अन्तर्वार्ता – Page 2 – Janata Live
  • Friday, May 14, 2021

थाङ्का आर्टबाट कमाएको पैसाले मुर्ति स्थापना गरे

सोनाम छिरिङ ह्योल्मो समाज सेवी तथा धर्म गुरू सोनाम छिरिङ ह्योल्मो सन् १९६७ अक्टोबर १८ मा हेलम्बु निङ्गाले ताक्पाखर्कमा जन्मेका हुन् । थाङ्का व्यवसायमा संलग्न उनी समाजसेवामा पनि सक्रिय छन् । गुम्बा निर्माणमा विशेष चासो राख्ने सोनामले थाङ्का आर्टबाट कमाएको ५० प्रतिशत रकम समाजसेवामा खर्चिदै आएका छन् । थाङ्का आर्टकै क्रममा उनले कास्की, गोरखा, पोखरा, चितवन र भारत लगायतका स्थानमा पुगेर काम गरिसकेका छन् । पाँच कक्षासम्मको औपचारिक शिक्षा लिएका उनलाई गाउँलेले खेम्पोका रूपमा चिन्छन् । भुटानका बुर्निस मास्टरसँग समेत काम गरिसकेका सोनाम आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानका साथै सामाजिक कार्यमा पनि लागि पर्ने बताउँछन् । धर्म गुरू सोनामसँग...

३२ देश घुमें, ३० किताब लेखें

उमेरले ६ दशक पार गरिसक्नुभएका हिरण्यलाल श्रेष्ठ अहिले कुनै पार्टीमा हुनुहुन्न । लामो समयसम्म नेकपा एमालेमा रहेर काम गर्नुभएका उहाँ परराष्ट्र मामिलाका जानकार मानिनुहुन्छ । पूर्वराजदूतसमेत रहनुभएका श्रेष्ठसित नेपालको वैदेशिक सम्बन्धको विषयमा गरिएको वार्ता :  मैले राजनीति गर्दा एमाले भन्ने पार्टी जन्मिएको पनि थिएन  निर्मल लामाहरूले वाईसीएलमा रहँदा पिटी सिकाउनुभयो  विदेश विभागमा बस्दा पनि नेताहरूको  भारत भ्रमण पत्रिका पढेर थाहा पाउनुपथ्र्यो  पार्टीभन्दा देश ठूलो हुन्छ, मैले त्यही भनेर नै मत हालेको हुँ हिरण्यलाल श्रेष्ठ परराष्ट्रविद एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हालै चीन र त्यसपछि भारतको भ्रमण गर्नुभयो, यो भ्रमणले के सन्देश दिन्छ ? साँध–सीमा जोडिएको छिमेकी देश चीनमा नयाँ नेतृत्व...

‘राजतन्त्र देशका लागि अपरिहार्य भइसकेको छ’

राजाराम श्रेष्ठ प्रवक्त, राप्रपा नेपाल  उनीहरू पूर्वराजाप्रतिको जनलहर देखेर त्रसित भएको हुनुपर्छ  सयभन्दा बढी जातजाति, भाषाभाषी रहेको यो मुलुकलाई एकताको मालामा उन्न राजतन्त्रले भन्दा अन्य शक्तिले सक्दैन भन्ने त देखि नै सकियो  हाम्रो सबैभन्दा ठूलो चिन्ता र पीडा त यो नेपाल सग्लो हाम्रा पुस्तालाई हस्तान्तरण गर्न सक्छौं कि सक्दैनौँ भन्ने हो  शीर्ष दलका केही नेताले नै अनौपचारिक रूपमा हामीसँगको भेटमा राजतन्त्र फाल्नु गम्भीर भूल भएको स्विकारिसक्नुभएको छ पूर्वराजाले धार्मिक भ्रमण भन्दै देश दौडाहा गरिरहनुभएको छ । धर्मका आडमा कतै राजनीति गर्न खोजेको त होइन ? पछिल्लो समय पूर्वराजाले पश्चिमाञ्चलका विभिन्न जिल्लाका भ्रमण गरिरहनुभएको छ । त्यो...

