प्रेरक प्रसंग – Page 7 – Janata Live
  • Sunday, August 14, 2022

जीवनका सुन्दर ११ भनाईहरू

१. जिन्दगीमा कहिले पनि कसैलाई वेकार नसम्झिनु किनकी बन्द भएको घडीले पनि २ पटक सही समय बताउँने गर्छ । २.सम्बन्ध जतिनै खराब किन न होस् त्यसलाई तोडने नगर्नु किनकी पानी जति नै धमिलो भएपनि त्यसले प्यास नबुझाउला तर आगो अबश्य बुझाउन सक्छ । ३. सजिलै पाएको सफल्ता लामो समयसम्म टिक्दैन र लामो समयसम्म टिक्ने सफल्ता सजिलै पाइँदैन । ४. जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नु बरु तपाइँ आफैँ राम्रो बन्ने कोशिस गर्नु सायर तपाइँलाई पाएर कसैको खोज पो पुरा हुन्छ कि । ५. पैसाले सधै एउटै भाषा बोल्ने गर्छ आज तिमीले मलाई बचायउ भने भोली म तिमीलाई बचाउने छु । ६....

शान्ति शर्माको “बार्दलीमा जून” लोकार्पण कार्यक्रम सम्पन्न

काठमाडौं । सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह 'बार्दलीमा जून' भव्य समारोहका बीच लोकार्पण गरियो । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने, रमेश पौडेल, वियोगी बुढाथोकी, प्रोल्लास सिन्धुलीय, नन्दकृष्ण जोशी, वशिष्ठ अधिकारी, कलानिधि दाहाल, नन्दु उप्रेती, विजयध्वज थापा, सुनिल अधिकारी लगायत थुप्रै साहित्यकार एवं साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साहित्यले मानवमा सकारात्मक उर्जा भर्नु...

पैसाको बोझ !

हाम्रो जीवन यस्तै एउटा महासागर हो र हामी यसका यात्री । यो यात्रामा कहाँनिर पुग्दा के हुने हो ? हामी कसैलाई पनि थाहा हुँदैन ।  यो कथा कुनै एकादेशको हो । जुन मैले धेरै पहिले नै सुनेको थिएँ । तर यसले दिनखोजेको सन्देश भने हामी सबैका लागि अझै पनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्र पारी थियो । उनी ब्यापारको क्रममा दिनहुँजसो डुंङ्गा चढेर ओहोर दोहोर गर्थे । उनलाई राम्ररी डुंङ्गा खियाउन (चलाउन) आउँदैनथ्यो । न त पौडिन नै सक्थे । उनी यति ब्यस्त थिए कि उनलाई पौडिन सिक्ने समय थिएन...

साहित्यमा विलाप

उनको जीवनको इनिङ रोचक छ । स्ट्राइकमा छन्, त्यो पनि नाबाद (नटआउट) १०० मा । उनी महाकाव्य विमोचन गर्ने बेलामा सेञ्चुरी पु¥याएर अविस्मरणीय बनाउने सुरमा छन् । उमेरको सेन्चुरी पूरा गर्न जिन्दगीको ब्याट उचालिरहेकै अवस्थामा अस्वस्थताको झड्काले कतै जीवनको स्टम्प ढल्ने त हैन ? उनलाई अक्सर चिन्ता लागिरहन्छ । उनी कम सुन्छन् । पहिलेजस्तो आँखाले मान्छे ठम्याउन सक्दैनन् । पहिलाजति पढ्न सक्दैनन् । लेखिरहन सकस भए पनि लेख्न छोडेका छैनन् । उनको मुहारमा नेपाली साहित्यप्रति चिन्ता उत्तिकै छ । आफ्नो लेखन र रुटिनप्रति उनी भन्छन्, ‘समस्या उमेरको हुँदो रैछ । एउटा सम्झँदै गयो, बीचमा श्रृंखला टुटिदिन्छ । ऊबेलामा एउटै प्रवाहमा अघि...

अक्षरमा आँसुको रङ

बिहान कलिलो घामले फूल र पातमा थपक्क बसेका शीतका थोपामा लेखेका अक्षर साहित्यका स्वर्ण अक्षरजस्तो लाग्छन् । त्यसैले पानी नभएको जमिन, शीत नपर्ने साँझ–बिहान, बादल नभएको आकाश र करुणा नभएको साहित्य उस्तैउस्तै लाग्छ । आँसु साहित्य करोडौँ कस्तूरीमा लेखेको थिएँ– शोकले रुनु, भोकले रुनु, दुःखले रुनु, बाआमाको गाली या पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथा–कविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ, जुन मैले पहिलोपटक महसुस गर्दै थिएँ । ती फरकफरक आँसुलाई पनि रगतलाई झैँ परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र केके देखिन्थ्यो होला ? आज यही साहित्यको संवेदनाले पग्लिएर बग्ने आँसुलाई परीक्षण गर्ने प्रयास गर्दै छु ।...

