नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत – Janata Live
  • Sunday, August 14, 2022

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

  • जनता लाइभ
  • साउन ०८, २०७९

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं– प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार बहुप्रतिक्षित सो विधेयकलाई पारित गरेको थियो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसंगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । सङ्घको स्थापनाकालदेखि नै गैरआवासीय नेपाली सङ्घले प्रवासी नेपालीहरूसँग रहेको सीप, स्रोत र पूँजी नेपालको हित र उन्नतिमा परिचालन गर्न जोड दिँदै आएको स्मरण गरे । उनले भने “विधेयक कार्यान्वयनमा आएपछि दोस्रो पुस्ता समेत नेपालसँग कसिलो गरेर जोडिने छन् ।”

अध्यक्ष आचार्यले प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्न योगदान गर्ने सम्पूर्ण सांसद, राजनीतिक दलका नेता, कानुनविद्, सञ्चारमाध्यमलगायत सङ्घका सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिए ।

यसैगरी सङ्घका अर्का अध्यक्ष रविना थापाले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरिन् । “हामी गैरआवासीय नेपाली (एनआरएन)हरूले मातृभूमिका लागि गर्नुपर्ने धेरै बाँकी छ । आशा गर्दछु सम्पूर्ण हामी गैरआवासीय नेपालीहरू एक भई जन्मभूमिका लागि जुट्ने छौँ”, उनले भनिन् ।

सङ्घका उपाध्यक्ष डा हेमराज शर्माले यो विधयेकले गैरआवासीय नेपाली नागरिकले पाउने आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे उल्लेख नगरेको बताए । “यी अधिकारको परिभाषा अर्को विधयेक (गैरआवासीय नेपालीसम्बन्धी विधयेक)मा आउने छ । दोहोरो नागरिकताको प्रावधान नभएका देशमा बस्ने नेपालीहरूलाई ‘गैरआवासीय नेपाली परिचयपत्र’को व्यवस्था हुनेछ । त्यसैले गैरआवासीय सङ्घले परिचयपत्र र नागरिकता पाउने व्यक्तिहरूको समान अधिकार दिलाउनका लागि लबिङ गर्नुपर्ने देखिन्छ”, उनले भने ।

सङ्घका अर्का उपाध्यक्ष नारायण आचार्यले पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकामा त्यसको स्वागत गरे । उनले अब मातृभूमिको ऋण तिर्न सबै गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बताए ।

सङ्घका महासचिव डा केशव पौडेलले समस्त गैरआवासीय नेपालीले लामो समयदेखि प्रतिक्षा गरिररहेकामा पहिलो सफलतास्वरूप गैरआवासीय नेपाली नागरिकताको सुनिश्चितता भएको बताए । “सम्पूर्ण एनआरएनहरूलाई हार्दिक बधाई छ । यो संसारभरि रहेका हामी नेपाली र हाम्रा सन्ततिलाई मातृभूमि नेपालसँग जोड्नका लागि कोसेढुङ्गा सावित हुने विश्वास छ”, उनले भने ।

उक्त विधेयकअनुसार विदेशमा रहेका कुनै पनि नेपालीका बाबु–आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

Loading...
Loading...
Loading...

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु...

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पोखरा– प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ। असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं– निवर्तमान श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्ति केन्द्र नधाएको स्पष्ट पारेका छन् । उनले बिदाइ कार्यक्रमलाई...

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...