अर्थ/वाणिज्य – Janata Live
  • Wednesday, October 28, 2020

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार पनि छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकोको स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदीको भाउ तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ, २७ असोज । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०१ रुपैयाँ र...

राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ। खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ।यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ ।

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँ बढेको छ। आज ९५ हजार १०० मा कारोबार भइरहेको छ ।त्यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर एक हजार २३५ मा कोरोबार भइरहेको महासंघले जनाएको छ ।

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

काठमाडौं । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो । पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए। लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो...

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य

काठमाडौं । कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको छ। गत वर्ष तेस्रो चौमासिक तिर मात्र ऋण उठाइएको थियो। भदौ मसान्तसम्म राजस्वसहितको आम्दानी १ खर्ब १६ अर्ब र खर्च ७० अर्ब भएकाले सरकार ४६ अर्ब रुपैयाँ नगद बचतमा थियो। तर, असोजका २३ दिनमै थप ९५ अर्ब रुपैयाँ खर्च भए पछि सरकारको नगद पुरै रित्तिएको हो। असोज २३ मा आइपुग्दा राजस्वसहितको कुल आम्दानी एक खर्ब ६५ अर्ब ७२ करोड भएको छ भने खर्च एक खर्व ६५ अर्ब ८३...

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ । रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९ जना...

बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं, २३ असोज । शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलाको ९४ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार ९३ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।