प्रेरक प्रसंग – Page 10 – Janata Live
  • Sunday, June 26, 2022

महाख्यान ! तिम्रो अन्त्य स्वीकार्य छैन

तिमी बसेको भूगोल, बिहान उठ्नेबित्तिकै तिमीले टेक्ने धर्ती, रीति, तिमीले सपनादेखि खाट र यहाँ म बसेको भूगोल, बिहान उठ्नेबित्तिकै मैले टेक्ने धर्ती अनि, मैले दिनभरिको लखतरान शरीरलाई बिसाउने खाट कहाँ एउटै थिए र ? राजनीतिक भूगोलले तिमी पारि थियौ; म वारि । तिम्रो भाषामा तिमी वारि थियौ म पारि । हो, तिमी र म भिन्नाभिन्नै भूगोल नागरिकता ओढेर आफ्नो परिचय पत्र तेस्याइरहेका थियौं । तिमी महान् उचाइको सगरमाथा थियौ, म थिएँ तिम्रा लागि एउटा लिलिपुट; तर तिमी मेरो आस्थाको धरोहर ! तिमीभित्रको सगरमाथाअगाडि नाम्चे बजार भएर उभिएको मैले तिम्रो त्यो विराटताको आंकलन कति नै पो गर्न सक्छु र ? साँच्चै...