पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार ७८८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएकोमा ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
कम्पनीले कात्तिक २५ गतेबाट कात्तिक २९ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५६ लाख ६ हजार ३९० कित्ता आइपिओ निष्कासन गरेको थियो।
जसमध्ये २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो।
बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणमा बिक्रीमा आएको हो।
लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।
साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।