प्रेरक प्रसंग – Page 9 – Janata Live
  • Sunday, August 14, 2022

दुपट्टा

म अत्तालिँदै कुद्दै घरबाट निस्केँ, आमाका लागि औषधि लिन । हतारमा न गोडामा चप्पल थियो न शिरमा दुपट्टा (घुम्टी वा पछ्यौराझैँ शिर ढाक्नका लागि मुसलमान महिलाहरूले प्रयोग गर्ने वस्त्र) । मनमा एउटै कुरो मात्र थियो, खोकीले ग्रस्त आमाको दुर्दशा । अघि त खोक्दाखोक्दै आमाको प्राणै जालाजस्तो भएको थियो । त्यसैले म अत्तालिँदै निस्केँ । अत्यास र हतारमा चप्पलमा गोडा घुसार्ने होस पनि रहेन, शिरमा दुपट्टा हाल्न पनि भ्याइनँछु । भाइबहिनीहरू आमाका वरिपरि चिन्तातुर र निन्याउरो मुद्रामा बसेका थिए । सहायताका लागि गुहार्ने ठाउँ पनि कतै थिएन । हामी यति गरीब थियौँ कि डाक्टर– वैद्य घरमा बोलाउन सक्ने सामथ्र्य थिएन ।...

टिस्टाजस्तै आदर्श र सिर्जनात्मक जीवन

चार वर्षपछि म त्यो घटनाको अर्थ बुझिरहेछु । तिनीहरूले पकाएको खीर हाम्रो ‘जीवन’ जस्तो रहेछ: जीवनलाई यसरी यो बाँच्नुपर्ने, जीवनलाई उसरी यो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै–थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीरजस्तो भइरहन्छ । जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्य जस्तो मात्र थियो । जीवन के टिस्टा जस्तो नहोला जुन जहाँ जसरी बगे पनि आदर्श नै छ ? (कथास्था, खीर) इन्द्रबहादुर राई अब कृतिमा मात्रै बाँचेका छन् । उनी लेख्थे तर उनका बारे लेख्न त्यति सजिलो छैन । उनको जीवनी मात्र लेखे पनि प्रेरक छ...

बाँकी छ विचारको यात्रापथ

मेरो जन्ममिति बालासन नदीको पुलमा गएर हेर्नू । आफ्नो जन्ममितिका बारेमा उहाँले कतै लेख्नुभएको छ । पछि एकपल्ट हामीले सोध्दा पनि जन्ममितिको बारेमा स्पष्ट भन्नुभएको थिएन । यो कुरा त्यस्तो खासै विशेष कुरा त होइन तर हरेक कुरालाई विशेष प्रकारको बनाएर भन्ने उहाँको आफ्नै प्रकारको शैली थियो । कुनै कुरालाई हेर्ने उहाँको दृष्टि नै असामान्य लाग्थ्यो मलाई । हामी जुनै कुरालाई पनि जति सजिलो पाराले बुझेको ठान्थ्यौं, आइबी सरको नजरमा त्यो त्यति सजिलो हुँदै थियो । सामान्य कुरामा पनि असामान्य तत्वहरू भेट्थे उहाँका आँखाले । एकपल्ट एउटा अन्तर्वार्तामा उत्तरआधुनिकताबारे कुरा गर्दै गर्दा कुनै नामको के अर्थ हुन्छ भन्ने सिलसिलामा भन्नुभएको...

संसार छाडेर जान रहेछौं

केही दिनअघि श्रद्धेय साहित्यकार-चिन्तक इन्द्र बहादुर राईको भौतिक देहले लोकबाट बिदा लियो । राजनैतिक पक्षपातका आँखाबाट नहेरी मूल्यांकन गर्ने हो भने नेपाली साहित्य÷चिन्तनमा वहाँको जत्तिको उचाइ वर्तमान साहित्यमा सायदै अन्य स्रष्टाको छ । प्राय वर्षमा एकपटक म वहाँलाई भेट्न पुगिरहेकै हुन्थेँ । प्रत्येक भेटमा केही जिज्ञासु मन र केही नयाँ बौद्धिक चिन्तन बाँडिरहनुहुन्थ्यो । निकटताले होला, धेरैपछि कसैको भौतिक देहको अन्त्यले मलाई निक्कै विक्षिप्त बनाएको छ । तत्काल यो वियोगको समयावधिमा वहाँमाथि गम्भीर भएर लेख्ने सामथ्र्य राख्दिनँ । म मात्र सतही रूपमा वहाँसँगका केही शब्दस्मृतिहरू यहाँहरूसमक्ष बाँड्न चाहन्छु । १) नेपालीभाषी भूटानी शरणार्थीको कथावस्तुमा आधारित चलचित्र देश खोज्दै जाँदा निर्माणको...