भाषा संस्कृति लोप हुने मात्रै होइन्, दुई पुस्तापछि उठ्नै नसक्ने गरी थलिन्छ -डा. लाक्पा नोर्बु

वन विज्ञानमा विद्यावारिधि गरेका डा. लाक्पा नोर्बु शेर्पाले जीवनको डेढ दशक वन मन्त्रालयमा ‘जागिरे’ भएर बिताए । १५ वर्षे वन मन्त्रालयको जागिर छाडेर उनी माउन्टेन इन्स्टिच्युटमा आवद्ध भए । यसको अलावा करिब पाँच वर्ष चीनमा रहेर संस्कृति, भाषा, साहित्यको क्षेत्रमै रहेर अनुभव बटुले । सोलुखुम्बुमा सन् १९५६ मा जन्मिएका र जीवनको आधा दशक वातावरण तथा भाषा संरक्षणको क्षेत्रमा बिताएका उनी हाल आदिवासी जनजातिको भाषा, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धन कसरी गर्न सकिन्छ दत्तचित्त छन् । खुम्जुङ एलमुनाई एसोसिएनको दोस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्षसमेत रहेका उनै भाषा तथा संस्कृतिविद् डा. लाक्पा नोर्बुसँग गरेको कुराकानीको सम्पादित अंश : डा. लाक्पा नोर्बु...

‘हाम्रो मुद्दा नसमेटिए देश मुठभेडतिर जान्छ’

नेपालको इतिहासमा प्रथम ऐतिहासिक जनआन्दोलन २०४६ सालको युगान्तकारी परिवर्तनले बहुदलीय प्रजातन्त्रको स्थापनासँगै बहिष्करणमा परेकाहरूको उचित सम्बोधन गर्नुपथ्र्यो तर गरेन । कम्युनिस्ट र कांग्रेसको खोल ओढेर साम्यवाद र समाजवादको गफ हाँके पनि राजासँग जीहजुरी गरेर एकात्मक सत्ताको जुठोपुरो खान तयार भए त्यतिबेलाका महान् क्रान्तिकारी प्रगतिवादीहरू र प्रजातन्त्रवादीहरू । ठीक यसैबेला सङ्घात्मक विचारले लैस भएका मूलआदिवासी पहिचानको झन्डा बोक्न उठेका एक हस्ती हुन् रामकुमार खम्बु । उनी राजनीतिक रूपमा सचेत भएर २०४२ सालमा निम्न माध्यमिक विद्यालयतिर अनेरास्ववियुको प्रारम्भिक कमिटिको अध्यक्ष हुँदै २०४५ साल क्याम्पसमा समेत सदस्य भए । मूल पार्टी तत्कालीन नेकपा मालेको खोटाङ जिल्लाको सावाकटहरी गाउँ विकास समिति सदस्य भए उनी...

माक्र्सवाद र आदिवासीवाद सँगसँगै जान सक्दैन

विद्यार्थी आन्दोलनबाट प्रेरित भएर कम्युनिस्ट राजनीतिमा होमिएका पासाङ शेर्पा ०३६ सालदेखि एमाले राजनीतिमा सक्रिय रहे । तीन दशक एमालेमा रहँदा केन्द्रीय विदेश विभागको सदस्यसम्म भए । एमालेबाट प्रत्यक्ष निर्वाचित सभासदसमेत रहेका उनी आफू कम्युनिस्ट राजनीतिमा आउनुको प्रेरणा भने चित्रगुप्त शाहवालाई दिन्छन् । घरदेखि बाहिरसम्म विद्रोह गरेर कम्युनिस्ट भएको बताउने शेर्पा अहिले भने आफू कम्युनिस्ट नरहेको बताउँछन् । सामाजिक लोकतान्त्रिक पार्टीको कार्यालयमा गफिँदै पासाङले सुनाए, ‘अब कम्युनिस्टको झोला बिसाइयो । कम्युनिस्टले जातियताको मुद्दालाई सम्बोधन गर्नै सक्दैनन् । त्यसैले उत्पीडित र सामाजिक समानताको मुद्दा उठाउँदै म यता आएँ,’ अबको पन्ध्र वर्षभित्र यो मुद्दालाई स्थापित गराई छाड्ने उनको अठोट छ । आदिवासी जनजाति...

