तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने – Janata Live
  • Monday, September 26, 2022

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

  • जनता लाइभ
  • जेठ १६, २०७९

तारा एयरको विमान दुर्घटना : दिवंगत यात्रु र चालक दलको शव काठमाडौं ल्याइने

मुस्ताङ– मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालक दलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने बाँकी रहेको जनाइएको छ । शव काठमाडौं ल्याए लगत्तै महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

‘मौसमले साथ दिइरहेको छैन । शव लिनका लागि क्लाइम्बर र रेस्क्यु टिम घटनास्थलमा पुग्न बाँकी छ । उताबाट सेनाको एमआइ-१७ हेलिकोप्टरमार्फत शव ल्याइनेछ । काठमाडौंको डोमेस्टिकतर्फ आर्मीको ह्याङ्गरमा हेलिकोप्टर अवतरण गराइनेछ,’ उनले भने, ‘त्यसपछि टिचिङ हस्पिटल लगिने तयारी छ ।’

दुर्घटना छानबिनका लागि आजै समिति गठन गर्ने पनि तयारी भइरहेको उनले जबताएका छन् । मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडान गर्ने क्रममा तारा एयरको नाइन एन-एइटी कलसाइनको ट्वीनअटर सम्पर्कविहीन भएको थियो । यो जहाज पोखरा विमानस्थलबाट १९ जना यात्रु र तीन जना चालकदलसहित जोमसोमका लागि उडेको थियो । जहाजमा सवारमध्ये ४ जना महिला थिए। चालक दलका सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा थिए ।

जोमसोम अवतरण गर्नुपर्ने जहाज बीचबाटै हराएपछि फेला पार्न निकै समय लागेको थियो । खोजीका लागि इएलटीएसको सहायता लिइएको थियो । अस्ट्रेलियाबाट आएको निर्देशन अनुसार इएलटी ‘इमर्जेन्सी लोकेटर ट्रान्समिटर’ को सहायताले घटनास्थलको पहिचान गरिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।

Loading...
Loading...
Loading...

नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत

काठमाडौं– प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । सदनले गत शुक्रबार...

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु...

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पोखरा– प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ। असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी...

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी मात्र गठबन्धन ‍गर्नुपर्छः शेखर कोइराला

चितवन– नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र...

सांसद छँदैछु, फेरि पनि मन्त्री हुन सक्छु : निवर्तमान श्रममन्त्री श्रेष्ठ

काठमाडौं– निवर्तमान श्रममन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले मन्त्री पदमा रहिरहनका लागि शक्ति केन्द्र नधाएको स्पष्ट पारेका छन् । उनले बिदाइ कार्यक्रमलाई...

मेयर जितेपछि बालेनले भने, ‘काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउँछौं’

काठमाडौं– मतदातालाई धन्यवाद दिंदै काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साहले अबका पाँच वर्षमा काठमाडौंलाई संसारकै सुन्दर शहर बनाउने प्रतिवद्धता...

काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ५० हजार मत कटाएका छन् । शुरुदेखि नै अग्रता कायम...