सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ – Janata Live
  • Sunday, August 14, 2022

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

  • जनता लाइभ
  • असार १३, २०७९

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं– निवर्तमान श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्ति केन्द्र नधाएको स्पष्ट पारेका छन् ।

उनले बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनी ८ महिना २१ दिन पदमा रहँदा कुनै पनि गलत काम नगरेको बताउँदै भने, ‘मन्त्रीमा रहनका लागि खुमलटार र बालुवाटार धाएका होइनौं । पार्टी छाड्न लागेको पनि होइन । मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको हुँ, कमाउन लोभ छैन ।’

निवर्तमान मन्त्री किसान श्रेष्ठले सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने बताएका छन् । आज मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले नै अर्को मन्त्री बन्न नसके पनि फेरि चुनाव जितेर हुन सक्ने सम्भावना रहेको बताए । उनले भने, ‘माननीय त छँदैछु, त्यसकारण फेरि पनि अर्को मन्त्री हुन सकिएला, नभए अर्को पटक फेरि चुनाव जितेर हुन सकिएला, त्यो ठूलो कुरो होइन ।’

उनले मन्त्रालयबाट विदाइ हुँदै गर्दा आफूलाई कत्ति पनि नरमाइलो नलागेको बताएका छन् । ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उनले भने । आफू ८ महिना २१ दिन मन्त्रीको रुपमा गर्वका साथ रहेको र विवादरहित निणर्य गरेको दाबी समेत गरे ।

Loading...
Loading...
Loading...

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं– प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार...

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु...

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पोखरा– प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ। असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी मात्र गठबन्धन ‍गर्नुपर्छः शेखर कोइराला

चितवन– नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र...

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम...