जिउँदो मान्छेको करामत र यमराज
एकदिन यमराजले मर्त्यलोकमा घुम्दै गर्दा एउटा हात्तीलाई एउटा दुब्लो पातलो मरन्च्याँसे माहुतेले हातमा एउटा मसिनो लट्ठीको भरमा तह लगाइरहेको देखेछन्। हात्ती एकान्तमा भएको मौकामा यमराजले हात्तीसित भनेछन्- “गजराज, यत्रो विशाल र शक्तिशाली भइकन पनि यस्तो फिस्टे मान्छेको वशमा किन पर्छौरु यस्ता भुसुनालाई पनि ठेगान लाउन सक्दैनौ ?” हात्तीले जवाफ दिएछन्- “मानिसको जात मापाको ज्याद्रो पो हुन्छ त यमराज, तिमी यमलोकमा मरेको मानिससँग संगत गर्छौ अनि के थाहा पाउछौ र ? कुनै दिन जिउँदो मानिसको फेला पर्यो भने थाहा पाउँछौ !” यति भनी हात्ती फेरि माहुतेको डरले माहुते भएतिर गयो भने यमराज चाहिं गम खाँदै यमलोक फर्कियो। यमलोक पुगेपछि यमराजले जिउँदो...
[मैथिली लोक कथा] गोनु झाका पाँच कथाहरू
गोनु झालाई तर्क, बुद्धि एवं धुत्र्याइँले जित्न साह्रै मुस्किल थियो । गोनु झा चतु¥याइँ, न्याय र वाक्पटुतामा निपुण थिए । उनका गुणहरूको कदर त्यतिबेलाका राजा पनि गर्दथे र उनी प्रतिष्ठित व्यक्तिहरूमध्ये गनिन्थे । त्यसो त गोनु झाका बारेमा रमाइला र घतलाग्दा थुप्रै कथाहरू छन् । तापनि उनका बठ्याइँ देखिने केही कथा यहाँ प्रस्तुत गरिएको छ । ‘गोनु झा र आकासे दरबार’ आफ्नो देशमा के–कस्ता विद्वान छन् र भनी पहिचान गर्न राजाको मनमा इच्छा लाग्यो । उनले सबैभन्दा विद्वान व्यक्तिको पहिचानपश्चात् राज्य सञ्चालनमा पनि सहज हुने ठानी झ्याली पिटाउन लगाए । जसका फलस्वरूप बुद्धिमानी पनि कहलिने र मन्त्रीसमेत हुन पाइने आशामा...
बी.पी. को सम्पूर्ण पक्षको आधार जनता
बी.पी. कोइराला देश र जनताको हितमा आफूलाई सधैं समर्पित गरेर, अनेक दुःख–कष्ट र ठूला–ठूला जोखिमको अगाडि आफूलाई होमिदिने एक राजनेता । उहाँले जनतालाई अग्रगामी परिवर्तनको वाहकको रुपमा अघि सर्न हमेशा प्रेरणा गरिरहनु भयो । उहाँ एक चिन्तक, मनोविश्लेषक, विचारक र एक साहित्यकार । साहित्यमा उहाँको एक बेग्लै र अति विशिष्ट योगदान रहेको छ । मान्छेको बाहिरी तहलाई मात्र होइन, उभित्र छरिएर रहेका आरोह–अवरोह तथा त्यससित जेलिएका यावत पक्षलाई विश्लेषण गरेर, तिनीहरुलाई बी.पी. ले नेपाली साहित्यमा प्रवेश गराउनु भयो । उहाँले मान्छेको भित्र–भित्रसम्म पुगेर उसको अन्तरमनको उद्वेलन, द्वन्द्व, हर्ष, विस्मात, उसका— सुख–दुःखलाई सुक्ष्म रुपले हेर्नु भयो । उभित्र विभिन्न आकृति लिएर...
एक अज्ञात कविको सपना
मैले यस्तो कुनै ऐना देखेको छैन जसले सूर्यको प्रकाशलाई च्याप्प समातेर रातीको लागि घाम साँचेर राखिदेओस् मैले कुनै चराको गुँडमा भकारी देखेको छैन जसले महिनौं दिनका लागि चारो साँचेर राखोस् धन्यवाद छ तिनीहरूलाई जसले मलाई कार्टुन बनाएर हाँसे र जन्मिएको हो मभित्र कवि बन्ने सपना दुर्भाग्य जब कवि गोष्ठीबाट साँझ घर फर्किन्छु भुइँमा पछारिन्छ रित्तो थाल टङरङ टुङरुङ बज्छ कसौंडी चिसो खरानी काखमा राखेर टुलुटुलु हेर्छ अगेनो र डालो टक्टकाउँदै भन्छिन् श्रीमती कवि ज्यु ! तपाईं त कविताले अघाउनुभयो होला खै के दिउँ म भोकले विलौना गर्दै गरेका यी केटाकेटीहरुलाई ? ठिकै छ तपाईं त मरेपछि पनि बाँच्नुहोला तर म...
