फिचर – Janata Live
  • Wednesday, October 28, 2020

म भित्र दुःखका काँडाहरू थुप्रै छन् जसले घोचेर म पटक–पटक रोएकी छु : हिमानी शाह

भनिमण्डल चोकबाट जाउलाखेलतिर लाग्नेबित्तिकै डिएनएन न्यूज नेटवर्कको बोर्ड देखिन्छ । बोर्ड टाँगिएकै तलामा अफिस हो,’ मैले उनको सहयोगीलाई ठेगाना टिपाएको थिएँ । उनी भनेको समयभन्दा पाँच मिनेट अगाडि नै आइपुगिन् ।उनलाई गेटबाटै ‘फलो’ गर्न मैले फोटोपत्रकार बिजु महर्जनलाई भनिसकेको थिएँ । उनी लेन्स मिलाउँदै हत्तपत्त तल ओर्लिन् । एक तलामाथिबाट मैले हेर्दा उनी गाडीबाट ओर्लिंदै थिइन् । उनको आँखा बोर्डसँगै ममा पर्यो । मैले नमस्कार गरेँ, उनले नमस्कार फर्काउँदै आफ्नो ‘सिग्नेचर’ मुस्कान मुस्कुराइन् । सहयोगीलाई मैले माथि आउन इशारा गरेँ । ‘रातोपाटी गेस्टरूममा स्वागत छ,’ म अलि औपचारिक हुँदै उनलाई सोफामा बस्न भनेँ । ‘धन्यवाद’, उनले रातोपाटी गेस्टरूम लेखिएको भित्तो...

अविराम प्रेमकी पर्याय मोमिला

कविताझैँ सुन्दर छिन् मोमिला । उनको सुन्दरताको बयान कविताको बजारमा उस्तै चलिरहन्छ । सुन्दरता सबैलाई मन पर्छ । तर कस्तो पुरुषमा सुन्दरता देख्छिन त ? उनलाई पुरुषको केले आकर्षण गर्छ ? पुरुषको संरचना उनका लागि जहिल्यै आकर्षण हुन्छ त ? तर कुन कोणबाट ? हरेक महिलाभित्र एउटा लोग्नेमान्छे हुन्छ । उनीभित्र कस्तो लोग्नेमान्छे छ, जसको कारणले तीनपटकसम्म सुसाइट गर्न खोजिन् । उनको बैंसालु उमेरमा भेटिएको लोग्नेमान्छेले सिकाएको प्रेमले नै आज मोमिला प्रेमिल छिन् । उमेरले ‘हाफ सेन्चुरी’ हान्यो तर मोमिला अहिले पनि प्रेममा छिन् । ‘डेटिङ’ जान्छिन् ।  तर अहिलेका तन्नेरीहरूझैं होइन । उनीहरू १३ वर्षदेखि सँगै काम गर्छन् ।...

एक वर्षका तैमूर जिमखानामा ?

एक वर्षकै बालक जिमखाना जान्छ भन्दा अपत्यारिलो लाग्ला । तर सैफअलि खान र करिना कपूर खानका एक वर्षिय छोरा तैमूर जिमखाना जान्छन् । पहिलोपल्ट देख्ने मान्छेले उनी आमा करिना कपूर खानसँग आएको ठान्छन् । तर, वास्तविकता भने हाम्रो आम बुझाइभन्दा फरक छ । एक वर्ष भर्खरै पार गरेका तैमूर आफैमा फिट रहन जिमखाना जान थालेका हुन् । गत आइतबार पश्चिम मुम्बईमा उनी कुनै जिमखानाबाहिर देखिए । जिमखानाबाहिर नैनीसँगको उनको तस्बिर एकाएक भाइरल भयो । सबैको चासोको विषय भने अर्कै थियो । यति सानो फुच्चेका लागि पनि जिमखाना हुन्छ भन्ने सवाल उठ्यो । हुन पनि हो जो आफैँ उभिन पनि सक्दैनन्,...

प्रेमको मूल तत्व यौन

स्कुलमा लेखेको एउटा प्रेमपत्रको रिप्लाई क्याम्पस पढ्दा आउँछ । एउटा प्रेमिल मान्छेका लागि त्यो समय कति कष्टकर थियो होला ? समय कसरी बित्यो होला ? त्यो पत्रको जवाफ आउँदा कति आनन्द भयो होला । र प्रेम स्वीकारियो कि अस्वीकारियो । जब आफूले चाहेको मान्छेको रिप्लाई ढिलो आउँछ र त्यो पनि स्वीकार हुँदैन भने त्यो प्रेमीको मनमा के गुज्रिन्छ होला ? यस्तै काण्डमा मिसिएका थिए आहुति । आहुतिसँग गरिएको प्रेम–संवाद : ‘सबैभन्दा सुन्दर उनी नै लाग्थ्यो । बौद्धिकताको सुन्दरता र बाहिरी सुन्दरता दुबै थियो’, लेखक तथा विश्लेषक आहुति हाँस्दै भन्छन्, ‘उनी नेवार परिवारकी थिइन् । मलाई सबैथोक मन प¥यो । मैले...

