आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल – Janata Live
  • Sunday, June 26, 2022

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

  • जनता लाइभ
  • असार ०२, २०७९

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनुपर्ने हुन्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । आफ्नो प्रभाव बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गरेको जाती हुन्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा छ । समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रूचि जाग्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । आज ४५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

@buddhisthimalayan #ommanipadmehum #tibet #kathmandu #goodmorning #foryou #nepalitiktok #buddhist_news #foryoupage #sakadawa ♬ original sound – Buddhist Himalayan

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो । भविष्यको चिन्ताले सताउन सक्छ, तर प्रयास गरेमा अधिकारको स्थापना गर्न सकिने छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । आपसी समन्वयको प्रयास गर्नुहोला, बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आज ८० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो वा पहेंलो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । आज ७५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ । पारिवारिक वातावरण राम्रै छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आज १५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः भद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

@buddhisthimalayan #BuddhistHimalayan #janatalive #yangchhentsedol #fypシ #foryoupage #buddhist_news #nepalitiktok #foryou #goodmorning #kathmandu #tibet #ommanipadmehum ♬ original sound – Buddhist Himalayan

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । आज ६५ प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान्, अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आज ७० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ केशवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

@buddhisthimalayan सत्य मात्र बोल्नु, असत्य नबोल्नु, चुक्ली लाउनु हुँदैन, दोषबाट बच्नुपर्छ, कसैसँग पनि गाली र कठोर वचन र व्यवहार नगर्नु, बुद्धिसंगत र्सार्थक र स्वउद्देश्य वाणी हुनुपर्छ । @buddhist_news #BuddhistHimalayan #janatalive #BuddhistNews #yangchhentsedol #nepalitiktok #foryoupage #foryou #keppsupporting #goodmorning #buddhist_news ♬ original sound – Buddhist Himalayan

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमी/प्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्र/उपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर पनि आर्थिक विषयले तनाव बढ्नेछ । आज ०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे/रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –व्यक्तिगत खुसी र आनन्दका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउनु होला । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूणर् सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । आज ५० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ कालो र शुभ दिशा पश्चिम रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –अलि बढी मिहिनेत गर्नुपर्ने समय छ, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । व्यस्तताका बीचमा समय बित्नेछ, तथापि आफ्ना लागि समय निकालेर कमी/कमजोरीको मूल्याङ्कन र विश्लेषण गरेमा व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिने छ । सेवाग्राही र सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । आज १०० प्रतिशत भाग्यबल रहेको दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण रहेको छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वास्तुदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी सुरु गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

@buddhisthimalayan @buddhist_news @manishacr7 @mingmasangpo #nepalitiktok #kathmandu #bhutan #BuddhistHimalayan #buddhistnews #foryoupage #tibet #foryou ♬ original sound – Buddhist Himalayan

Loading...
Loading...
Loading...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –विवादास्पद निणर्यमा सरिक हुनुपर्ने समय छ, व्यर्थैमा अरुको स्वार्थका निमित्त...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूणर्...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तिगत प्रयोजनमा केही महत्त्वपूणर् समय बित्नसक्छ । सम्बन्धमा फाटो बढ्ने...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ,...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा...