अन्तर्वार्ता – Janata Live
  • Monday, August 10, 2020

तरकारी र फलफुलबाट कोरोना सरेको रेकर्ड छैन, नष्ट नगरौँ

कोरोना भाइरसको सङ्क्रमण सर्ने डरले पोखरा, अर्घाखाँची, डडेल्धुरालगायत केही ठाउँमा केही दिनअघि तरकारी नष्ट गर्ने काम भयो । ट्रकका ट्रक तरकारीलाई खाल्डो खनेर पुर्ने काममा जनप्रतिनिधिहरु नै सहभागी भए । नेपालबाट उत्पादिन कृषि उपज नष्ट गर्ने काम भए पनि भारतबाट आयातित तरकारी तथा फलफुल भने नेपालका विभिन्न बजारमा निर्वाधरुपमै खपत भइरहेकै छन् । अहिलेसम्म तरकारी, फलफुललगायतबाट कोरोनाको सङ्क्रमण सरेको रेकर्ड नभएकोले तरकारी तथा फलफुल खाडलमा गाड्ने काम गर्नु गलत रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । यसै विषयमा टेकमान शाक्यले जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेसँग कुराकानी गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण सर्ने डरका कारण नेपालका केही ठाउँमा तरकारी तथा फलफुल जनप्रतिनिधिकै...

तिहारपछि औषधि बोकेका ड्रोन गाउँ–गाउँमा पुग्छन् : महावीर पुन

पहाडि क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न विभिन्न कठिनाइ व्यहोर्नुपर्छ । त्यसैले भौगोलिक रुपमा विकट रहेका त्यस्ता स्थानहरुमा औषधि पु-याउन हामीले ड्रोनको परिकल्पना गरेका हौँ । एसियाको नोबेल पुरस्कारको रुपमा हेरिने म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान तथा प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान पु-याएका छन् । उनीसँग मिलेर सयौँ इन्जिनियर नेपाली परिवेश सुहाउँदो आविष्कारमा केन्द्रित छन् । काठमाडौं, चितवन, धरान, जनकपुर र पोखरामा अनुसन्धानको काम भइरहेका छन् । आविष्कार केन्द्रले अहिले कृषि, इन्जिनियरिङ, शिक्षा, बायोमेडिकल, पर्यटनलगायतका १६ क्षेत्रमा अनुसन्धान तथा परीक्षण गरिरहेको छ । यसमध्ये सबैभन्दा महत्वपूर्ण काम मेडिकल ड्रोनको आविष्कार अन्तिम चरणमा पुगेको छ । मेडिकल ड्रोनले...

पर्यटक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ

आङ छिरिङ शेर्पा अध्यक्ष, नेपाल पर्वतारोहण संघ नेपाल पर्यटकीय हिसाबमा विश्वकै उत्कृष्ट गन्तव्यभित्र पर्छ । नेपाल सरकारले उचित पहल गर्न नसक्दा नेपालको पर्यटन विकास हुन सकिरहेको छैन । नेपालको पर्यटन विकासका लागि विभिन्न संघ संस्था पनि खुलेका छन् । नेपालको पर्यटन विकास गरेर देशलाई आर्थिक समृद्ध बनाउने उद्देश्यले खोलिएको संस्था हो नेपाल पर्वतारोहण संघ । यस संस्थाका अध्यक्ष हुन् आङ छिरिङ शेर्पा । उनी ४२ वर्षदेखि निरन्तर रूपमा पर्यटन विकासका क्षेत्रमा लागिरहेका छन् । त्यसमा पनि उनी नेपालका उच्च हिमाली क्षेत्रको विकास र सम्भावनाको खोजीमा लागेको पनि वर्षा भइसकेको छ । ०२६ सालमा सोलुखुम्बुको खुम्जुङमा जन्मिएका शेर्पा विश्व पर्वतारोहण महासंघको...

राजनीतिसँगै व्यवसायमा कुशल कुमार

‘राजनीतिक कुसंस्कार सुधार गर्नु जरुरी छ ।’ राजनीति नितान्त समाज सेवा हो, यसलाई व्यापारका रूपमा लिन हुँदैन भन्ने मान्यता राख्छन्, दोलखाका कुमार अधिकारी । सामाजिक काम गर्न रुचाउने उनी विशेष गरेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहभागी हुँदै आएका छन् । राजनीति, समाज सेवा र व्यवसायलाई एक–अर्काका परिपूरक ठान्ने अधिकारी पछिल्लो समय नेपालको राजनीतिमा कुसंस्कार फैँलिएको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिलाई समाज सेवाका रूपमा लिनुपर्नेमा व्यापार भयो ।’ यसप्रति उनी निकै चिन्तित छन् । भन्छन्, ‘राजनीतिमा कुसंस्कार भित्रियो यसलाई परिवर्तन गर्नु जरुरी छ ।’ जीवनमा विभिन्न संघर्षहरू पार गर्दै उनी अहिले समाजसेवी तथा एक सफल व्यवसायी बन्न पुगेका छन् । युवा...

