प्रवास – Janata Live
  • Monday, August 10, 2020

अब विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकको उद्धारको बाटो खुलेको हो । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सोबारेमा पनि जानकारी गराए । उनले गत सोमबार बसेका मन्त्रिपरिषद्को निर्णयको बारेमा सार्वजनिक गरेका हुन् । सरकारको निर्णयमा एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिक स्वदेश फर्काउँदा शतप्रतिशत खर्च वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट...

वैदेशिक रोजगारीका नाममा नौ महिनामा ५४ करोड ठगी

काठमाडौं – वैदेशिक रोजगारीका नाममा चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ५४ करोड रुपैयाँ ठगी भएको छ। ठगी रोक्न सरकारले सक्रियता बढाएको दावी गरे पनि ठगी रोकिएको छैन। ठगी गर्नेमा दलालभन्दा म्यानपावर व्यवसायी अत्यधिक छन्। वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर व्यवसायी (संस्थागत) तर्फ २९ करोड २६ लाख ४४ हजार रुपैयाँ ठगी भएको छ। दलाल (व्यक्तिगत) तर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ ठगी भएको छ। एक हजार दुई सय ४१ जनाले विभिन्न बहानामा म्यानपावर तथा व्यक्तिगत रूपमा ठगी भएको भन्दै विभागमा उजुरी दिएका हुन्। यसमध्ये म्यानपावरतर्फ नौ सय चार वटा र व्यक्तिगततर्फ तीन सय ३७ वटा उजुरी परेको छ। चालू...

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौं, २७ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताए । उनले भने, निर्देशिका तयार गरी अन्तिम स्वीकृतिका लागि अघिल्लो पटक नै मन्त्रिपरिषद्मा पेस भइसकेको छ, अब बस्ने मन्त्रिपरिषद्बाट स्वीकृत हुन्छ र स्वीकृत हुने बित्तिकै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर स्वदेश फर्काउन सुरु गर्छौं । मन्त्री यादवले विदेशमा विभिन्न कारणले जेलमा परी अप्ठ्यारोमा परेका नागरिकको...

अष्ट्रेलियामा ठगी आरोपमा नेपाली युवक–युवती पक्राउ

काठमाडौं– अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो । तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनले प्रहरीलाई यसबारे...

नेपालीको उद्धार हुने २५ गन्तव्यको हवाई भाडा निर्धारण, खाडीका लागि कम्तिमा ६० हजार

काठमाडौँ –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ। मन्त्री योगेश भट्टराईसहितको बुधबार विभिन्न २५ गन्तव्यका लागि भाडातर तोकेको हो। सरकारले विमान चार्टर्ड गरि उद्धार गर्ने तयारी गरेको छ, जसको भाडा यात्रु स्वयमले तिर्नुपर्ने छ। साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ। यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच...

म्यानमार र दुवईले समस्यामा परेका नेपालीलाई आफै ल्याइदियो, सरकारको प्रक्रिया भने अलपत्र

काठमाडौं, २७ जेठ । विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ । म्यानमार र दुवईबाट नेपाली फर्काइएपछि अब प्रक्रिया शुरु भएछ भनेर ढुक्क बनेका विदेशमा रहेका नेपाली अहिले सरकार फेरि चुप लागेपछि निरास बनेका छन् । म्यानमार र दुवई सरकार आफैले केहि नेपाली नेपाल ल्याई दिएपछि नेपाल सरकारले अरु नेपाली ल्याउनका लागि तदारुकता दिएको छैन । एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स ९युएई० र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन। कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन् । अहिले संकलित...

फर्किन थाले विदेशमा रहेका नेपाली, कसको खर्चमा आए म्यानमार र दुवईबाट ?

काठमाडौं, २४ जेठ । लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । युएईबाट एयर अरेबियाको जहाज चार्टर गरेर एक सय ६९ जना नेपाली स्वदेश आइपुगेका छन् भने म्यानमारबाट एयरफोर्सको विमानले २६ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिएको हो । आफ्ना ४१ नागरिक लिन आएको म्यानमार एयरफोर्सको विमानले नेपाली ल्याइदिएको हो । एयर अरेबिया जहाजमा युएई सरकारले निःशुल्क चार्टर गरेर पठाउने भनेर प्रचार गरिए पनि अन्तिम समयमा कामदारले नै भाडा दिनुपर्ने प्रस्ताव आएको थियो । नेपाली दूतावासले निःशुल्क नेपाल ल्याउने कामदारको सूचीसमेत तयार पारेको थियो । तर, युएई सरकारले भाडा व्योहोर्न नसक्ने जनाउ दिएपछि...

दूतावासको सूची एउटा तर उडे अर्कै, एजेन्ट हाबी !

काठमाडौँ, २४ जेठ । संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा पठाउने सूचीमा राखेको थियो । जहाजको शुल्क नलाग्ने पनि दूतावासले बताएको थियो । त्यसको एकाध घण्टापछि उनलाई एयर अरेबियाका लागि टिकट बेच्ने एजेन्टको फोन आयो । उसले शुक्रबार स्थानीय समयअनुसार बिहान ११:२० बजे उडान रहेको भन्दै तुरुन्तै अल अन्सारी एक्सचेन्जमा गएर पैसा जम्मा गर्न भन्यो । दूतावासले भनेको उडान समय साँझ ६:३० थियो । एजेन्टले रिनालाई मात्रै होइन, दूतावासको सूचीमा परेका धैरेसँग सम्पर्क गरेको थियो । दूतावासले नेपाल पठाउन निश्चित भएको...

हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेध

काठमाडौं – सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ । मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको...