स्वास्थ्य/जीवनशैली – Janata Live
  • Tuesday, August 4, 2020

मोटा व्यक्तिका लागि कोरोना संक्रमण थप खतरनाक

एजेन्सी – कोरोना संक्रमणको विषयमा शनिबार संसारभरी यी कुराको चर्चा भएः – बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो । – स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको छ । पछिल्ला केही दिनदेखि केटालोनियामा लगातार संक्रमितको संख्या बढिरहेको छ । स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको बताइएको छ । – भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै छ । पछिल्लो दुई दिनमा भारतमा करिब एक लाख नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कूल संख्या १३ लाख ३६ हजार पुगिसकेको छ जबकि हालसम्म...

लकडाउनमा अनिच्छित गर्भधारण गर्नेको संख्या बढ्यो

काठमाडौं, ७ साउन । ठूला अस्पतालले सेवा नदिंदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो । नेपाल परिवार नियोजन संघका एक्टिङ पोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउँछन् । उनले सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग आएको बताए । कोभिड–१९ लकडाउन गरेसँगै काम गर्ने भनेर सरकारले आरएनएन एसीएच गाइड लाइन निकाल्यो । त्यसमा होमबेस मेडिकल एबोर्सन, टेलिमेडिसिन नीतिमा ल्याएको छ । अहिले लकडाउन खुकुलो भएपछि सेवागांहीको संख्या बढेको उनको भनाइ छ...

यस्ता छन् हाँसोका ८ फाइदा

हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। यस्ता छन् हाँसोले पार्ने सकारात्मक प्रभाव : सम्पूर्ण शरीरलाई आराम दिलाउँछ हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ। प्रतिरोधी क्षमतामा वृद्धि गर्छ तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन। स्वस्थ रहने रसायन बढाउँछ हाँस्ने बानीले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ। मुटुको रक्षा...

बच्चालाई स्तनपान गराउने ५ वैज्ञानिक आसन र ध्यान दिनुपर्ने ११ कुरा

आमा र बच्चाको सम्बन्ध गर्भावस्थादेखि नै हुन्छ। शिशुको बाँच्ने र स्वस्थ रहने सम्भावना बच्चा गर्भमा रहेदेखि नै बच्चा र आमालाइ गरिने स्याहार र आहारमा भर पर्छ। नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति ज्यादै न्युन हुन्छ। आमाको दुधमा ल्याक्टोफोर्मिन, कार्बोहाइड्रेट, मिनरल्स, हर्मोन्स, एन्टिबायोटिक्स तथा लिम्फोसाइट्स पाइन्छ जसले बच्चामा रोग प्रतिरोधक क्षमता बढाउँछ। त्यसैले जन्मेदेखि नै आमाको पोसिलो दुध बच्चालाइ खुवाउनुपर्छ। स्तनपानका क्रममा गरिने सानातिना गल्तिले बच्चामा ठूलै संक्रमण हुनसक्छ। स्तनपान गराउने आसन नमिल्दा तथा स्तनपान गराउन नजान्दा कहिलेकाहीँ दूध सर्किएर बच्चाको मृत्युसम्म पनि हुनसक्छ। त्यसैले स्तनपान गराउने आमाले थुप्रै कुरामा ध्यान पुर्‍याउनुपर्छ। बच्चालाइ स्तनपान गराउदा निम्न वैज्ञानिक आसनहरु अवलम्बन गर्न सकिन्छ :...

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न

काठमाडौं, २ साउन । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । कार्यक्रमको दिगोपनाका लागि सरकारले जोखिम पहिचान गर्न नसक्दा बिमित भएकामध्ये नवीकरण गर्नेको संख्या उल्लेखनीय हुन नसक्दा स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न उठेको हो । सेवाग्राहीबाट लिएको बिमा शुल्कले उपचार खर्च धान्न नसकेको पनि देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २८ लाख ८६ हजार २ सय ५० जना बिमित भएका छन् । यस्तै, ७७ वटै जिल्लामै सेवा विस्तार गर्ने लक्ष्य राखी ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएकामा ४६ जिल्लामा लागु भएको छ । बाँकी ३१ जिल्लामा कार्यक्रम लागु...

यस कारण टोक्नु हुँदैन नङ ?

बिबिसी– सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया/कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्। करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय...

यी खानेकुरा खानुहोस् बोसो कम गर्न !

बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः –बोक्रा नताछेको हाडेबदाम –फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार –अण्डा –स्ट्रबेरी, ब्लुबेरीलगायत फल –सोयाबिन तेलमा पकाएको तरकारी –मासुको सट्टा माछा –चिया, कफी आदिको सट्टा ग्रिन टी –रातो खुर्सानी –हरियो सागसब्जी –कोसे तरकारी –उसिना चामलको भात

कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुटकारा मिल्छ।

सिजन आँपको छ। आँपलाई स्वादका निम्ति खानेकै सँख्या ठूलो छ। यो फलको राजामाथि गरिएको ठूलो अन्याय हो। यसलाई घरेलु ओखतीका रुपमा पनि प्रयोग गर्न सकिन्छ। धेरैलाई आँपले यी बिरामको ओखतीको काम गर्ने कुरा थाहा नहुन सक्छ ! – बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक खान दिनुहोस्। यसले पेटको किरा पनि मर्छ। – सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुहोस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ। – मधुमेहमा आँपको पातलाई छायाँमा सुकाएर चूर्ण बनाउनुहोस्। यसलाई ५–५ ग्रामको मात्रामा बिहान, बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो...

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री

काठमाडौं, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । पछिल्ला दिनमा नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रबार मात्रै ७ सय ४० संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो हो । तर, मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन योजना नबनाएको...