इन्द्रबहादुर राई दिमागमा लुखुर–लुखुर

एक रास लुगा उनले धुनलाई अह्राएकी छन् । बेलुकीको खान खाइसकेपछि उनले मायालु भाकामा भनिन्, ‘नानु त्यति लुगा फाटो धोएर मात्र सुत्नुहोस् है ।’ म यता सिरियाको युद्धलाई लिएर धेरै दिनदेखि विचलित पनि छु । प्रतिरोधमा युद्ध र कविता गर्ने सनक  चलेर राजालाई यसपालीको पन्ध्रौं कफी कविता सिरियाको युद्धमा बेकसुर मारिएकाहरूको पक्षमा गरौं भनें, मनोजलाई काफरे अमेरिकामाथि चर्चा गरौं भनें । यता एल. बी. बस्नेतको कथा संग्रह फाइनल गरेर प्रेसमा झट्टै पुर्याउनुपर्ने भूमिका लेखेकै छैन  । चकमन्न छ रात । कता कता कुकुरहरू भुकिरहेको । चिसो हल्का हावा बग्दै गरेको आभाष पनि गर्दैछु । कम्प्युटरअघि लाटकोसेरोजस्तो बसेर किबोर्डको टाउकोमा पटकपटक...

लीला नै सम्पूर्णताको एक रूप हो

वि. सं. १९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको गड्तिरमा जन्मनुभएका श्री इन्द्रबहादुर राईले आफ्नो जीवनका बहुमुल्य समय नेपाली भाषा र साहित्यको उत्थानमै खर्च गर्नुभयो । साहित्यका गद्यविधा कथा, उपन्यास, निबन्ध, समालोचना आदि सबैमा उहाँको कलम निख्खर पाइन्छ । उहाँले २०३४ सालमा ‘नेपाली उपन्यासका आधारहरू’ नामक समालोचानात्मक लेखसंग्रहका लागि भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको थियो । शारदा, खोजी आदि पत्रिकाबाट प्रभावित भई साहित्य लेखनमा लाग्नुभएका राईज्यू आफ्ना परिवारलाई पनि लेख्ने प्रेरणा मान्नुहुन्थ्यो । नेपाली भाषालाई भारतमा दार्जिलिङको सरकारी भाषाको रूपमा मान्यता दिलाउने आन्दोलनमा उहाँको भूमिका निकै सक्रिय रहेको पाइन्छ । वि.सं. २०२२ सालमा उहाँको संस्थापक अध्यक्षतामा नेपाली साहित्य...

बिनाकारण केही नहुनु भौतिक सत्यता

म ता रूखदेखि खसेको थिएँ, बाबुले भन्नुभएको । मेरो एउटा भाइलाई बाबुले खोलामा पाएर ल्याउनुभएको रहेछ । अर्काे भाइ जोगीले दिइराखेको र बहिनीलाई बादरले ला“दै गरेकोबाट आमाले खोसेर ल्याउनुभएको रहेछ आफ्नो आगमनको यस्तो वृतान्त र इतिहासहरू सुनेर सानामा हामी दुखित पनि हुन्थ्यौं, फेरि अविश्वासको मीठो आशा मनमा लाग्थ्यो र चकित र विस्मित बन्थ्यौं । हाम्रो संसारमा दिनहुँ नयाँ शिशुहरू त्यसरी आइरहेका थिए, संयोग र एक एकवटा कथा पारेर । बिना कथा केही नहुनु कल्पना हो, बिनाकारण केही नहुनु भौतिक सत्यता.... ‘... ...जन्मनुभन्दा पूर्व म सूर्यको स्वर्ण किरणमा उडेको थिएँ, वायुको प्रबलतासँग पौडेको थिएँ, वृष्टिरेखाको धेरै माथि—माथि बही हिँडेको थिएँ ।...

प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका पहाडभरि छरिएका नेपालीहरूका दैनन्दिन दुःख र पीडाका कारुणिक यथार्थहरूलाई आख्यानको माध्यमबाट सतहमा ल्याइदियो । बालासन, छोटा रंगीत, टिस्टा, कालिम्पोङ र गान्तोक जोड्ने साँघुरो सडक, चियाकमान र त्यहाँ उम्रिएका असङ्ख्य दुःखका कारुणिक कथा, आम मान्छेका सपना र विसंगत जिन्दगी, र तल मैदानमा सुतेको बेखबर प्रशासन । यी ती चित्रविम्ब हुन्, जसको योगले हाम्रो सचेत मस्तिष्कमा इन्द्रबहादुर राई नाम गरेको एउटा विशाल गन्धमादन पर्वतको...

इन्द्रबहादुर राईको दुई शब्द, छुट्दा छुट्दै वैरागी काँइलालाई …

मलाई माफ गर काइला ! पहाडहरू ब्यूँझिएर रातैभरी सकिनँ निदाउन र आखिरी निन्द्रा जीवनको अब यहीं ओछ्यानलाई छोडेर जाँदैछु ... ताराहरू सुँकसुँकाएर उसैगरी सकिन नरूनँ र अन्तिम थोपा आँसु यो आँखाको अब यहीं सिरानीमा सिउरेर जाँदैछु ... एकैछिन के निदाएथेँ सपनामा – हान्यो नछुङ्ले कचुर र ‘ऐया’ भन्दै मुटुमा हात राखेर घोप्टो परेँ म ‘ताओ ! ताओ !, रोगो ! रोगो !’ चोखो पानी अच्याउँदै सातो बोलाउँदा तोकायाले न खचिया न सोलैम्मा न रिसिया न थान थपना ... हेर्दाहेर्दै नछुङ त भए सिकारी चरा पो र भुरुरु वेग हानेर उडिगए हिमाल पारि काँइला ! मलाई एक टक हेरिरहने त्यो निलो...