सम्पादकीय – Janata Live
  • Saturday, April 1, 2023

शीतयुद्द ब्लकको प्रचण्ड अभिव्यक्ति बेला न कुबेला भेनेजुयला

दोस्रो विश्वयुद्दपछि विकास भएको परराष्ट्र विज्ञानको दार्शनिक सिद्धान्त अमेरिकी नेतृत्वको डेमोक्रेटिक ब्लक र तत्कालीन सोभितायज्ड कम्युनिस्ट ब्लक हो । यी दुवै ब्लकको पक्षमा नखुलेका देशहरूले असंलग्न परराष्ट्र नीतिगत ब्लक बनाए । नेपाल दोस्रो विश्वयुद्दमा सहभागी थिएन । तर, त्रिभुवनले बेलायतलाई बेचेका नेपाली भने बेलायती सेनामा संलग्न भएर जापन विरुद्ध दोस्रो विश्वयुद्दमा थिए । सन् १९३९ मा जर्मन तानाशाहले पोल्याण्डमाथि आक्रमण गरेपछि यूरोपमा दोस्रो विश्वयुद्द शुरुआत हुन्छ । जापनले चीनको दुईतिहाइ भूभागमा जापन समर्थित सरकार निर्माण गरेका थिए । अमेरिका, बेलायत र सोभियत संघका संयुक्त फौजले जापनलाई तहसनहस बनाएर चीन स्वतन्त्र हुन्छन् । यसैलाई एसियाली विश्वयुद्द भनेका थिए । तर, सोभितायज्ड...