सबैले एकै दिन लोसार मनाऔं

खेन्पो ङवाङ वोशेर संस्कृतिविद् दोलखा स्यामामा जन्मिएर वनारसको तिब्बतीयन हाइस्कुलबाट बौद्ध दर्शनमा अचार्यसम्म गरेपछि खेन्पो ङवाङ वोशेर स्वदेश नै फर्किए । २०४३ सालमा उनले आफ्नै गृहजिल्लामा नेपाल बौद्ध विद्यापीठको स्थापना गरे जुन नेपालकै पहिलो लामा भाषाको पाठ्यपुस्तको पढाइ हुने स्कुल थियो । विश्व भाषा क्याम्पसमा करिब सात वर्ष अध्यापनसमेत गरेका उनी यसको अलवा रेडियो नेपालबाट शेर्पा भाषाबाट पहिलोपटक समाचार वाचन गर्नेसमेत पहिलो हुन् । स्थानीय मन्त्रालयअन्तर्गत गुम्बा व्यवस्थापन समितिअन्तर्गत रहेर दुई वर्ष अध्यक्षको जिम्मेवारी सम्हाले । लुम्बिनी विश्वविद्यालयको संस्थापक सदस्यसमेत हुन् उनी । लामो समयसम्म हिमाली बौद्ध परम्परा संरक्षण समितिमा रहेर कामसमेत गरेका उनै खेन्पो ङवाङ वोशेरसँग जनता लाइभले लोसार...

हामीलाई सबै क्षेत्रमा हिस्सा चाहियो

शान्ति जिरेल,अध्यक्ष, राष्ट्रिय अदिवासी जनजाति महिला महासंघ सभासद हुँदै अहिले आदिवासी जनजाति महिला संघको अध्यक्ष बन्नुभयो, कस्तो लागिरहेको छ ? मलाई त फेरि सभासद भएजस्तै लागिरहेको छ । सभासद हु“दा हिजो जुन खालका प्रतिक्रियाहरू आउँथे, अहिले पनि त्यस्तै प्रतिक्रियाहरू आइरहेका छन् । सभासद र अध्यक्ष पदलाई मानिसले विलासितासँग दाँज्ने गरेको पनि मैले पाएँ । हिजो मलाई सभासद भएर पनि गाडी चढ्नुहुन्छ ? भनी प्रश्न गर्थे । अहिले पनि त्यस्तै प्रश्न गर्छन् । म फरक परिवेशबाट आएको मान्छे । म त श्रममा विश्वास गर्छु । म आफैं पनि श्रमिक । त्यसो हुँदा मसँग कहा“बाट गाडी हुनु र । समग्रमा भन्दा, मलाई...

‘माउन्ट एभरेष्ट एक्सपीडिसन कम्युनिटी स्कुल खोल्छु’

कामे मगर, ४२ राजधानीको नारायणटारमा ‘सोलु बालकल्याण अनाथालय संस्था’ खोलेर असहाय बालबालिकालाई संरक्षण दिइरहेका छन् । संरक्षणमात्र होइन्, ती बालबालिकाको शिक्षादीक्षा र लालनपालन पनि सम्हाँल्दै आएका छन् । अहिले उनले १८ जना असहाय बालबालिकाहरु हुर्काइरहेका छन् । यो अभियानलाई अझ विस्तार गर्न र उनीहरुको जीवन यापन थप व्यवस्थित गर्न मगर माउन्ट एभरेष्ट एक्सीडिशन २०१४ का नाममा सगरमाथा आरोहण गर्दैछन् । यिनै विविध विषयमा केन्द्रीत रहेर कामेसँग गरेको कुराकानी : कामे मगर अध्यक्ष, सोलु बालकल्याण अनाथालय संस्था ‘माउन्ट एभरेष्ट एक्सपिडिसन २०१४’ को उद्देश्य के हो ? मैले असहाय बालबालिकाहरुका दुःखहरु राम्रोसँग बुझेको छ । यो नेपालको प्रमुख समस्याका रुपमा देखिदैं आएको...