समाज – Janata Live
  • Saturday, April 1, 2023

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको सोमबार बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । यस्तो छ भाइटीकाको उत्तम साइतको तालिका -:

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने सबै काम पूरा भएपछि अहिले सुनको जलप भर्ने र अन्तिम स्वरूपमा ढाल्ने काम भइरहेको छ । बौद्ध दर्शन र तन्त्रसँग सम्बन्धित चित्रले विशेषत: शून्यताको बोध गराउँदै समग्र ब्रह्माण्डलाई शून्यवादमा ढालेर प्रतीकात्मक अर्थ दिन्छ, पञ्च बुद्धसहित चक्रसंवर र बीचमा बज्रबाराहीको संयोजन चित्रमा देख्न सकिन्छ काठमाडौँ — स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा चिकित्सकहरूको विशेष निगरानीमा उपचाररत छन् । यता जोशीले इच्छाएको रूपमा बनाइँदै गरेको चक्रसंवर पौभाचित्र अभिलेखन कार्य तीव्र रूपमा चलिरहेको छ । कलाकार...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् । उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ । जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ । यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो — Girish Giri (@Birgunj) October 16, 2022

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ । भिक्षु फूर्वाको गल्ती नभइ अरुले गरेको भन्ने मेरुना मगरले थाहा पाए पछि रुँदै मेरो लाइफ ड्यामेज हुन्छ, त्यही भएर तपाईंको गल्ती हो भनि भिक्षुलाई स्विकार्न लगाएको देखियो। सत्य हो भने मेरुनाले त्यस्तो भनेको सुनेका प्रतक्ष्यदर्सीहरुले भिक्षुको...

नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं– कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो। आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए। प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार कार्यालयले ३ हजार धराैटीमा रिहा गर्न आदेश दिएको हो। लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मगरले प्रहरीमा उजुरी दिएकी थिइन्।

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी एक मात्र आरोही हुन् । सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामीरिता पनि सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी पोहोर पनि सगरमाथाको चुचुरोमा जान लागेका थिए तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्किएका थिए । शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढेका कामीरिताले थुप्रै कीर्तिमान बनाएका छन् । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक...

रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो । उक्त मूर्तिको बिहीबार उद्‍घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका(६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो...

भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

काठमाडौं– फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल ललितपुरको पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई बालिका बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट बनाएर ती नाबालिकासँग निकटता बढाए र भिडियो कल गर्न लगाउँदै संवदेनशील अङ्ग देखाउन लगाए । त्यसपछि त्यही भिडियो रेकर्ड गरेर बालिकासँग यौन सम्पर्कका लागि ‘बार्गेनिङ’ गर्न थाले । अन्यथा भिडियो सार्वजनिक गरिदिने धम्की दिन थाले । पीडित बालिकाले बताएअनुसार यस क्रममा श्रेष्ठले गत पुस २७ गते राति ८ बजेतिर...