबोटिक्समा पोस्टडक्टोरल रिसर्च फेलो काग्री किलिकका अनुसार ‘मानिसहरूले गरेको साहसिक रोबोट अन्वेषणले रातो ग्रहमा ७ हजार ११८ दशमलब ६ किलोभन्दा बढी मानव फोहोर छोडिसकेको छ।’ यो अनुमानमा पुग्नको लागि सबै मार्स रोभर र अर्बिटरहरूको द्रव्यमान विश्लेषण गरिएको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका उनले सुतिरहेकी श्रीमतीलाई धेरैपटक चक्कु हानेको द मिररले जनाएको छ। गत अगष्ट ९ तारिखमा यस घटना भएको थियो। ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाएर फरार भएका थिए। एक हप्तापछि उनी गिरफ्तार भएका थिए। बयानका क्रममा उनले आफूले श्रीमतीलाई सपनामा अर्कै केटासँग रमाइरहेको देखेको बताएका थिए। उनीहरुका चार सन्तान छन्। गम्भीर घाइते ती महिलाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

अदालतको फैसला– पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराध

ओटाबा– यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ। सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका, त्यसपछि व्यक्तिगत रूपमा भेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ। नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन्। दुईमध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन्। सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो। प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारको आरोप लगाइएको थियो। कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ।