बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत
दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो। यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन्। एजेन्सी
गायिका सुनारको हत्या आशंका, भेटिएन मोबाइल र पासो लगाएको सल
काठमाडौं– लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आशंका गरिएको छ । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी गायिका सुनारको मोबाइल र पासो लगाएको सल अझै फेला परेको छैन । प्रहरीले उनको आत्महत्या नभई हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । स्थायी घर सुर्खेत भएकी सुनार शनिबार बिहान पौने ११ बजे कोठामा मृत भेटिएकी थिइन् । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न गाह्रो भएको’ भन्दै उनको फेसबुकमा ‘सुसाइड नोट’ आशयको स्टाटस पोस्ट गरिएको थियो । शुक्रबार राति १ बजेर २० मिनेटमा उनको फेसबुकमा स्टाटस लेखेको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शनिबार बिहान ३ बजे आसपासको समयसम्म दिलमायाले प्रयोग...
पल शाहलाई थुनामा राख्न आदेश
पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ । वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् । किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना...
पल शाहविरुद्ध पुनः म्याद थप्ने तयारी
तनहुँ । एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ । पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भइरहेको जानकारी दिए । उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकाका बुवाले जबरजस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैंडाकोटमा अर्को जाहेरी समेत परेको छ । आफूलाई मादक पदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैंडाकोटको...
पल शाह तनहुँबाट पक्राउ
काठमाडौँ — जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले तनुहँबाट पक्राउ गरेको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे । १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा आफूसँग नजिक भएका शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । फेसबुकमार्फत अभिनेता शाहले आफ्नो स्वास्थ्य बिग्रिएको र घर व्यवहार मिलाउनु परेकाले केहि ढिला भएको भन्दै आइतबार आफैं प्रहरी सामु उपस्थित हुने बताएका हुन् । उनले लेखेका छन्‚ ‘मेरो आफ्नो...
राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले ‘शीर उठाएर’ मागे माफी
काठमाडौं– गायक राजेशपायल राईमाथि अमेरिकामा स्टेजमै चढेर दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सँस्कृति अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । जनजाति समुदायमा यसलाई ‘शीर उभाउनी’ भनिन्छ । अमेरिका निवासी ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् । परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन् । अब आगोमाथि घीउ थप्ने काम नगरौं ।’ उनले माफी मागेको तस्बिर सार्बजनिक भएको छ जहाँ दुबै जना खुशी देखिन्छन् । शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत...
अवैध सम्पत्ती लुकाएको आरोप अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो
नयाँ दिल्ली– भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ। भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट इडीले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो। गैरकानुनी ढंगले विदेशमा सम्पत्ती लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो। चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो। तर, उनले केही समय माग गरेकी थिइन्। पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट आईसीआइजेले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो। दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई...
विश्वचर्चित गायिका बिली आइलिस भन्छिन्ः सानैबाट पोर्नको लत लाग्दा दिमाग नष्ट
विश्वचर्चित अमेरिकी गायिका बिली आइलिसले आफूले ११ वर्षको हुँदादेखि पोर्न सामग्री हेर्न थालेको खुलासा गरेकी छिन्। द गार्जियनका अनुसार सिरिअस एक्सएम रेडिओसँग १९ वर्षीया गायिका आइलिसले अश्लील सामग्रीको लतले आफ्नो जीवनमा पारेको नकरात्मक प्रभावबारे खुलेर कुरा गरेकी छिन्। आइलिस यसै शनिबार २० वर्षको हुँदैछिन् र उनले ग्य्रामी अवार्ड पाइसकेकी छिन् जुन विश्व उत्कृष्ट सांगीतिक पुरस्कार हो। उनी भन्छिन्,‘मलाई लाग्छ पोर्न एक अपमान हो। नढाँटी भन्नुपर्दा मैले ११ वर्षको हुँदादेखि पोर्न हेरे। यसले मलाई म पनि उनीहरुजस्तै हुँ कि भन्ने अनुभूति गरायो।’ ‘मलाई लाग्छ पोर्नले मेरो मेरो दिमागलाई साँच्चै नष्ट गर्यो र म अविश्वसनीय रूपमा ध्वस्त भएको महसुस गर्छु कि म...
मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’
मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ। अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो। जितुले पत्रकार सम्मेलन आयोजना गर्दै सो बन्द हुनुमा फुलन्देको आमा अर्थात उमेश राईलाई दोषारोपण गरेका थिए। साथै, उनले कि एडभर्टाइजिङले पनि आफूलाई धोका दिएको बताएका थिए। अब भने उमेश राई र की एजेन्सी मिलेर नयाँ सो संचालन गर्ने भएका हुन्।