‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी – Janata Live
  • Monday, September 26, 2022

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

  • जनता लाइभ
  • असार ०१, २०७९

‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

भिक्षु फूर्वाको गल्ती नभइ अरुले गरेको भन्ने मेरुना मगरले थाहा पाए पछि रुँदै मेरो लाइफ ड्यामेज हुन्छ, त्यही भएर तपाईंको गल्ती हो भनि भिक्षुलाई स्विकार्न लगाएको देखियो। सत्य हो भने मेरुनाले त्यस्तो भनेको सुनेका प्रतक्ष्यदर्सीहरुले भिक्षुको बदनाम नहुन र बुद्ध वचन संरक्षण गर्न साथ दिनुहोस्।

उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु-याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

Loading...
Loading...
Loading...

नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं– कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...