जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा – Janata Live
  • Friday, December 2, 2022

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

  • जनता लाइभ
  • असोज ३१, २०७९

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

उनले बिदा दिइने दिनबारे भने खुलाएनन् । जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ । यसअघि, आजै प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको सम्झनामा सरकारले योजना बनाएर काम गर्ने बताएका थिए ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...