प्रेरक प्रसंग – Page 4 – Janata Live
  • Sunday, June 26, 2022

जति कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ —गौतम बुद्ध

केही शक्तिशाली भनाइहरु 1. भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ । 2. कमाउनुस्…कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन । 3. जुन व्यक्तीले लोभ गर्न छोड्छ,उसको प्रसंसा पनी सकीन्छ । 4. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन 5. कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन । 6. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडे पनि उठ्छ 7. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् । 8. खाली खडा भएर पानी हेर्दैमा, तपाई...

जीवन के हो ? मृत्युपछिकाे यात्रा के हुन्छ ? बुद्ध यसो भन्छन्…

एकपटक गौतम बुद्ध आफ्ना शिष्यका साथ संवादमा व्यस्त थिए । उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए । बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि भन्नुभएको छैन । उनको जिज्ञासा सुनेर बुद्ध मुसुक्क हाँसेर गम्भीरतापूर्वक उनले भने– हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि भनेको छैन । ठिकै छ आज म तिमीहरूलाई यसबारे भन्नेछु । तर, यसबारे भन्नुअघि तिमीहरू मेरो एउटा प्रश्नको जवाफ देओ । उनका...

आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर —गौतम बुद्ध

भगवान गौतम बुद्धका उद्गारहरू Gautam Buddha's Quotations in Nepali १. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । २. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर । ३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ । ४. हामी जे सोच्दछौ उँही बन्दछौ । ५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ । ६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ । ७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर । ८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ । ९. यदी विद्यार्थी...

तपाईंको योग्यताको कदर नहुनुमा दोष कस्को ? तपाईंको कि अरुको ? बुद्धले यसो भनेका छन्, पढ्नुहोस्

बुद्धका एकजना किशोर नाम गरेका चेला थिए । उनलाई सँधै आफ्नो जीवन सुखी र आनन्दमय बनाउँने भन्ने चिन्ता हुन्थ्यो । बुद्धको निकट रहेर पनि उनमा समाधान नभएका प्रश्नहरुको चाङ हुन्थ्यो । बुद्धले कोशिस नगरेका होइनन् । बुद्धले आफ्नो लागि आफै ज्ञानको खोजी गर नभनेका होइनन् । तर, किशोरले सम्झे पो । एकदिन तिनै किशोरले बुद्धलाई भनेछन्, “गुरुज्यु ! ममा केहि क्षमता वा योग्यता नभएको होइन तर मानिसहरुबाट कदर हुन सकेन । मलाई यहि कारणले मेरो मनमा सँधैको असन्तुष्टी कायम रहिरह्यो ।” बुद्धले सुनिरहे मात्रै । केहि जवाफ दिएनन् । केहि दिन बिते । बुद्धले किशोरलाई निकट बोलाएर एउटा चम्किलो ढुंगो...

गौतम बुद्धका अमर वाणीहरू

१. जागा व्यत्तिको रात लामो हुन्छ । थाकेकाको लागि बाटो लामो हुन्छ र धर्म नजान्ने व्यत्तिका लागि जीवन नै लामो हुन्छ । २. व्यक्तिले प्रेमले क्रोधलाई, सदाचारले पापलाई, दानले लोभलाई र सत्यले मिथ्या भाषणलाई जित्न सक्छ । ३. जहाँ प्रेम छ त्यहीँ जीवन छ । जहाँ घृणा छ त्यहाँ विनाश छ । ४. त्यो वीर होइन जसले हजारौँलाई जित्दछ, त्यो वीर हो जसले मनलाई जित्दछ । ५. सत्य बोल्नको लागि असत्यको त्याग गर्नुपर्दछ । ६. अर्काका कमी कमजोरीलाई नहेर । तिनका कर्म अकर्म नहेर । आफ्नै कमीकमजोरी र आफ्नै काम कर्मलाई हेर । ७. जसमा सत्य छ, शील छ, करुणा...

