अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा – Janata Live
  • Saturday, April 1, 2023

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

  • जनता लाइभ
  • कार्तिक २९, २०७९

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए।

तुफान रोकिएपछि घर बाहिर निस्किँदा चारै तिर माछा रहेका थिए। त्यसपछि सहरको आधिकारिक फेसबुक पेजमा यस दुर्लभ घटनालाई विज्ञानले ‘एनिमल रेन’ भएको बताइएको छ।

एनिमल रेन भनेको आकाशबाट जीव खस्नु हो। यो अवस्था ताल अथवा झिल जस्ता स्थानका कुनै भागमा उथलपुथल हुँदा हुन्छ। अंग्रेजीमा यसलाई वाटर स्पाउट्स भनिन्छ। यो चक्रावतका कारण समुन्द्रको एक भागमा रहेको पानीका साथै साना जीवका तथा माछाहरू बाहिर आएका थिए।

चक्रावत शक्तिशाली बन्दा उसले त्यहाँ रहेका साना जीवहरूलाई आफूसँगै लपेटेर बाहिर फालेको थियो। तुफान कमजोर हुँदा हावामा रहेका माछा जमिनमा खसेका बताइएको छ। त्यो दृश्यलाई हेर्दा आकासबाट माछाको वर्षा भइरहे झैँ लाग्थ्यो।

यो घटना गत बुधबार भएको थियो। द टेक्सरकाना गजट अखबारमा छापिएको समाचार अनुसार ठूला माछा ७ देखि ७ इन्चसम्म लामा थिए। ती माछाको टाउको फुटेको थियो। यसले उनीहरू निकै माथिबाट खसेको पाइएको समाचारमा उल्लेख छ। केही मानिसले ती माछालाई संकलन गरेर घर लगेको बताइएको छ।

यस्तै प्रकारको घटना १८६१ मा सिंगापुरमा पनि भएको थियो। त्यहाँ लगातार तीन दिन माछाको वर्षा भएको थियो। र, १७९४ मा फ्रान्सको लिली सहरमा पनि भ्यागुताको ठूलो वर्षा भएको थियो।

Loading...
Loading...
Loading...