सपनामा अर्कै केटासँग श्रीमती देखेपछि… – Janata Live
  • Saturday, April 1, 2023

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

  • जनता लाइभ
  • असोज २७, २०७९

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्।

सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका उनले सुतिरहेकी श्रीमतीलाई धेरैपटक चक्कु हानेको द मिररले जनाएको छ।

गत अगष्ट ९ तारिखमा यस घटना भएको थियो। ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाएर फरार भएका थिए।

एक हप्तापछि उनी गिरफ्तार भएका थिए। बयानका क्रममा उनले आफूले श्रीमतीलाई सपनामा अर्कै केटासँग रमाइरहेको देखेको बताएका थिए।

उनीहरुका चार सन्तान छन्। गम्भीर घाइते ती महिलाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ।

Loading...
Loading...
Loading...