गौतम बुद्धका १२ उपदेश

विश्वलाई नै शान्ति र अहिंसाको पाठ पढाउने भगवान गौतम बुद्ध धर्र्मका संस्थापक हुनुहुन्छ । भगवान गौतम बुद्धले दिनुभएका उपदेश विश्वका मानिसका लागि अमूल्य वस्तुका रुपमा रहेको छ । गौतमबुद्धका महत्वपूर्ण १२ उपदेशहरू १. भगवान गौतम बुद्ध भन्नुहुन्छ बितेको कुराहरूतर्फ ध्यान नदेऊ, भविष्यका बारेमा पनि धेरै चिन्ता नगर, आफ्नो मनलाई वर्तमान समयमै केन्द्रित गर । २. जसलाई जानीजानी झुटो बोल्न लाज हुँदैन, उसले जस्तासुकै पाप कर्म पनि गर्न सक्छ त्यसैले तिमी ख्यालठट्टामा पनि झुटो बोल्दिनँ भन्ने प्रतिज्ञा गर । ३. संसारका मानिस पनि विचित्रका छन्, उनीहरू अनेक सम्प्रदायिक विचारमा विभाजित भएर अनेक प्रकारका प्रमाण पेश गर्दै सत्य र असत्य दुवैलाई प्रमाणित...

जागृत मानव

बुद्धलाई कसैले आएर सोध्यो - के तपाई भगवान् हुनुहुन्छ ? बुद्धले भने - अहँ, होइन । के तपाई देवदूत हुनुहुन्छ ? बुद्धले फेरि भने - अहँ, होइन । बुद्धलाई कसैले आएर सोध्यो - के तपाई भगवान् हुनुहुन्छ ? बुद्धले भने - अहँ, होइन । के तपाई देवदूत हुनुहुन्छ ? बुद्धले फेरि भने - अहँ, होइन । उसले फेरि सोध्यो - के तपाई ईश्वर-पुत्र हुनुहुन्छ ? बुद्धले फेरि भने - अहँ, होइन । उसले प्रश्न गर्दै गयो - के तपाई अवतार हुनुहुन्छ ? बुद्धले पुनः टाउको हल्लाउदै दोहोर्याए - बिल्कुल होइन । अन्त्यमा उसले सोध्यो - तपाई को हुनुहुन्छ त ?...

बुद्ध र रिसाहा पुरुष

एकपटक गौतम बुद्ध एउटा गाउँमा प्रवचन दिइरहेका थिए । प्रवचनका क्रममा उनले भने- हरेक मानिसले धर्तीमाताजत्तिकै सहनशील तथा क्षमाशील हुन सक्नुपर्छ । क्रोध यस्तो दावानल हो, जसका कारण क्रोधितले अरूलाई त जलाउँछ नै, साथसाथै स्वयं पनि जल्छ । सबैजना शान्तिपूर्वक बुद्धवाणी सुनिरहेका थिए । तर, एकजना रिसाहा व्यक्तिलाई भने बुद्धका हरेक वाणी बेकारका लागिरहेका थिए । सुन्दासुन्दा सहन नसकेर उनी जुरुक्क उठे र बुद्धलाई सम्बोधन गर्दै भने- बुद्ध ! तिमी पाखण्डी हौ । हावादारी कुरा सुनाएर मानिसलाई दिग्भ्रमित गर्दै छौ । उनका यस्ता कटु वचन सुनेर पनि बुद्ध शान्त रहे । उनी न दुःखी भए, न कुनै प्रतिक्रिया नै जनाए...

गौतम बुद्धका सुखी बन्ने सूत्र !

बौद्ध धर्मका संस्थापक महामानव गौतब बुद्धको जीवनका थुप्रै प्रेरक प्रसंगहरु छन् । उनका विचारहरुमा सुखी जीवनका अनेक सूत्र लुकेका छन् । यो प्रसंगमा गौतम बुद्धले कोही व्यक्तिले हामीलाई अपमान गरेको खण्डमा हामीले कस्ता कुरा याद राख्ने भनेर सिकाएका छन् । प्रचलित कथा अनुसार भगवान बुद्ध कुनै गाउँमा उपदेश दिँदै थिए । उपदेशमा एक रिसाहा स्वभावका व्यक्ति पनि उनको कुरा सुन्दै बसिरहेका थिए । ति व्यक्तिलाई बुद्धको कुरा मन परेन र उनी अचानक उठेर बुद्धलाई पाखण्डी भन्न थाले । उनले रिसाउँदै बुद्धलाई पाखण्डी भने। ठूलाठूला कुरा गर्नु नै तिम्रो काम हो भनेर गाली गरे । ति व्यक्तिले बुद्धलाई मानिसलाई भ्रममा पारिरहेको...