हामी राइटिस, लेफ्टिस्ट होइनौं, फ्रन्टिस्ट हौं

निमा लामा केन्द्रीय संयोजक, अल्पसंख्यक राष्ट्रिय परिषद् निमा लामा नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय बन्दै आएका छन् । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत सहभागी भएका लामा २०५६ मा नेकपा एमालेमा आवद्ध थिए । तर, त्यसको १ वर्षपछि माओवादीमा प्रवेश गरेका थिए । उनी २०६४ मा ह्योल्मो राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षसमेत भएका थिए । नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद् सदस्य हुन् । उनी नयाँ शक्तिकै अल्पसंख्यक राष्ट्रिय परिषद् केन्द्रीय संयोजक पनि हुन् । प्रस्तुत उनीसँग गरेको कुराकानी : तपाईं नयाँ शक्तिको जिम्मेवार सदस्य हुनुहुन्छ । नेपालको पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अहिले नेपालसामु विभिन्न...

क्रिश्चियनको भीडमा बौद्ध धर्म

आइत लामा एक व्यक्तिको सानो प्रयासले पूरा समाजको मुहार फेर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् आइत लामा । हुन त उनी पढाइ लेखाइमा शून्य नै हुन् । प्रस्टसँग नेपाली भाषासमेत बोल्न जान्दैनथे । तर, पछि शिक्षा लिएर उनी साधारण लेखपढ गर्न सक्ने भएका छन् । उनको एकल प्रयासबाट धादिङ जिल्लाको तिप्लिङमा एउटा विद्यालयको स्थापना भएको छ जहाँ स्थानीय गाउँका बालबालिका निःशुल्क रूपमा पढिरहेका छन् । गाउँमा उनले विद्यालय मात्र खोलेनन, नयाँ कुरा सिक्ने अवसर पाए । हिजो गाउँमा लामाहरूको सक्रियता नहुनु उचित शिक्षाको कमीका कारण गाउँका सबै क्रिश्चियन भएको अवस्थामा आइत लामाको प्रयासबाट अहिले गाउँका केही वडाका मानिसहरू बुद्ध...

संघर्षले बनायो सफल व्यवसायी

कामी शेर्पा पर्यटन व्यवसायी बाल्यकाल सोलुखुम्बु जिल्लाको गोली गाविसमा गोम्बु शेर्पा र दालेकी शेर्पाको कोखबाट कामी शेर्पाको जन्म भएको हो । बुबाको पालमा आर्थिक अवस्था मजबुद भए पनि प्राकृतिक कारण उत्पादन घट्दै जानाले उनको पालामा आर्थिक अवस्था कमजोर हुँदै गयो । हुन त नभएको पनि होइन गाउँको सबैभन्दा ठूलो चौंरी गोठ उनकै घरमा थियो । चौंरी गोठबाटै आर्थिक आम्दानीको स्रोत बनेको थियो । गाउँमा रहेको गेप्चु प्राविबाट उनले औपचारिक शिक्षा सुरु गरे । गेप्चु प्रावि हिलारीले खोलिदिएका हुन् । गाउँमा हिलारी आउँदा कामी शेर्पा सानै थिए । हिलारीले उनलाई माया गरेर गालामा सुमसुम्याउँथे । उक्त विद्यालयमा छत्रवृति भएका कारण कापी...

ह्योल्मो समुदायका महिलाहरूको शिर उच्च राख्ने मिङमर

ह्योल्मो समुदायभित्र सामाजिक काममा महिला सक्रिय देखिँदैनन् । शिक्षा र चेतनामा वृद्धि हुँदै जाँदा पछिल्लो समयमा ह्योल्मो समुदायका महिला पनि समाजिक कार्यमा सक्रिय रहेका छन् । त्यसको दरिलो उदाहरण बनेकी छन् नुवाकोट नेङेम्बाकी मिङमर ओमु ह्योल्मो । सामाजिक काममा एउटा उदाहरणीय पात्रका रूपमा चिनिएकी छन् मिङमर ओमु । आफ्नो पीडा लुकाएर पनि उनले समाजसेवाको काम गरिरहेकी छन् । सामाजिक काममा दत्तचित्त भएर लागेकी छन् । सम्पन्न परिवारमा जन्मेर पनि विपन्नताबाट बाल्यकाल झेल्नुपरेकी मिङमर ओमुले आज नमुना काम गरिरहेकी छन् । बाल्यकाल मिङमर ओमु ह्योल्मो आपूmले बाल्यकालमा निकै दुःख गरेको सुनाउँछिन् । उनी नुवाकोटका भए तापनि उनको बाल्यकाल बौद्ध काठमाडौंमा नै...

थाङ्का आर्टबाट कमाएको पैसाले मुर्ति स्थापना गरे

सोनाम छिरिङ ह्योल्मो समाज सेवी तथा धर्म गुरू सोनाम छिरिङ ह्योल्मो सन् १९६७ अक्टोबर १८ मा हेलम्बु निङ्गाले ताक्पाखर्कमा जन्मेका हुन् । थाङ्का व्यवसायमा संलग्न उनी समाजसेवामा पनि सक्रिय छन् । गुम्बा निर्माणमा विशेष चासो राख्ने सोनामले थाङ्का आर्टबाट कमाएको ५० प्रतिशत रकम समाजसेवामा खर्चिदै आएका छन् । थाङ्का आर्टकै क्रममा उनले कास्की, गोरखा, पोखरा, चितवन र भारत लगायतका स्थानमा पुगेर काम गरिसकेका छन् । पाँच कक्षासम्मको औपचारिक शिक्षा लिएका उनलाई गाउँलेले खेम्पोका रूपमा चिन्छन् । भुटानका बुर्निस मास्टरसँग समेत काम गरिसकेका सोनाम आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानका साथै सामाजिक कार्यमा पनि लागि पर्ने बताउँछन् । धर्म गुरू सोनामसँग...