अँध्यारोमाथि उभिएर
अचानक कुनै डरबिना मेरो हातले चकचक गर्न थाल्यो । उनले कुनै प्रतिक्रिया जनाइनन् । एकछिनपछि उनले नजर उठाएर हेरिन् मलाई । डरले हात एकछिन रोकियो । हेरेँ, अनौठो तरिकाले कामिरहेको थियो उनको पातलो ओठ । मैले कुनै घमण्डी अपराधीलेझैँ एकोहोरो हेरिरहेँ उनको आँखामा । हेरिरहन सकिनँ । आँखा सुस्तरी बन्द गरिन् । बन्द गरेँ मैले पनि त्यसरी नै । परेलाको फेदमा बसेको त्यो गाजल ! जो कुनै दासले मालिकको घरमा गाडेको कालो झण्डाको आकारजस्तो छ । पोखिएर कुनै कुरूप सभ्यता तहसनहस बनाउन तयार मडारिइरहेको कालो बादलजस्तो पनि छ । या प्रेमीले कोरेको लक्ष्मण रेखाजस्तो पनि छ जुन रेखा क्रस गरेर कोही...
लोभको साँध
एकादेशमा एउटा गाउँमा ९० वर्ष काटिसकेका दुई बूढाबूढी थिए । उनीहरू साह्रै गरीब थिए । एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो, ‘हेर बूढी ! मलाई साहै्र सेल खान मन लाग्यो । तँ गाउँमा गएर चामल मागेर लेरा । म बजारमा गएर तेल मागेर ल्याउँछु । अनि हामी सेल पकाएर खाउँला।’ यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो । दुवैले अलि–अलि तेल र चामल मागेर ल्याए । सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली । जम्मा पाँच वटा सेल पाकेछ । त्यसपछि बूढोले भन्यो, ‘हेर बूढी...
[कथा] र वास्तवमा…
‘सर, तपाईंले जान्नुभएन ।’ सुरेन्द्र सरलाई भुवनले भन्यो । सुरेन्द्र सर उसको गाडीमा चढेका थिए । आफ्नो बारेमा यस्तो टिप्पणी एक्कासि सुनेका सुरेन्द्रले मसिनो स्वरमा जवाफ दिए, ‘होला !’ उनी गाडी चलाइरहेको भुवनतिर हेरिरहेका थिए । भुवनले सुरेन्द्रको घरतिर जाने मोडमा गाडी घुमाएर अलिकता स्पिड बढायो । मंसिर अन्तिमको त्यो साँझ निकै चिसो भइसकेको थियो । अँध्यारो चिर्दै गाडी अगाडि बढ्यो । सुरेन्द्रको घरछेउ पुग्न लाग्दा भुवनले फेरि समीक्षा ग¥यो, ‘सर, तपाईंले लाउनुभएको पोहोरको खेती पनि काम लागेन...। त्यसमाथि खडेरी प¥यो । सुरेन्द्र सरले सुनिरहे । केही बोलेनन् । घरको आँगनमा गाडी रोक्दै भुवनले सल्लाह दियो, ‘छोड्दिनुस् सर, बुढेसकालमा यो...
दिनहुँ खुकुरी हानाहान हुन्थ्यो
मान्छेले आफ्नै कर्मले जीवनको गोरेटो तय गर्छ भन्नेहरूको कमी छैन । मान्छेले गीतामा समेत भनेको कुरा विश्वास नगरून् पनि कसरी ? अग्रजले भनेका कुरा नमाने ‘सोसाइटी’मै नपरिने खतरा पनि हुन्छ । त्यही सोसाइटीले मान्छेलाई असल र खराब भनेर कित्ताकाट गरिदिएको छ । अनि असलको कित्तामा नपरेका मान्छेले कुनै एकान्तमा फालिएको ‘कवाडी’ को नियति बाँच्नुपरेको पनि हुन्छ यदाकदा । किन यदाकदा मात्रै ? प्रायः असल हुन नपएका मान्छेलाई एकाएक खराब बनाइदिन्छ हाम्रो समाजले । यसरी नै मिल्काइएका र जबरजस्ती खराब ठह¥याइएका पात्रमध्ये एक हुन्, सम्राट सिंह । एक दिनअघि उनलाई फोन गरेको थिएँ । फोनमा उनको स्वर निकै मोटो सुनिन्थ्यो ।...
सि रि या
जब बारुदको ओछ्यानमा बन्दुकसँग सुत्छ बादशाह देश कसरी स्वर्ग रहन्छ ? जब नानीहरू उज्यालो खस्ने आकाशबाट बम खस्ने भयले शिर उठाएर आकाश हेर्न डराउँछन्, जब नानीहरू फाटेको घरको भित्ताबाट गोली छिर्ने चिन्ताले घरको आँगन हेर्न डराउँछन् देश कसरी स्वर्ग रहन्छ ? कसरी स्वर्ग रहन्छ देश जब कोही बच्चा स्कुल जाँदाजाँदै उसको सबैभन्दा प्रिय भर, बाको औँला छुट्छ ? जब कोही नानी अनुहारमा रगतले कोरिदिएको पेन्टिङ लिएर भग्नावशेष गल्लीमा एकोहोरो रोइरहेको भेटिन्छ जब बमले उडाएको आफ्नै आमाको हात चपाइँदै भोक मेटिरहेको हुन्छ कोही अबोध बालक या कोही बचेरा डढेको कपाल र फुटेको नाथ्री समाउँदै जब लुगलुग काँप्दै बसिरहेको हुन्छ एम्बुलेन्समा वा...