राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान – Janata Live
  • Saturday, April 1, 2023

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

  • जनता लाइभ
  • असोज २७, २०७९

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसै गरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।

उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिन समेत माग गरिएको छ ।

Loading...
Loading...
Loading...