‘सिन्दुर भर्न देऊ’

आखिर मलाई झुक्याएर अर्कैसँग चली ! हजुर मान्छे रैछ छली, यो चर्चित गीत वि.सं. २०७१ बाट गल्लीगल्लीमा गुञ्जिएको सुन्न पाइन्छ । यो गीत प्रकाश तिम्सिनाले गाएका हुन् । उनी पनि मेनुकाजस्तै दृष्टिविहिन छन् । नेपाली गीतसंगीत क्षेत्रमा आएका नवप्रतिभामध्ये प्रकाश सम्भावना बोकेका प्रतिभा मानिन्छन् । प्रिय तिम्रो सिँउदोमा, आखिर मलाई झुक्याएरजस्ता प्रकाशका गीत आम स्रोतादर्शकले गुनगुनाउँदै हिँडे पनि गायक ‘वाच’ गरका छैनन् । उखान छ हिन्दीमा, ‘आम खाओ पेड मत गिनो ।’ यस्तै पारा छ उनको । प्रकाशको प्रतिभाको अलग पाटो पनि छ । उनी चिनिया, जापानी, कोरियन, हिन्दी, अंग्रेजी, बंगाली र नेपालीलगायत भाषामा गीत गाउन सक्छन् । कर्ली कपाल...

विश्वप्रसिद्ध दृष्टिविहिन संगीत साधक

संगीत क्षेत्र भनेको नयाँ सिर्जना र कलाको क्षेत्र हो । समाजले अपांग र सबलांगमा भिन्नता गरे पनि कलाको क्षेत्रमा अपांगहरू पनि कम छैनन् । यस्ता सर्जकहरू साँच्चै नै सम्माननीय हुन्छन् । केन मेडेमाः सन् १९४३ डिसेम्बर ७ मा जन्मेका केन मेडेमाले ४० वर्षसम्म युके, युरोप र क्यानाडाजस्ता देशमा सांगीतिक प्रदर्शनी गर्दै आएका छन् । जन्मेको अवस्थादेखि नै आंशिक दृष्टिविहिन थिए । ८ वर्षको उमेरमा उनले क्लासिकल म्युजिक क्लास लिएका थिए । उक्त म्युजिक उनले बे्रल लिपिको आधारमा सिकेका थिए । २५ वर्षको उमेरमा भने उनले मिसिगन स्टेट युनिभर्सिटी लनसिङमा म्युजिक थेरापीको अध्ययन गरे । उनले त्यहाँ पियानो बजाउन सिके ।...

‘पेन फ्रेन्ड’

आवाज...... यो बेसार हो...... आवाज...... यो चिनी हो...... तपाईंलाई आश्र्चय लाग्न सक्छ, यो आवाज मेसिनको हो भन्ने सुन्दा । हो, यो आवाज मेसिनकै हो । जसलाई ‘पेन फ्रेन्ड’ भनिन्छ । तर, यो ‘पेन फ्रेन्ड’ पुरानो जमानाको हुलाकबाट पठाइने पत्र मित्रता होइन । यो एक किसिमको उपकरण अर्थात् ‘मेसिन’ हो । यस मेसिनमा आवाज रेर्कड गरिएको हुन्छ । आखिर किन गरिएको होला यो रेर्कड ? यो रेर्कड आमाले आफ्नी छोरीलाई भान्छाको कामको सिकाउनको लागेकी गरिएको होइन । ‘पेन फ्रेन्ड’ एक यस्तो उपकरण हुन्छ, जसलाई जुनै पनि सामानको माथिबाट स्पर्श गराउँदा उक्त वस्तुको नाम भन्ने गर्छ । तर, यसका लागि पहिले ती...

आधा शताब्दिः उही तेज

वि.सं. २०३२ सालमा पुष्पलालहरूसँग छुट्टिएर मदन भण्डारी, जिवराज आश्रितलगायत नेताहरू फर्किए । जेवीले तिनै नेताहरूले बनारसबाट ल्याएको कोसेलीबापत् केही पुस्तक प्राप्त गरे । जसमा एउटा सानो ‘चरी भरर’ भन्ने पुस्तक थियो । उनी सुनाउँछन्, ‘त्यस पुस्तकभित्र मोदनाथ प्रश्रितलगायत थुप्रै लेखकका रचना थिए । त्यहाँभित्र एकदेव ज्ञवालीको एउटा कविता मलाई साह्रै मन प¥यो । मैले गुनगुनाएँ ।’ उमेरले वृद्ध भत्ता ताक्ने बेला भइसकेका एकजना बूढा भलाद्मी कोट पाइन्ट र ढाका टोपी लगाएर स्टेजमा उक्लन्छन् । कद मध्यम छ । पारा भने फुुर्तिलो छ । उनले संम्बोधन गर्न थालेपछि अगाडि आएका मान्छे आपसमा मुखामुख गर्छन् । उनको आवाजको शक्तिले धेरै मान्छेलाई प्रभाबित...

हन्डर र ठक्करले खारिएका पाल्देन

जीवनमा सफलता अनायास, कुनै जादू जसरी प्राप्त हुँदैन । कैयौं हन्डर र ठक्कर खाएकाहरूले नै कुनै दिन सफलताको शिखर चुम्न सक्छन् र उनीहरूले नै जीवनलाई राम्रोसित बुझेका हुन्छन् । टुप्पाबाट पलाएकाहरूको के कुरा गर्नु ? उनको जीवन कथा सुन्दै गर्दा अनायासै यो पंक्तिकारको आँखा रसाए । उनले कति ठाउँमा ठक्कर खाए, कति हन्डर र चोट खाए त्यो त बेहिसाब छ । ‘समस्यामा जुध्ने मेरो बानी नै भइसक्यो ।’ बौद्धको एक रेष्टुरेन्टमा कफीको चुस्कीसँग गफिँदै उनले सुनाए । सायद समस्या छ र नै म छु । समस्या नै नहुँदो हो त आज मेरो परिचय कसरी बन्थ्यो ? प्रश्नसूचक नजर मैतिर पो...