लोभी स्याल

एकजना भैरव नाम गरेको शिकारी थियो । एकदिन धनु–बाण लिएर शिकारको खोजीमा वनमा पस्यो । त्यहाँ उसले एउटा मृग मा-यो । त्यो मृग काँधमा हालेर फर्कन लाग्दा बाटामा एउटा भयंकर बँदेल देख्यो । मृगलाई भुइँमा राख्यो र बँदेललाई ताकेर बाण हान्यो । बँदेल बाणले लागे पनि खुत्रुक्कै मरेन । घाइते मात्र भयो । अनि बाणका चोटले बौलाएर शिकारीमाथि जाइलाग्यो । बँदेलको भीषण प्रहारले शिकारी ठहरै मरिहाल्यो । साथै बँदेल पनि घुर्लुप्प भइहाल्यो । ती दुई छटपटाइरहेका थिए । आहाराको खोजीमा निस्केको एउटा सर्प पनि त्यहीँ कच्याककुचुक्क भएर म-यो । एउटा कति दिनदेखिको भोको स्याल पनि आहारको खोजीमा घुम्दै फिर्दै त्यहाँ...

विश्वप्रसिद्ध दृष्टिविहिन संगीत साधक

संगीत क्षेत्र भनेको नयाँ सिर्जना र कलाको क्षेत्र हो । समाजले अपांग र सबलांगमा भिन्नता गरे पनि कलाको क्षेत्रमा अपांगहरू पनि कम छैनन् । यस्ता सर्जकहरू साँच्चै नै सम्माननीय हुन्छन् । केन मेडेमाः सन् १९४३ डिसेम्बर ७ मा जन्मेका केन मेडेमाले ४० वर्षसम्म युके, युरोप र क्यानाडाजस्ता देशमा सांगीतिक प्रदर्शनी गर्दै आएका छन् । जन्मेको अवस्थादेखि नै आंशिक दृष्टिविहिन थिए । ८ वर्षको उमेरमा उनले क्लासिकल म्युजिक क्लास लिएका थिए । उक्त म्युजिक उनले बे्रल लिपिको आधारमा सिकेका थिए । २५ वर्षको उमेरमा भने उनले मिसिगन स्टेट युनिभर्सिटी लनसिङमा म्युजिक थेरापीको अध्ययन गरे । उनले त्यहाँ पियानो बजाउन सिके ।...

कसरी छुटे पिल्मोस् र नाम्लुवास् ?

केही वर्षको पिल्मो बसाइँपछि थोपका सन्तानहरू सात्दी र देनाम गाउँतिर गएर बसोबास गर्न थाले । सात्दी र देनाम अहिले बुङ गाविसमा पर्दछ । सात्दी गाउँमा मरण भएमा पिल्मोबाट मृत्यु संस्कार गर्ने मान्छे लिएर आउनुपथ्र्यो र पिल्मोमा तोष गर्नुपरेमा सात्दीबाट नोक्छो बोलाउनुपथ्र्यो । –केडी रेम्निसिङ धेरै वर्षपहिलेको कुरा हो, हुंगुखोला किनारतिर किराँत वंशको एक समुदाय बसोबास गर्ने गथ्र्यो । उनीहरू जंगली जीवनबाट कृषि युगतिर विकसित हुँदै गइरहेका थिए । तथापि उनीहरू जंगली जनावरको शिकार गर्ने र त्यसको मासु खाने चालचलन भने कायमै थियो । यो किराँती वंशको समुदायभित्र पनि वंशजीय रूपले फरकफरक वंशका समूह थियो । ती समूहमध्ये खप्दुलुका सन्तानहरू हालको...

हेत्छाकुप्पा

किरात लोककथा शंकलक : शरण राई टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर खुवाई भाईलाई तायामा र खियामाले हुर्काइ रहेका थिए । त्यो थाहा पाएर चाक्लुङ्धिमाले खोक्ली साक्कीलाई पाताल भसाई । गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तीतो बनाई । त्यसपछि दिदीहरूले ऐसेलुको रस ल्याएर भाईलाई दिन थाले तर त्यसले भाई बाँच्न नसक्ने भयो । दिदीहरू बुचुकुलकुमा लोहोरो उसिनी राखेर खानेकुरा खोज्न ठाढा गए । हेछाकुप्पा खाने कुरा पाक्दै...