यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला – Janata Live
  • Saturday, April 1, 2023

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

  • जनता लाइभ
  • कार्तिक ०१, २०७९

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औँला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

Loading...
Loading...
Loading...