रिभर फल्स पावरको खुल्यो आइपिओ – Janata Live
  • Saturday, May 21, 2022

रिभर फल्स पावरको खुल्यो आइपिओ

  • जनता लाइभ
  • बैशाख २८, २०७९

रिभर फल्स पावरको खुल्यो आइपिओ

काठमाडौं– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट आइपिओ जारी गरेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी गरिरहेको छ।

यसमध्ये कम्पनीले २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कम्पनीको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् एक लाख ३६ हजार पाँच सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी भएको हो।

आवेदकहरूले प्रति कित्ता एक सय रुपैयाँको दरमा न्यूनतम् १० कित्ता र अधिकतम् एक लाख कित्तासम्म सेयर भर्न सक्नेछन्। सेयरको लागि आवेदन दिने अवधि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म तोकिएको छ।

आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने जोखिम मध्यम रहेको संकेत गर्छ।

कम्पनीको चुक्ता पुँजी ३५ करोड ७० लाख रुपैयाँ रहेको छ। सेयर जारी पछी कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ।

कम्पनीले १०.३० मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। वि.सं २१०५ सम्म सञ्चालन अनुमति पाएको आयोजनाको विद्युत खरिद सम्झौता भइसकेको छ।

एक अर्ब ८६ करोड रुपैयाँमा बन्ने यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ६ लाख रुपैयाँ छ। कम्पनीले यही असार मसान्तमा विद्युत उत्पादन गर्न सक्ने उल्लेख गरेको छ।

हाल कम्पनी पाँच करोड २० लाख रूपैयाँ सञ्चित नोक्सानमा छ। आगामी आवबाट यस्तो नोक्सान नाफामा परिणत हुने बताइएको छ। कम्पनीको लागत करिब १० वर्षमा उठिसक्ने र ब्रेक इभनमा पुग्ने अनुमान गरिएको छ।

Loading...
Loading...
Loading...

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य यो साता ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच...

अब सहकारीकाे पनि एटीएम कार्ड

काठमाडौं– सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको...

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित...

जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२...

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला, कसरी दिने आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। संस्थाले ५ करोड २२...

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा...

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं– साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको...